जापान विशेष

जापानको संसदको तल्लो सदनबाट इसिबा प्रधानमन्त्रीमा निर्वाचित

राजनीतिप्रति जनताको कम विश्वास, अस्थिर अर्थतन्त्र र बढ्दो सुरक्षा खतराको समयमा देशको जिम्मेवारी सम्हाल्न जापानको सत्तारुढ दलका नेता शिगेरु इसिबा मंगलबार संसदमा प्रधानमन्त्री निर्वाचित भएका छन् । गत हप्ता लिबरल डेमोक्र्याटिक पार्टीको अध्यक्षमा निर्वाचित इशिबालाई तल्लो र माथिल्लो सदन दुवैले अनुमोदन गरेका थिए। मङ्गलबारको संसदीय मतदान अन्तिम मिनेटमा ढिलो भएको मतदानको समयलाई लिएर विपक्षी गुटबाट बढ्दो आलोचनाको बाबजुद पनि अक्टोबर २७ मा हुने आम निर्वाचनको चरण तय गरेको छ।लामो समयदेखि विशेष महत्वका साथ हेरिएका ६७ वर्षीय इशिबाले आफ्नो प्रधानमन्त्रीको रूपमा… पुरा पढौ

जापानमा शिक्षकहरूको अभाव गम्भीर बन्दै

जापानमा विद्यालय शिक्षकहरूको अभाव झन् गम्भीर बन्दै गएको छ।जापानी सार्वजनिक प्रसारक संस्था एनएचकेले देशभरका स्थानीय सरकारहरूको शिक्षा बोर्डहरूमा गरेको सर्वेक्षण अनुसार प्राथमिक, जुनियर हाई स्कूल र सिनियर हाई स्कूलका साथै विशेष आवश्यकता भएका विद्यालयहरूमा शिक्षक अभावको रहेको तथ्य सार्वजनिक भएको हो ।सेप्टेम्बरमा ४३ स्थानीय सरकारहरूले शिक्षक अभावको पछिल्लो संख्याहरू उल्लेख गरेका थिए जुन कुरा NHK ले मे महिनाको संकलन गरेको तथ्याङ्कसँग तुलना गर्दा मेल खाएको जनाएको छ। सेप्टेम्बरसम्ममा ४३ स्थानीय सरकार अन्तर्गतका विद्यालयमा २ हजार ३ सय ९७ शिक्षक अभाव… पुरा पढौ

ब्लू ब्वाइज युनियनले गर्‍यो जापानको ओसाकामा रहेको पशुपतिनाथ मन्दिरको सरसफाइ

नेपाली युवाहरूको समूह 'ब्लू ब्वाइज युनियन'ले जापानको ओसाकामा रहेको मन्दिरको सरसफाइ गरेको छ । जापानको दोस्रो ठूलो शहर ओसाकास्थित चिरुमी रेउकुची पार्कमा रहेको पशुपतिनाथको मन्दिरमा सरसफाइ गरिएको हो । विगत लामो समयदेखि रेखदेखको अभावमा उक्त मन्दिर परिसरमा जम्मा भएको फोहोरको व्यवस्थापन गरिएको ब्लू ब्वाइज युनियनले जनाएको छ । उक्त समूहले यसअघि हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीजलाई मध्य नजर गर्दै मन्दिरको आंशिक सरसफाइ गरेको थियो । अहिले आउँदै गरेको नेपालीहरूको महान चाड बडादशैंको अवसरमा मन्दिरको पूर्ण सरसफाइ गरिएको हो । सरसफाइका क्रममा जम्मा भएको एक ट्रकभन्दा बढी फोहोर ओसाका नगरपालिकाको वडा कार्यालयमार्फत व्यवस्थापन गरिएको ​छ ।​ लुम्बिनी शान्ति… पुरा पढौ

जापानमा छक्का पन्जा ५ प्रदर्शन गरिने

नेपाली चलचित्र छक्का पन्जा ५ जापानमा देखाइने भएको छ । जापानका ४५ वटा शहरहरुमा प्रदर्शन हुने यो पहिलो नेपाली चलचित्र हो । चलचित्र प्रदर्शनको आयोजना गरेको कम्पनी भिजोनिया का सञ्चालक सुवास लामिछानेका अनुसार अक्टोबर १३ मा उक्त चलचित्र टोकियो स्थित मेगुरो पर्सिमन (MEGURO PERSIMMON HALL) हलमा प्रदर्शन गरिदैछ भने अन्य ४४ शहरमा फरक फरक मितिमा देखाईनेछ । छक्का पन्जा सिरिजको यो अध्यायमा भने प्रेम सम्बन्ध, र सो सँग सम्बन्धित विभिन्न घटनाक्रमहरुलाई व्यांग्यात्मक रुपमा चित्रण गरिएको छ । यसको गीत तलाई… पुरा पढौ

एनआरएनए जापानको ११ औं साधारण सभा विधान संशोधन गर्दै सम्पन्न

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको ११ औं साधारण सभा संशोधित विधान अनुमोदन गर्दै सोमबार जापानको चिवामा सम्पन्न भएको छ।सम्पन्न साधारण सभाले एनआरएनए जापानको विधान २०२१ को संशोधिनसहितको विधान २०२३ मा समयानुकूल परिमार्जित र संशोधित गर्दै कामकाजी बनाउँदै लैजाने उद्देश्य तयार पारिएको संशोधित विधान मस्यौदालाई अनुमोदन गरेको हो ।साधारण सभाको औपचारिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका एनआरएनए आइसिसीका उपाध्यक्ष रोबिन शेरचनले एनआरएनएलाई प्रवासमा रहेका नेपालीहरुको अभिभावकीय संस्थाको रुपमा भूमिका निर्वाह गर्ने गरी आफ्ना गतिविधि र क्रियाकलाप गर्नका लागि… पुरा पढौ

नेपाली व्यवसायी संघ (NBA) जापानको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः विजय थकाली

टोकियो – नेपाली ब्यवसायी संघ (NBA) जापानको मंगलबार दोस्रो अधिवेशन टोकियोमा सम्पन्न भएको छ । अधिवेशनले पुनः विजय थकालीको अध्यक्षतामा सर्बसम्मत कार्यसमिति गठन गरेको छ । निर्वाचन समितिका अनुसार कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा पुनः ददिवल खड्का चयन भएका छन भने उपाध्यक्षहरुमा तुल्सीराम खरेल, बाबुराम भण्डारी, बिपिन कँडेल, शिवहरि पौडेल, श्रीभक्त गुरुङ, नरबहादुर थापा र दिपक सुनार चयन भएका छन् । यसैगरी महासचिवमा बाबुराम पौडेल र सचिवहरुमा बुद्धिराज घिमिरे, जनक सुबेदी, गणेशजंग रायमाझी र तेजबहादुर थिङ चयन भएका छन् भने कोषाध्यक्षमा मुक्तिराज… पुरा पढौ

जापान- विकसित देशमा पनि कम वजनको चिन्ताजनक प्रवृत्ति

५ फीट ४ इञ्च उचाइ भएकी सारा मिजोगुची किशोरी हुँदा उनको वजन निकै कम थियो। “म जुन बेला पनि खानेकुराबारे सोचिरहेकी हुन्थेँ र सधैँ भोकै हुन्थेँ। मैले वर्षमा एक दिन आफ्नो जन्मदिनमा बाहेक केक खाँदैन्थेँ। त्यो क्रम तीन चार वर्ष चल्यो। म पटक्कै खुसी थिइनँ।”  अहिले २९ वर्ष पुगेकी साराको जस्तै अवस्था जापानमा धेरैको छ। त्यसैले युवतीहरूमा कम वजन एक गम्भीर समस्या बनेको छ।  सन् २०१९ मा जापानको स्वास्थ्य मन्त्रालयले गरेको एउटा सर्वेक्षणले २०.७ प्रतिशत अर्थात् २० देखि २९ वर्षका… पुरा पढौ

बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते

ढोरपाटन (बागलुङ) । बागलुङको बुर्तिबाङमा घर भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । जिल्लाको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारमा घर भत्काउने क्रममा ५५ वर्षीय बेगबहादुर विकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार पुनः निर्माणका क्रममा एक्कासी घर भत्किँदा काम गरी रहेका घर धनी विक सहित अन्य ११ जना मजदुर घाइते भएका थिए । विकको उपचारका क्रममा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा निधन भएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिनुभयो ।… पुरा पढौ

गल्कोट समाज जापानको बारबिक्यूसहित चौथो बैठक सम्पन्न

गल्कोट समाज जापानको चौथो बैठक तथा बारबिक्यू यामानासी केनमा हालै सम्पन्न भएको छ । संस्थाका संरक्षकहरू, सल्लाहकार तथा कार्यसमितिका सबै जनाको बृहत् उपस्थितिका बिचमा बैठक तथा बारबिक्यू कार्यक्रम सम्पन्न भएको हो । बैठकमा अघिल्लो कार्यकालको बुझबुझारथ र आगामी कार्यकालको कार्य योजनाको बारेमा व्यापक छलफल भएको छ । करिब २ सय जनाको उपस्थिति रहेको उक्त बारबिक्यूमा आगामी कार्य योजना बारेमा संरक्षक तथा सल्लाहकारहरूको राय सल्लाह संकलन गरिएको थियो । महासचिव दिलीप कँडेलका अनुसार यस कार्यक्रममा उपस्थिति र सहभागिताले वर्तमान कार्यसमितिलाई थप… पुरा पढौ

जापानमा एक्लोपनको गम्भीर समस्या: ४ हजार जनाको शव एक महिनापछि मात्रै भेटियो

भदौ, काठमाडौं । जापानमा यस वर्षको पहिलो ६ महिना अवधिमा ४० हजार जना मानिस घरमै एक्लै मृत फेला परेका छन् । जापान पुलिसले हालै सार्वजनिक गरेको रिपोर्टले एक्लोपनका कारण ठूलो संख्यामा मृत्यु भएको देखाएको हो । जापानको राष्ट्रिय पुलिस एजेन्सीका अनुसार तथ्यांकमध्ये करिब ४ हजार जना मानिसको शव एक महिनापछि मात्रै फेला परेको थियो । १ सय ३० जनाको मृत्यु भएको करिब एक वर्षसम्म पनि थाहा हुन सकेको थिएन । संयुक्त राष्ट्र संघका अनुसार यसबेला जापानमा सबैभन्दा बढी वृद्ध वर्गको जनसंख्या… पुरा पढौ