जापान विशेष

जापानमा नेपालीहरुको संख्या २ लाख ६ हजार ८९८, हरेक प्रिफेक्चरको अध्यावधिक तथ्यांक सहित

जापान सरकारको अध्यागमन ब्युरोले सन् २०२४ को जून अन्त्यसम्मको तथ्याङ्क सार्वजनिक गरेको छ, जसअनुसार नेपालीहरू जापानमा छैठौ ठूलो विदेशी समूहको रूपमा रहेका छन्। जापान सरकारको तथ्यांक अनुसार हाल संख्या २ लाख ६ हजार ८९८ नेपाली जापानमा बसोबास गर्छन्। यो संख्या सन् २०१२ देखि उल्लेखनीय रूपमा बढ्दै आएको छ।तथ्यांक अनुसार सन् २०१२ देखि २०२४ सम्म नेपालीहरूको जनसङ्ख्या जापानमा निकै बढेको देखिन्छ। सन् २०१२ मा जम्मा २४,०७१ जना नेपालीहरू जापानमा बसोबास गर्थे, तर सन् २०२४ को जुन सम्ममा यो संख्या २ लाख… पुरा पढौ

जापानमा हालसम्म कै ठूलो धनराशीको पुरस्कारसहितको ‘प्रथम रनिङ टाइगर कप आमन्त्रित राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०२४’ हुदै

टाइगर ग्रुप अफ पोखरा नेपालको भातृ संस्था टाइगर ग्रुप अफ नेपाल जापान शाखाले हाल सम्मकै ठूलो धनराशीको ‘प्रथम रनिङ टाइगर कप आमन्त्रित राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०२४’ आयोजना गर्ने भएको छ । खेलकुद, शिक्षा, स्वास्थ्य र सामाजिक अभियानका लागि कृयाशिल संस्था टाइगर ग्रुप अफ जापानले आफ्नो संस्थाको स्थापनाको पहिलो पटक यहि २०२४ नोभेम्बर २८ (मंसिर १३ गते) सस्थाका वरिष्ट उपाध्यक्ष नबिन कुमार गुरुङ कार्यक्रम संयोजक रहने गरि उक्त प्रतियोगिता आयोजना गर्ने तयारी थालिएकोे संस्थाका सचिव भिक्टर ठाडा मागरले जानकारी गराएका… पुरा पढौ

गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानले मनायो ‘२१ औं एनआरएन डे’(फोटो फिचर)

गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानले सोमबार टोकियोमा बिबिक्यु (पिकनिक) सहित शुभकामना आदान प्रदान गरेर ‘२१ औं एनआरएन डे’ मनाएको छ । एनआरएन डे, नेपालीहरुको महान पर्व बडा दशैं, दीपावली, नेपाल सम्बत, छठ लगायतका ठूला पर्वहरुको उपलक्ष्यमा एनआरएन जापानले बिबिक्यू (पिकनिक) सहितको शुभकामना आदान-प्रदान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा नेपाली राजदूतावास टोकियोका उपनियोग प्रमुख हरिहरकान्त पौडेल, एनआरएन आइसीसीका उपाध्यक्ष रोबिन शेरचन, जापान भ्रमणका क्रममा रहेका गुल्मी जिल्ला सत्यवती गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष बाबुराम ज्ञवाली लगायतले एनआरएन… पुरा पढौ

एक जापानी शिक्षकको हेराइमा शिक्षण पेशा

जापानमा विद्यालय बिहान साढे ८ बजे शुरू हुन्छन् । तर हामी शिक्षक ७ बजे नै पुगिसक्छौं । डेस्क–बेन्च मिलेको छ छैन, हेर्ने र मिलाउने गर्छौं । विद्यार्थी आइपुग्नुअघि कक्षाकोठा व्यवस्थित गरिसक्छौं । जापानका सरकारी विद्यालयमा पियन वा कार्यालय सहयोगी हुँदैनन् । कक्षाकोठा दिनदिनै विद्यार्थीले नै सफा गर्छन् । शौचालय अनि भान्सा पनि उनीहरूले नै सफा गर्छन् । यसमा शिक्षकहरू साथमा हुन्छन् । सरसफाइका लागि ४/५ जना विद्यार्थीको फरक–फरक समूह बनाइएको हुन्छ । शुरूका कक्षादेखि नै उनीहरूलाई सरसफाइ गर्न सिकाइन्छ ।… पुरा पढौ

म्याग्दी प्रवासी नेपाली संघ (मोना)द्वारा आयोजित आँखा शिविरबाट ८७१ जना लाभान्वित

म्याग्दीको मंगला गाउँपालिका–५,अर्मनको स्वास्थ्य चौकीमा सम्पन्न तीनदिने आँखा शिविरमा ४५ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको नवौं वार्षिक साधारणसभाको अवसरका नेपाल नेत्रज्योती संघ, हिमालय आँखा अस्पताल पोखरासँगको सहकार्यमा शुक्रबार सम्पन्न भएको शिविरमा ८७१ लाभान्वित भएका छन् । शिविरमा हिमालयन आँखा अस्पताल पोखराकी चिकित्सक हरिमाया गुरुङको नेतृत्वमा चिकित्सक सहितको टोलीले उपचार गरेको शिविर संयोजक एवम् मोना अन्तराष्ट्रियका कोषाध्यक्ष नरेन्द्र फगामीले बताए । ‘शिविर उत्साहजनक रुपमा सम्पन्न भयो, बृद्धबृद्धाको आँखाको उपचारपछि धेरै खुसी देखिनुहुन्थ्यो,… पुरा पढौ

बाढी र पहिरो पिडित नेपालीलाई जापानबाट नेपाली जनप्रगतिशील मञ्चले आर्थिक सहयोग रकम पठायो

विनासकारी बाढी र पहिरो पिडित नेपालीलाई जापानबाट नेपाली जनप्रगतिशील मञ्चले आर्थिक सहयोग रकम पठाएको छ।नेपाली जनप्रगतिशील मञ्च (एनपीपीएफ) जापानले सचिव जीवन पोखरेलको संयोजकत्वमा सञ्चालन गरिएकोको सहयोग रकम संकलन अभियानबाट संकलित १ लाख ७२ हजार रुपैयाँ बाढी र पहिरो पिडितको सहयोगको लागि पठाएका छन् ।नेकपा (माओवादी केन्द्र) द्वारा सञ्चालन गरेको सहयोग रकम कोषमा उक्त रकम बिहिबार जम्मा गरिएको मञ्चका वरिष्ठ उपाध्यक्ष श्यामहरि पाण्डेले जानकारी दिए। विभिन्न देश र स्वदेशबाट जम्मा भएको सबै रकम पार्टीले एकमुष्ठ रुपमा नेपाल सरकारलाई छिट्टै प्रदान गर्ने… पुरा पढौ

गलकोट समाज जापानले नयाँ वर्ष २०२५ मा नेपालका चर्चित कालकारको प्रस्तुति रहने गरि सागीतिक धमाका-२०२५ कार्यक्रम गर्ने

गलकोट समाज जापानले नयाँ वर्ष २०२५ मा नेपालका चर्चित कालकारको प्रस्तुति रहने गरि साँगीतिक धमाका-२०२५ कार्यक्रम गर्ने भएको छ।समाजको स्थापनाकाल देखि नै अङ्ग्रेजी नयाँ वर्षको अवसरमा साँगीतिक कार्यक्रम गर्दै आएको समाजले नयाँ वर्ष २०२५ को अवसरमा नेपालका चर्चित कलाकारहरूको प्रस्तुति रहने गरि साँगीतिक धमाका-२०२५ गरिन लागेको महासचिव दिलिप कंडेलले जानकारी दिए ।“हाम्रो गाउँ हाम्रो ठाउँ, हातेमालो गरी सम्वृद्ध गराऔ” भन्ने भावनाका साथ हरेक वर्ष गर्दै आएको उक्त कार्यक्रम अङ्ग्रेजी नयाँ वर्ष २०२५ मा जापानका विभिन्न ३ शहरहरूमा नेपालबाट आमन्त्रित कलाकारहरुको… पुरा पढौ

तीज धमाका २०२४ को आयव्यय सार्वजनिक गर्यो गलकोट समाज जापान क्षेत्रीय समिति टोकियोले

टोकियो, गलकोट समाज जापान क्षेत्रीय समिति टोकियोले नेपाली नारीहरुको पर्व हरितालिका तिजको अबसरमा आयोजित “तिज धमाका २०२४” को आम्दानी तथा खर्च सार्वजनिक गरेको छ। “हाम्रो गाऊँ हाम्रो ठाऊ, हातेमालो गरि समृद्ध गराऔ” भन्ने मान्यताका साथ सामाजिक सेवाका क्षेत्रमा विभिन्न गतिविधि गर्दै आफ्नो छुट्टै पहिचान बनाउन सफल हाम्रो गौरवशाली संस्था गलकोट समाज जापान क्षेत्रीय समिति टोकियोद्वारा नेपाली नारीहरुको माहान पर्व हरितालिका तिज २०८१ को सुखद अवसरमा आयोजना गरिएको तिज धमाका २०२४ को समिक्षा तथा आयव्यय सार्वजनिक गरेको सचिव पवन बोहोराले जानकारी… पुरा पढौ

जापानमा दक्ष कामदार पठाउने प्रक्रियाः सरकारले म्यानपावरलाई जिम्मा लगायो, पठाउँदैछन् कन्सल्टेन्सीले

सरकारी तवरबाटै विशेष दक्ष श्रमिक निःशुल्क जापान पठाउनेगरी थालिएको प्रक्रिया अहिले भद्रगोल छ। कार्यविधिअनुसार म्यानपावर व्यवसायीले पनि कामदार पठाउन पाएका छैनन्, तर कन्सल्टेन्सीले धमाधम पठाइरहेका छन्। काठमाडौँ– असोज ३ गते टोकियोमा आयोजित जापान–नेपाल रोजगार सम्मेलनमा बोल्दै श्रममन्त्री शरतसिंह भण्डारीले भनेका थिए, “नेपाल सरकारले जापानमा दक्ष कामदार पठाउने निर्देशिका (डिरेक्टिभ) जारी गरी कार्यान्वयनमा ल्याइसकेको छ। यसले नेपालबाट हजारौँ दक्ष कामदार ल्याउन चाहने सबै जापानी एजेन्सी र कम्पनीहरूलाई सहयोग पुग्ने विश्वास लिएको छु।”  नेपालबाट इमानदार, परिश्रमी र सक्षम जनशक्ति लैजान जापानका रोजगारदातालाई उनले आग्रह… पुरा पढौ

सयौंको अन्तरवार्ता लिएका वरिष्ठ पत्रकार भुषण दाहालसंग जापानमा अन्तरवार्ता

यतिबेला वरिष्ठ पत्रकार भूषण दाहाल जापान भ्रमणमा रहेका छन्। नेपालमा सयौंको अन्तर्वार्ता लिइसकेका दाहालले जापानमा भने आफै अन्तर्वार्ता दिएका छन्। नेपालको समसामयिक विषयवस्तु एवं पत्रकारिताको विकास, विकृति, नेपाली राजनीतिज्ञहरूको पछिल्लो गतिविधि लगायत विषयमा दाहालसँग प्रश्न राखिएको थियो। उक्त कार्यक्रमको आयोजना एनआरएनए जापान ,क्षेत्रीय समिति नागोयाले गरेको थियो । कार्यक्रमका प्रस्तोता एनआरएनए आईसिसि सचिव पारसमणी पोखरेल रहेका थिए। Face to Face with Bhusan Dahal नाम दिईएको उक्त कार्यक्रम तोकिएको समयमा १ मिनेट पनि ढिला नगरी शुरु गरिएको थियो। प्राय नेपालीका कार्यक्रम… पुरा पढौ