जापान विशेष

जापानमा प्रदीप रोदनको साथमा ग़ज़ल साँझ -२०२४ को आयोजना

नेपालबाट कलाकारहरुको बाक्लो संख्यामा उपस्थित भई बिभिन्न सांगीतिक कार्यक्रमहरु बाक्ळै हुने गरेको जापानमा अनेसास जापानले भने एक पृथक कार्यक्रमको आयोजना गरेको छ । जापानमा पहिलो पल्ट नेपाली गजलका प्रणयता मोतीराम भट्टको १५९ औ जन्म जयन्तीको अवसरमा नेपाली युवा पुस्ताका गजल हस्ती प्रदीप रोदन को साथमा गजल साँझ -२०२४ को आयोजन गरिएको छ । आगामी अगष्ट ३१ तारीक टोकियो ओकोबू स्थित R’s Art court हलमा ३ बजेबाट , सेप्टम्बर ४ तारीक ओशाका स्थित जिग्री दोहोरी साँझ र सेप्टम्बर ८ तारीक नागोया… पुरा पढौ

एनआरएनए जापानले नेपालका भूकम्प पिडित बालबालिकाको शिक्षामा सहयोगार्थ शैक्षिक कोषका लागि २३ लाख रकम हस्तान्तरण

गैर आवासीय नेपाली संघ जापानले भूकम्प पिडित बालबालिकाको शिक्षामा सहयोगार्थ शैक्षिक कोषका लागि संकलित २३ लाख जापानी येन रकम हस्तान्तरण गरेको छ।गतवर्ष जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्प प्रभावित क्षेत्रका बालबालिकाकालाई 'भूकम्प पिडित बालबालिकाको शिक्षामा सहयोगार्थ शैक्षिक कोष' का लागि संकलित सो रकम शनिबार जापानको टोकियोमा आयोजित सहयोग रकम हस्तान्तरण तथा अन्तरक्रियात्मक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो।एनआरएनए आइसिसीका उपाध्यक्ष रविन शेरचन एनआरएनए जापानका अध्यक्ष नविन निउरेले संयुक्त रुपमा कर्णाली प्रदेश समाजका अध्यक्ष कृष्ण शाहीमार्फत त्यस क्षेत्रका स्थानीय सरकारलाई सो कोष स्थापना… पुरा पढौ

एनआरएनए जापानले जापानमा ‘१४ औं नेपाल फेस्टिवल -२०२४’ गर्ने

जापानमा ‘१४ औं नेपाल फेस्टिभल-२०२४’ आयोजना हुने भएको छ।गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापान, जापानका लागि नेपाली दुतावास टोकियो जापानको आयोजना तथा विभिन्न संघ संस्थाको सह आयोजनामा आगामी नोभेम्बर ३० र डिसेम्बर १ तारिखका दिन नाकानो सिकिनोमोरी पार्कमा १४ औ नेपाल फेस्टिवल- २०२४ गरिन लागेको एनआरएनए जापानका अध्यक्ष तथा फेस्टिवल मुल आयोजक समितिका संयोजक नविन निउरेले जानकारी दिए ।नेपाल र नेपालीको जापानमा पहिचान, नेपालमा पर्यटकीय प्रवर्द्धन, नेपालको कला संस्कृति रीतिरिवाज परम्परालाई प्रवासमा निरन्तरता दिनका साथै मुख्य गरेर नेपाल… पुरा पढौ

जापान : सपना संघर्ष र सफलता सार्वजनिक 

नेपालका लागि जापानी राजदूत किकुता युताका, लेखक शैलेन्द्र अधिकारी, जापानका लागि नेपाली पूर्वराजदूत मदनकुमार भट्टराई तथा लेखक थापाले काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा उक्त पुस्तक संयुक्त रुपमा विमोचन गरेका हुन् । किताब समय सान्दर्भिक भएको युताकाले बताए । 'किताबमा संघर्षलाई जोड दिइएको छ, जापानीहरुले नेपालको र नेपालीहरुले जापानको चालचलन संस्कृति बुझ्न सिक्न जरुरी छ । किताब र लेखकको फाइदाका लागि मैले प्रचारप्रसार गरिरहेको छैन । नेपाल-जापान बीचको सम्बन्ध सुमधुर पार्न खोजिएको छ,' उनले भने, 'पछिल्लो समय जापानमा नेपालीको संख्या बढिरहेको छ । त्यहाँ बस्नेहरु खुसी छन्… पुरा पढौ

ठगी हुनबाट बचाएको भन्दै जापान प्रहरीद्वारा सरोज भुसाल सम्मानित

टोकियोको कोमाए स्थित एक कम्बिनीयन स्टोरमा कार्यरत सरोज भुसालले जापानीज नागरिकलाई ठगीबाट बचाएको भन्दै जापान प्रहरीले प्रशंसा पत्र सहित सम्मान गरेको छ ।भुसाल कार्यरत रहेको पसलमा आएका एक जना जापानीज नागरिकलाई ठगि समुहले तपाईको कमप्युटरमा भाइरस पसेको छ यसलाई हटाउनको लागी ५० हजारको कार्ड किन्न लगाएकोले ती जापानीज नागरीक पसलमा गएका थिए । पसलमा गई कार्ड किन्न लाग्दा शंका लागेर भुसालले सोधेका थिए र ती जापानीज नागरिकले नचिनेको व्यक्तिले कमप्युटरको भाइसर हटाउन कार्ड किन्न लगाएको बताएका थिए । ठगी केस… पुरा पढौ

जापानको नागोयामा सम्पन्न तेश्रो नेपाल फेस्टिवलको आय-व्यय सार्वजनिक, २६ लाख येन बचत

जापानको नागोयामा सम्पन्न तेश्रो नेपाल फेस्टिवलको आय-व्यय सार्वजनिक गरिएको छ। जुन ८ तारिख शनिबार र ९ तारिख आइतबार नागोयाको आईची प्रिफेक्चरमा सम्पन्न नेपाल फेष्टिबलमा फेस्टिभलमा १ करोड ११ लाख ८६ हजार ३ सय ९३ आर्थिक संकलन भएको छ। त्यस्तै फेस्टिभलमा खर्च ८५ लाख ३९ हजार ५ सय १६ भएको बताईएको छ। फेस्टिभलमा सहयोगी दाताबाट ६८ लाख ६९ हजार ३ सय ९३ र स्टलहरु बाट ४३ लाख १७ हजार संकलन भएको छ। खर्च कटाएत फेस्टिभलको बचत रकम २६ लाख ४६ हजार… पुरा पढौ

क्युशु क्षेत्रको यामागुची, ओकिनावामा श्रम अभावका बीचमा विदेशीहरूको संख्या उल्लेख्य रूपमा बढ्दै

दक्षिणपश्चिम जापानको क्युसु क्षेत्रका साथै यामागुची र ओकिनावा प्रान्तमा श्रमिक अभावका बिचमा राष्ट्रिय औसतभन्दा बढी दरमा विदेशी बासिन्दाको संख्या बढ्दै गएको छ। १ जनवरी २०२४ को आधारभूत बासिन्दा दर्ता डेटामा आधारित रहेर आन्तरिक मामिला र सञ्चार मन्त्रालयले जुलाई २४ मा जारी गरेको तथ्याङ्कमा यो तथ्य देखा परेको हो । यी क्षेत्रहरूमा जापानी नागरिकहरूको जनसंख्या घट्दै गैरहेको बेला यस्तो तथ्यांक सार्वजनिक भएको हो। क्युशुको फुकुओका प्रिफेक्चरको जनसंख्या विदेशी नागरिक सहित ५० लाख ९५ हजार ३७९ जनसंख्या रहको छ । यो संख्या… पुरा पढौ

जापानको जनसङ्ख्यामा लगातार गिरावट, गिरावटको १५ औं वर्षमा हालसम्म कै ठूलो गिरावट

जापानी नागरिकहरूको जनसंख्या एक वर्ष अघिको भन्दा २०२३ मा ८ लाख ६१ हजारले घटेर १२ करोड़ १५ लाख ६१ हजार ८०१ मा पुगेको छ, जुन गिरावटको लगातार १५ औं वर्ष र १९६८ मा सर्वेक्षण सुरु भएदेखिको सबैभन्दा ठूलो गिरावट हो, सरकारी तथ्याङ्कले बुधबार देखाएको छ। निरन्तर घट्दो जन्मदरको गम्भीरतालाई यसले थप पुष्टि गरेको छ । १ जनवरी २०२४ सम्ममा आन्तरिक मामिला र सञ्चार मन्त्रालयद्वारा गरिएको जनसांख्यिकी सर्वेक्षण अनुसार विदेशी बासिन्दाहरू सहित जापानको जनसंख्या १२ करोड ४८ लाख ८५ हजार १७५… पुरा पढौ

जापानमा आइतबार अत्यधिक तापक्रम बढ्ने पूर्वानुमान

जापानका २०० भन्दा बढी स्थानमा आइतबार अत्यधिक तापक्रम बढ्ने पूर्वानुमान गरिएको छ । गर्मीले जापानका ती स्थानहरूको कीर्तिमान तोड्ने अनुमान गरिएको छ । जापान मौसम विभागका अनुसार, अत्यधिक गर्मीका कारण आउने उष्णलहर अगस्ट वा सेप्टेम्बरसम्म जारी रहने अपेक्षा गरिएको छ । यसले स्वास्थ्यमा मात्र नभई कृषिउद्यममा असर पार्दा र खाद्य सुरक्षाको जोखिम निम्त्याएको छ । यहाँको तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुगेको र १२ दिनमा पहिलोपटक १३० भन्दा बढी स्थानमा कडा गर्मी भएको मौसम पुर्वानुमान कार्यालयको तथ्यांकले देखाएको छ ।… पुरा पढौ

जापानी येनको नोटमा नेपाली कागज प्रयोग

जापानी पैसा येनका नयाँ नोटहरूको सम्बन्ध यसपालिबाट नेपालसँग जोडिएको छ । हिमाली क्षेत्रमा पाइने अर्गेली भनिने पहेँलो फूल फुल्ने बिरुवाबाट निकालिने चम्किलो लोक्ता (नेपाली कागज) जापानी येनको नोटमा प्रयोग गरिएको छ । जीओ न्युजले जनाए अनुसार १० हजार, पाँच हजार र एक हजार येनका नोट बुधबारदेखि जापानको बजारमा ल्याइएको हो, जसमा नेपाली कागज प्रयोग गरिएको छ । ती नोटहरू बुधबार जापानका प्रधानमन्त्री फुमिओ किसिदाले बैंक अफ जापानको हेडक्वार्टर टोक्योमा सार्वजनिक गरेका थिए । सो कार्यक्रममा बैंकका गभर्नर काजुओ उएडा समेत सहभागी थिए… पुरा पढौ