जापान विशेष

जनसंख्या घटेपछि जापान सरकारले शुरु गर्‍यो डेटिङ एप

जापानमा गत वर्ष जन्मदर निकै न्यून रहेको रेकर्ड गरिएको छ । जापानको जनसंख्या बढ्दो उमेरको छ, र जन्मदर घट्दै छ । अहिले गत वर्षको सरकारी तथ्यांकले १२ करोड ३९ लाख जनसंख्या भएको देशमा ७ लाख २७ हजार २७७ बच्चा मात्रै जन्मेको देखाएको छ । यो संख्या अघिल्लो वर्षको तुलनामा कम हो । यसका लागि सरकारले डेटिङ एप सुरु गरेको छ । जापानमा सरकारद्वारा सञ्चालित डेटिङ एप चलिरहेको छ । यद्यपि, यो एपको प्रारम्भिक परीक्षण हो जसले विवाह गर्न चाहने व्यक्तिहरू… पुरा पढौ

जापानमा पाँच हजार नेपाली रेस्टुरेन्ट

जापानमा फैलिएका हजारौं नेपाली रेस्टुरेन्टले अहिले जापानी जिब्रोमा नेपाली स्वाद पस्किइरहेका छन् । यसको परिणाम कुनै बेला यहाँका ठूला–साना शहरमा एकछत्र राज गरेका इन्डियन रेस्टुरेन्टहरू अहिले सिला खोज्नुपर्ने अवस्थामा पुगेका छन् । सन् २००८ सम्म जापानमा नेपाली रेस्टुरेन्ट भेट्टाउन मुस्किल पथ्र्यो । नेपाली परिकारको स्वाद लिन मन लागे इन्डियन रेस्टुरेन्ट जानुपर्ने बाध्यता थियो । तर, अहिले समयले कोल्टे फेर्‍यो । नेपालीको जनघनत्व बढी भएको टोकियो, खानागावा, चिवा, नागोया, फुकुवाका लगायत शहरमा नेपाली रेस्टुरेन्ट भेट्न कुनै कठिनाइ छैन । गत वर्ष… पुरा पढौ

तेश्रो नेपाली महोत्सव नागोया २०२४ को भव्यताको गाथा बखान गरि साध्य भएन

महोत्सव घोषणाको दिनांक १ देखि नै मनमा आनन्दको बहार थियो; एउटा पृथक इतिहास बोकेको नेपालीको गर्व गर्न लाएक एउटा गाथा बन्ने छ महोत्सव ! नागोयाले मनग्य सन्तुष्टि बोकेर नेपाली महोत्सव सम्पन्न गर्यो । महोत्सवको परिकल्पना गर्ने व्यक्तिदेखि फिल्डमा खटिने हरेक व्यक्तिहरूको लगन मुक्त कण्ठले प्रशंसायोग्य छ । महोत्सवमा नेपाली जापानिज देशी विदेशीको उपस्थीति हेर्दा मानवसागर उर्ले जस्तै थियो भन्न सजिलो गरी सकिन्छ । तोखाई क्षेत्रमा बस्ने नेपालीको लागि मात्र नभई आम जापानबासी नेपालीको लागि यो एउटा भव्य उत्सवको पर्व बन्यो… पुरा पढौ

यस्तो रह्यो जापानको नागोया शहरमा आयोजित नेपाल फेस्टिभलको पहिलो दिन

नागोया नेपाल फेस्टिभलको पहिलो दिन नेपाली र जापनिजहरुको भिड देखिन्थ्यो । नेपाली कला संस्कृतिमा नेपाली मात्रै होईन, जापनिजहरु पनि रमाई रहेका देखिन्थे। नेपाली कला सँस्कृति, रहनसहन र पर्यटनबारे जापानमा रहेका नेपाली र जापानी नागरिकहरुलाई जानकारी गराउने उद्देश्यले फेष्टिबलको आयोजना गरिएको एनआरएनए नागोयाका उपाध्यक्ष एवम् तेश्रो नेपाल फेष्टिबल मूल आयोजक समितिका संयोजक देव कुमार घिमिरेले जानकारी दिएका छन् । फेस्टिभल शुरु हुन पूर्व सनिवार बिभिन्न भेषभूषामा सजिएका टोलीहरुले झाँकी सहित जापानको नागोया शहरको बिभिन्न क्षेत्र परिक्रमा गरिएको थियो। फेस्टिभलमा नेपालका दुरदराजमा… पुरा पढौ

जापानमा कम जन्मदर: विवाहको घट्दो संख्या एक गम्भीर मुद्दा

जापानमा जन्मदर घट्ने क्रम रोकिएको छैन । यो क्रम जारी रह्यो भने राष्ट्रको सामाजिक र आर्थिक परिचालक शक्ति हुने जनसङ्ख्यामा कमी आउने र सामाजिक सुरक्षा प्रणालीको निरन्तरता खतरामा पर्न सक्छ । राष्ट्रिय संकटको समाधानका लागि समग्र समाजले नै समस्याको समाधान गर्न जरुरी छ ।स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले जापानको सन् २०२३ को महत्वपूर्ण तथ्याङ्क सार्वजनिक गरेको छ । जापानी नवजात शिशुहरूको संख्या ७ लाख २७ हजार २७७ थियो । कुल प्रजनन दर - एक महिलाले आफ्नो जीवनकालमा जन्म दिने अनुमान… पुरा पढौ

जापानमा राष्ट्रिय सार्वजनिक सेवामा महिला ३९.२ प्रतिशत, हालसम्मकै उच्च रेकर्ड कायम

आर्थिक वर्ष २०२४ मा राष्ट्रिय निजामती सेवामा भर्ना भएका कर्मचारीमा महिलाको सहभागिता लगातार छैठौं वर्षमा ३९.२ प्रतिशत पुगेर कीर्तिमानी उचाइमा पुगेको क्याबिनेट ब्युरो अफ पर्सनल अफेयर्सले जनाएको छ ।यो संख्या अघिल्लो वर्षको तुलनामा ०.५ प्रतिशतले बढेको जनाएको छ । २००५ बाट सान्दर्भिक रेकर्ड राखिएपछी पछिल्लो तथ्याङ्क जुन ७ मा जारी गरिएको थियो।आर्थिक वर्षको अप्रिल १ गतेसम्म आठ हजार ९९७ नयाँ कामदारमध्ये ३ हजार ५२८ महिला थिए ।"सोगो-शोकु" करियर-ट्र्याक पदहरूमा "करियर ब्यूरोक्रेट" को रूपमा कार्यकारी-स्तरको पदहरूमा महिलाहरूको प्रतिशत ३५.७ प्रतिशत रहेको… पुरा पढौ

भूकम्पमा जापानबाट सिक्नै पर्ने पाठ

१३ वर्ष अघिको भूकम्प र सुनामीका कारण जापानमा ठुलो क्षति भयो। भूकम्पले फुकुसिमाको आणविक भट्टीमा समेत दुर्घटना भयो। जापानमा १३ वर्ष अघिको स्मरण अझै ताजै छ। यी सबै स्मरण ताजै रहेकै समयमा सोमबार जापानको इसिकावामा सुनामीको पूर्व सूचना स्वरूप साइरन बजेको थियो। जापानमा यस्ता साइरनहरू सामान्य नै थिए। प्रत्यक्षदर्शी र भुक्तभोगी अनुसार पहिला घरमा असर परेको थियो। मानिसहरू बिहानको जाडोमा थरथरी काँप्दै सुती रहेको समयमा अन्य धेरै समयको जस्तो नै भूकम्प गएको थियो। गएको एक महिना यता जापानमा यस्ता साना… पुरा पढौ

गलकोट समाज जापान क्षेत्रीय समिति टोकियोको ७औ अधिवेशन जुन २० मा हुने

टोकियो/ “हाम्रो गाउ हाम्रो ठाउ हातेमालो गरि समृद्ध बनाऔ” भन्ने मान्यताका साथ २००६ देखि जापानमा क्रियाशील गलकोट समाज जापान अन्तरगतको क्षेत्रीय समिति कान्तो टोकियोको आगामी कार्यकाल(२०२४-२०२६) का लागि सातौ अधिवेशन यहि जुलाई २० तारिकका दिन सिनओकुबो स्थित सोलमारी मुरा हलमा हुने भएको छ। अब आउने नया कार्यकाल २०२४-२०२६ का लागि गलकोट नगरपालिका र ताराखोला गाऊपालिका भित्रका सबै वडाबाट उपस्थिति बनाउनका साथै अपनत्व सहितको समाज निर्माण गर्नका लागि सहभागिता रहेकोले त्यसको आवश्यक तयारीमा जुटेको क्षेत्रीय समितिका अध्यक्ष राजु बस्नेतको भनाई छ।… पुरा पढौ

जापानको नागोया शहरमा हुने नेपाल फेष्टिबलको तयारी अन्तिम चरणमा

नागोया । जापानको नागोया शहरमा हुने नेपाल फेष्टिबलको तयारी तीब्र पारिएको छ । नेपाली कला सँस्कृति, रहनसहन र पर्यटनबारे जापानमा रहेका नेपाली र जापानी नागरिकहरुलाई जानकारी गराउने उद्देश्यले फेष्टिबलको आयोजना गरिएको एनआरएनए नागोयाका उपाध्यक्ष एवम् तेश्रो नेपाल फेष्टिबल मूल आयोजक समितिका संयोजक देव कुमार घिमिरेले जानकारी दिएका छन् ।आगामी जून ८ तारिख शनिबार र ९ तारिख आइतबार आईची प्रिफेक्चरको नागोयामा नेपाल फेष्टिबलको आयोजना गरिएको हो । फेष्टिबलबारे थप जानकारी दिने उद्देश्यले नागोयामा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा… पुरा पढौ

जापानमा प्रजनन दर र जन्मको संख्या दुवै घट्यो, मृत्यु हुनेको सङ्ख्या हालसम्म कै उच्च

जापानमा कुल प्रजनन दर र जन्मको संख्या दुवै सन् २०२३ मा लगातार आठौं वर्षमा घटेर नयाँ रेकर्ड कायम भएको सरकारी तथ्याङ्कले देखाएको छ ।जापानमा विवाह नगर्नेको संख्यामा क्रमश वृद्धि हुँदै जादा कुल प्रजनन दरमा हरेक वर्ष ह्रास आईरहेको र यो आठौ वर्षमा नया रेकर्ड कायम भएको बुधबार प्रकाशित सरकारी तथ्याङकले देखाएको हो ।“एक महिलाले आफ्नो जीवनकालमा जन्माउने अनुमानित बच्चाहरूको औसत संख्या 1.20 मा झरेको छ “- स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले भन्यो- 1947 मा तुलनात्मक डेटा उपलब्ध भएदेखि यो लगातार… पुरा पढौ