जापान विशेष

यस्तो रह्यो जापानको नागोया शहरमा आयोजित नेपाल फेस्टिभलको पहिलो दिन

नागोया नेपाल फेस्टिभलको पहिलो दिन नेपाली र जापनिजहरुको भिड देखिन्थ्यो । नेपाली कला संस्कृतिमा नेपाली मात्रै होईन, जापनिजहरु पनि रमाई रहेका देखिन्थे। नेपाली कला सँस्कृति, रहनसहन र पर्यटनबारे जापानमा रहेका नेपाली र जापानी नागरिकहरुलाई जानकारी गराउने उद्देश्यले फेष्टिबलको आयोजना गरिएको एनआरएनए नागोयाका उपाध्यक्ष एवम् तेश्रो नेपाल फेष्टिबल मूल आयोजक समितिका संयोजक देव कुमार घिमिरेले जानकारी दिएका छन् । फेस्टिभल शुरु हुन पूर्व सनिवार बिभिन्न भेषभूषामा सजिएका टोलीहरुले झाँकी सहित जापानको नागोया शहरको बिभिन्न क्षेत्र परिक्रमा गरिएको थियो। फेस्टिभलमा नेपालका दुरदराजमा… पुरा पढौ

जापानमा कम जन्मदर: विवाहको घट्दो संख्या एक गम्भीर मुद्दा

जापानमा जन्मदर घट्ने क्रम रोकिएको छैन । यो क्रम जारी रह्यो भने राष्ट्रको सामाजिक र आर्थिक परिचालक शक्ति हुने जनसङ्ख्यामा कमी आउने र सामाजिक सुरक्षा प्रणालीको निरन्तरता खतरामा पर्न सक्छ । राष्ट्रिय संकटको समाधानका लागि समग्र समाजले नै समस्याको समाधान गर्न जरुरी छ ।स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले जापानको सन् २०२३ को महत्वपूर्ण तथ्याङ्क सार्वजनिक गरेको छ । जापानी नवजात शिशुहरूको संख्या ७ लाख २७ हजार २७७ थियो । कुल प्रजनन दर - एक महिलाले आफ्नो जीवनकालमा जन्म दिने अनुमान… पुरा पढौ

जापानमा राष्ट्रिय सार्वजनिक सेवामा महिला ३९.२ प्रतिशत, हालसम्मकै उच्च रेकर्ड कायम

आर्थिक वर्ष २०२४ मा राष्ट्रिय निजामती सेवामा भर्ना भएका कर्मचारीमा महिलाको सहभागिता लगातार छैठौं वर्षमा ३९.२ प्रतिशत पुगेर कीर्तिमानी उचाइमा पुगेको क्याबिनेट ब्युरो अफ पर्सनल अफेयर्सले जनाएको छ ।यो संख्या अघिल्लो वर्षको तुलनामा ०.५ प्रतिशतले बढेको जनाएको छ । २००५ बाट सान्दर्भिक रेकर्ड राखिएपछी पछिल्लो तथ्याङ्क जुन ७ मा जारी गरिएको थियो।आर्थिक वर्षको अप्रिल १ गतेसम्म आठ हजार ९९७ नयाँ कामदारमध्ये ३ हजार ५२८ महिला थिए ।"सोगो-शोकु" करियर-ट्र्याक पदहरूमा "करियर ब्यूरोक्रेट" को रूपमा कार्यकारी-स्तरको पदहरूमा महिलाहरूको प्रतिशत ३५.७ प्रतिशत रहेको… पुरा पढौ

भूकम्पमा जापानबाट सिक्नै पर्ने पाठ

१३ वर्ष अघिको भूकम्प र सुनामीका कारण जापानमा ठुलो क्षति भयो। भूकम्पले फुकुसिमाको आणविक भट्टीमा समेत दुर्घटना भयो। जापानमा १३ वर्ष अघिको स्मरण अझै ताजै छ। यी सबै स्मरण ताजै रहेकै समयमा सोमबार जापानको इसिकावामा सुनामीको पूर्व सूचना स्वरूप साइरन बजेको थियो। जापानमा यस्ता साइरनहरू सामान्य नै थिए। प्रत्यक्षदर्शी र भुक्तभोगी अनुसार पहिला घरमा असर परेको थियो। मानिसहरू बिहानको जाडोमा थरथरी काँप्दै सुती रहेको समयमा अन्य धेरै समयको जस्तो नै भूकम्प गएको थियो। गएको एक महिना यता जापानमा यस्ता साना… पुरा पढौ

गलकोट समाज जापान क्षेत्रीय समिति टोकियोको ७औ अधिवेशन जुन २० मा हुने

टोकियो/ “हाम्रो गाउ हाम्रो ठाउ हातेमालो गरि समृद्ध बनाऔ” भन्ने मान्यताका साथ २००६ देखि जापानमा क्रियाशील गलकोट समाज जापान अन्तरगतको क्षेत्रीय समिति कान्तो टोकियोको आगामी कार्यकाल(२०२४-२०२६) का लागि सातौ अधिवेशन यहि जुलाई २० तारिकका दिन सिनओकुबो स्थित सोलमारी मुरा हलमा हुने भएको छ। अब आउने नया कार्यकाल २०२४-२०२६ का लागि गलकोट नगरपालिका र ताराखोला गाऊपालिका भित्रका सबै वडाबाट उपस्थिति बनाउनका साथै अपनत्व सहितको समाज निर्माण गर्नका लागि सहभागिता रहेकोले त्यसको आवश्यक तयारीमा जुटेको क्षेत्रीय समितिका अध्यक्ष राजु बस्नेतको भनाई छ।… पुरा पढौ

जापानको नागोया शहरमा हुने नेपाल फेष्टिबलको तयारी अन्तिम चरणमा

नागोया । जापानको नागोया शहरमा हुने नेपाल फेष्टिबलको तयारी तीब्र पारिएको छ । नेपाली कला सँस्कृति, रहनसहन र पर्यटनबारे जापानमा रहेका नेपाली र जापानी नागरिकहरुलाई जानकारी गराउने उद्देश्यले फेष्टिबलको आयोजना गरिएको एनआरएनए नागोयाका उपाध्यक्ष एवम् तेश्रो नेपाल फेष्टिबल मूल आयोजक समितिका संयोजक देव कुमार घिमिरेले जानकारी दिएका छन् ।आगामी जून ८ तारिख शनिबार र ९ तारिख आइतबार आईची प्रिफेक्चरको नागोयामा नेपाल फेष्टिबलको आयोजना गरिएको हो । फेष्टिबलबारे थप जानकारी दिने उद्देश्यले नागोयामा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा… पुरा पढौ

जापानमा प्रजनन दर र जन्मको संख्या दुवै घट्यो, मृत्यु हुनेको सङ्ख्या हालसम्म कै उच्च

जापानमा कुल प्रजनन दर र जन्मको संख्या दुवै सन् २०२३ मा लगातार आठौं वर्षमा घटेर नयाँ रेकर्ड कायम भएको सरकारी तथ्याङ्कले देखाएको छ ।जापानमा विवाह नगर्नेको संख्यामा क्रमश वृद्धि हुँदै जादा कुल प्रजनन दरमा हरेक वर्ष ह्रास आईरहेको र यो आठौ वर्षमा नया रेकर्ड कायम भएको बुधबार प्रकाशित सरकारी तथ्याङकले देखाएको हो ।“एक महिलाले आफ्नो जीवनकालमा जन्माउने अनुमानित बच्चाहरूको औसत संख्या 1.20 मा झरेको छ “- स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले भन्यो- 1947 मा तुलनात्मक डेटा उपलब्ध भएदेखि यो लगातार… पुरा पढौ

जनप्रगतिशील मञ्च जापानद्वारा गणतन्त्र दिवसको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न

टोकीयो | नेकपा (माओवादी केन्द्र) निकट प्रवासी संगठन नेपाली जनप्रगतिशील मञ्च जापानद्वारा गणतन्त्र दिवसको अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । जापानको राजधानी सहर टोकीयोमा नेपाली जनताको लामो संघर्ष र त्यागबाट प्राप्त भएको गणतन्त्र १६ वर्ष पूरा भएको अवसरमा मञ्चले जापानमा क्रियाशिल संघ संस्थाको प्रतिनिधिहरूको समेत उपस्थितिमा कार्यक्रम सम्पन्न गरेको हो | जनयुद्ध र जनआन्दोलनको जगमा भएको निर्वाचनबाट गठित संविधान सभाको पहिलो बैठकले २०६५ जेठ १५ गते दुई सय ४० वर्ष लामो शाहवंशीय राजा परम्पराको… पुरा पढौ

मोना इताबासी फेस्टिवलको आम्दानी खर्च विवरण सार्वजनिक

टोकियो/ जापानको राजधानी टोकियोमा गत अप्रिल २७ र २८ तारिख सम्पन्न मोना इताबासी फेस्टिवलको आम्दानी खर्च विवरण सार्वजनिक भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको आयोजनामा सम्पन्न मोना इताबासी फेस्टिवलमा नेपाली कला, संस्कृति, परम्परा र जनजिवनलाई झल्काउने कार्यक्रम विभिन्न साँगेतिक तथा साँस्कृतिक कार्यक्रम समावेश गरिएको थियो । मोना जापानका प्रवक्ता तथा संचारकर्मी कमल बानियाँद्वारा प्राप्त जानकारी अनुसार मोना जापानले टोकियोमा पत्रकार सम्मेलन आयोजना गरेर कार्यक्रमको आम्दानी खर्च विवरण सार्वजनिक गरेको हो । मोना फेस्टिवलमा कुल ९४ लाख ७२… पुरा पढौ

जापानी कम्पनीले आधिकारिक रूपमा स्वाद बढाउने स्मार्ट चम्चा लन्च गर्यों

टोकियो । जापानी प्रविधि कम्पनी किरिन होल्डिङ्सले व्यवसायिक रुपमै स्वाद बढाउने चम्चा बजारमा ल्याएको छ । यो चम्चाले खानाको स्वाद सुधार्ने कम्पनीको दाबी छ । कम्पनीले केही वर्ष अघि नै यो चम्चा बनाएको थियो । कम्पनीको अनुसन्धाताहरूले मेइजी विश्वविद्यालयका वैज्ञानिकहरूसँग मिलेर स्मार्ट चम्चा बनाएका थिए । यस चम्चाले खानालाई वास्तविक भन्दा नुनिलो र स्वादिलो बनाउन बिजुलीको प्रयोग गथ्र्यो । त्यतिबेला कम्पनीले स्मार्ट चम्चा र कचौरा दुबै बनाउन काम गरिरहेका थिए । यसले खानालाई वास्तविक भन्दा डेढ गुणा नुनिलो स्वाद थपिदिने बताइएको थियो… पुरा पढौ