जापान विशेष

प्रकोपजन्य विपदमा जोगिन के गर्ने ?

टोकियो - भूकम्प गईरहने देशको चिनारी पाएको जापानको राजधानी टोकियो आसपासलाई केन्दबिन्दु पारेर निकट भविष्यमा ठूलो भूकम्प जाने भूकम्पविदहरुको प्रक्षेपण छ । प्राकृतिक प्रकोपलाई रोक्न नसकिएता पनि त्यसबाट हुने क्षतिलाई कम गर्न भने अवश्य सकिन्छ । तर त्यसका लागि पूर्व तैयारी र उच्च सतर्कता भने अवश्य जरुरी हुन्छ । त्यसैका लागि वर्षोनि ठूलो बजेट खर्च गरेर जापान सरकारले मातहतका विभिन्न निकायहरु मार्फत त्यस सम्बन्धि सचेतनामुलक अभिमुखीकरण कार्यक्रम गर्दै आईरहेको छ । यसै सन्दर्भमा टोकियो महानगरीय सरकारले यहाँ रहेका विदेशीहरुलाई लक्षित… पुरा पढौ

अभिनेता अनमोल केसी आफ्नो चलचित्र ‘फर्की फर्की’ को प्रिमियर शोमा सहभागी हुन जापान आउने

अभिनेता अनमोल केसी आफ्नो चलचित्र फर्की फर्कीको प्रिमियर शोमा सहभागी हुन जापान आउने भएका छन्। जुन ९[जेठ २७ ] गते जापानको टोक्यो शहरमा हुन लागेको चलचित्रको रेड कार्पेट प्रिमियरमा सहभागी हुन अनमोल जेठ २६ गते जापान प्रस्थान गर्दै छन्। यो पटक अनमोलको जापान भ्रमण रिफ्रेस्मेंटका लागि समेत हुने छ। चलचित्र रिलिज पूर्व र रिलिज पछिको दौडधुपको थकाई मेटाउन अनमोलले जापानमा केहि समय बिताउने छन्। अनमोल टोक्योमा हुने मुख्य शोमा सहभागी हुने छन् भने नागोया ,फुकोवाका लगाएतका शहरमा हुने शोहरुमा समेत… पुरा पढौ

घुम्टे युवा परिवार जापानले तेस्रो सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता गर्ने

टोकियो, घुम्टे युवा परिवार जापानले आगामी जुलाई २५ तारिक बिहिबारका दिन जापानमा तेस्रो सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता गर्ने भएको छ । सामाजिक सेवाका क्षेत्रमा विभिन्न गतिविधि गर्दै आएको संस्थाले नेपालको राष्ट्रिय खेल भलिबलको प्रवासमा रहेरपनि प्रवर्द्धन, संरक्षण, संवर्द्धन गर्दै जापानमा रहेका खेलाडीहरूलाई क्रियाशील बनाईराख्ने उद्देश्यका साथ  तेस्रो संस्करणका रुपमा प्रतियोगिता संचालन गर्न लागिएको अध्यक्ष नारायण थापाले बताए ।अध्यक्ष थापाका अनुसार, घुम्टे  युवा परिवारको स्थापना खेलमार्फत युवाहरूमा अनुशासन क़ायम राख्ने, खेलकुदको संरक्षण र प्रवर्द्धन गरि युवा शक्तिलाई सामाजिक… पुरा पढौ

राहदानीका लागि सप्ताहव्यापी टोकियो चिबा घुम्ती सेवा-२०२४ सुरू

जापानमा रहेका नेपालीलाई सहज रुपमा नयाँ राहदानी आवेदन र नवीकरण गर्नका लागि चिबा र टोकियोमा सप्ताहव्यापी टोकियो चिबा घुम्ती सेवा-२०२४ सञ्चालन भएको छ ।नेपाली दुतावास टोकियो जापानको आयोजना गैर आवासीय नेपाली संघ जापानको समन्वय र सहकार्य तथा एनआरएनए चिबा र कान्तो क्षेत्रीय समितिको स्थानीय व्यवस्थापनमा चिबाबाट शनिबारदेखि सप्ताहव्यापी टोकियो चिबा घुम्ती सेवा-२०२४ सञ्चालन भएको हो । जापानमा नेपालीहरुको संख्या बढ्दै गइरहेको र नेपालीको बढि जनघनत्व भएको टोकियो क्षेत्रका नेपालीलाई सहज रुपमा राहदानी सम्बन्धी सेवा सहज रुपमा पुर्याउने ध्येयका साथ सप्ताहव्यापी… पुरा पढौ

पर्वत समाज जापानले फस्ट पर्वत कप मेनस् भलिबल च्याम्पेन्सिप २०२४ प्रतियोगिता गर्ने

पर्वत समाज जापानले फस्ट पर्वत कप मेनस् भलिबल च्याम्पेन्सिप २०२४ प्रतियोगिता गर्ने भएको छ।जापानमा रहेका भलिबल खेलाडीलाई क्रियाशील बनाई राख्न र राष्ट्रिय खेल भलिबललाई प्रवासमा पनि सशक्त बनाउने उदेश्यका साथ आगामी अगस्ट ३ तारिख तोडा सिटी स्पोर्टस् सेन्टरमा सो प्रतियोगिता गर्न लागिएको समाजका अध्यक्ष सुभास लामिछानेले जानकारी दिए।प्रवासमा रहेका नेपालीहरुका बिचमा आत्मीयता भातृत्व र सहयोगी भावनाको विकासका गर्न र खेलमार्फत युवाहरूमा अनुशासन क़ायम राख्ने, खेलकुदको संरक्षण र प्रवर्द्धन गरि युवा शक्तिलाई सामाजिक कार्यमा जोडिन अभिप्रेरित गराउनका लागि फस्ट पर्वत कप… पुरा पढौ

मृगौला पिडित कमला खत्रीलाई घुम्टे युवा परिवार जापानको सहयोग

दुवै मृगौलामाँ समस्या आइ आर्थिक अभावले थप उपचारमा समस्यामा परेकी गलकोट नगरपालिका वार्ड नम्बर ७ कि कमला खत्रीलाई घुम्टे युवा परिवार जापानद्वारा संकलित रकम १ लाख ६८ हजार २२४ रुपैया रक़म उपचारार्थ आर्थिक सहयोग प्रदान गरेको छ । लामों समयसम्म अस्पतालमा भर्ना भै उपचार गराउदा आर्थिक अभाव भै घुम्टे युवा परिवारलाई पिडित परिवारले आग्रह गरेपछि संचालित आर्थिक संकलन अभियानबाट संकलित रकम पिडित खत्रीलाई आगाँखेत निजको निवासमा पुगेर गलकोट नगरपालिका–७ का वडा सदस्य, घुम्टे युवा परिवार मल्मका अध्यक्ष जीवन साहानी, समाजसेवी… पुरा पढौ

जापानमा ९० लाख घर खाली, किन खाली हुँदैछन् जापानका घरहरू ?

जापानमा खाली घरहरूको सङ्ख्या सन् २०२३ अक्टोबरसम्ममा ९० लाख पुगेको छ। यो सङ्ख्या सन्  २०१८ मा गरिएको सर्वेक्षणमा देखिएको भन्दा पाँच लाख १० हजार बढेको पछिल्लो सरकारी तथ्याङ्कले देखाएको छ।  उक्त सङ्ख्या जापानमा कुल घर सङ्ख्याको १३.८ प्रतिशत हुन आउँछ।  जापानमा औसतमा सात घरमध्ये एक घर रिक्त रहेको मङ्गलबार प्रकाशित आन्तरिक मामिला मन्त्रालयको सर्वेक्षण रिपोर्टले पुष्टि गरेको छ। स्रोतले घरहरू खाली हुनुलाई विदेशमा सन्तान भएका वा सन्तान नभएका वृद्धहरूको स्वामित्वमा रहेका घरहरू उनीहरूको मृत्युपछि वा उनीहरू वृद्धाश्रममा बस्न थालेपछि खाली… पुरा पढौ

जापानको नागोया शहरमा हुने नेपाल फेस्टिभलको तयारी तिव्र

कविकिरण न्यौपाने / नागोया – जापानको नागोया शहरमा नेपाल फेस्टिभल तयारी तिब्र पारिएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) जापान नागोया क्षेत्रीय समितिको आयोजनामा, आदिवासी जनजाति महासंघको मुख्य सह-आयोजना,नागोया अवस्थित  सामाजिक संघ संस्थाहरूको सह-आयोजना एवं नेपाली दूतावास टोकियोको सहयोगमा फेस्टिभल आयोजना गरिएको एनआरएनए नागोयाका उपाध्यक्ष एवं तेस्रो नेपाल फेस्टिभल मूल आयोजक समितिका संयोजक देब घिमिरेले जानकारी दिए। फेस्टिभलको उप-संयोजकको जिम्बेवारीमा भने यम बहादुर पाइजा र नरेश राई दिईएको छ । आउँदो जून ८ तारिख शनिबार र ९  तारिख आइतबार आईची… पुरा पढौ

जापानमा बक्सर अबिरललाई फेरि अर्को सफलता , हिट- ५३ किक बक्सिङ्ग प्रतियोगितामा लगातार चौंथो पटक विजयी

कविकिरण न्यौपाने / नागोया, जापानमा बक्सर अबिरललाई फेरि अर्को सफलता प्राप्त भएको छ। शनिवार जापानको नागोया शहरमा भएको हिट ५३ किक बक्सिङ्ग प्रतियोगितामा अबिरल बिजयी भएका हुन् । जापानको नागोया शहरमा परिवार संगै बस्दैं आएका अबिरलले थुप्प्रै अन्तराष्ट्रिय किक बक्सिङ्ग बिजयी हुँदै नेपाल र नेपालीकै पहिचान बनाई रहेका छन्।हिमालयन चितुवाको नामले पनि चिनिने उनि थाइल्याण्डको फुकेट शहरमा मार्च ३० सम्म बिषेश प्रशिक्षण लिएका थिए।खेल झनैं प्रतिस्प्रद्धात्मक हुने हुदाँ अबिरलको मनोवल बढाउन अनि नयाँ सिक्न आफ्नै खर्चबाट थाईल्याण्ड पठाएको अबिरलका बुवा… पुरा पढौ

नेपाललाई जापानी समुदायमा चिनाउन सक्ने गरि सम्पन्न भयो मोना इतिवासी नेपाली फेस्टिभल

जापानको टोकियोमा अवस्थित खामी इतावासी हेवा क्वोइन (पार्क) तोरन (धर्ज्यु)ले सजी सजाउ छ । प्रवेशद्वारमा "स्वागत छ मोना इतिवासी नेपाली फेस्टिभल" लेखिएको ब्यानर छ भने म्याग्दीका पर्यटकीय क्षेत्रका तस्बिर अंकित ब्यानरले एक पटक म्याग्दी नै पुर्‍याउँछ । जापानको इतावासी नगरपालिका तथा म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानले संयुक्तरूपमा आयोजना गरेको फेस्टिभलका लागि पार्कलाई झकिझकाउ बनाइएको हो ।  दुई दिवसीय फेस्टिभलको दोस्रो अर्थात अन्तिम दिनसमेत विभिन्न गतिविधिसहित सांस्कृतिक प्रस्तुति रह्यो । म्याग्दी सदरमुकाम बेनीमा हुने म्याग्दी महोत्सवको झल्को दिने गरी उक्त फेस्टिभलमा हजारौं नेपाली तथा… पुरा पढौ