जापानमा प्रजनन दर र जन्मको संख्या दुवै घट्यो, मृत्यु हुनेको सङ्ख्या हालसम्म कै उच्च

-


     जनहित न्युज    
     जेठ २४ गते २०८१


जापानमा कुल प्रजनन दर र जन्मको संख्या दुवै सन् २०२३ मा लगातार आठौं वर्षमा घटेर नयाँ रेकर्ड कायम भएको सरकारी तथ्याङ्कले देखाएको छ ।
जापानमा विवाह नगर्नेको संख्यामा क्रमश वृद्धि हुँदै जादा कुल प्रजनन दरमा हरेक वर्ष ह्रास आईरहेको र यो आठौ वर्षमा नया रेकर्ड कायम भएको बुधबार प्रकाशित सरकारी तथ्याङकले देखाएको हो ।
“एक महिलाले आफ्नो जीवनकालमा जन्माउने अनुमानित बच्चाहरूको औसत संख्या 1.20 मा झरेको छ “- स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले भन्यो- 1947 मा तुलनात्मक डेटा उपलब्ध भएदेखि यो लगातार आठौ पटकको सबैभन्दा कम हो। अघिल्लो वर्ष सन् २०२२ मा १.२६ थियो।
जापानमा सन् २०२३ मा जन्मिएका शिशुको संख्या पनि अघिल्लो वर्षको तुलनामा ४३ हजार ४८२ ले घटेर ७ लाख २७ हजार २७७ मा पुगेको तथ्याङ्कले देखाएको छ । राष्ट्रिय जनसङ्ख्या तथा सामाजिक सुरक्षा अनुसन्धान संस्थानले गत वर्षको प्रक्षेपण गरेको भन्दा ११ वर्ष अगाडिको अवस्थामा झरेर ७ लाख २० हजार हुन पुगेको छ।
जापानमा घट्दो जन्मदरलाई रोक्न कानून बने पनि घट्ने प्रवृत्तिलाई उल्टाउन यसको प्रभावकारिता अनिश्चित रहेको देखिएको छ ।
नयाँ कानूनले बालबालिका हुर्काउनको लागि समर्थन प्रदान गर्ने कुरामा केन्द्रित गरि बाल भत्ता विस्तार गर्ने र बाल हेरचाह बिदाको लागि लाभहरू दिने लगायत रहेका छन ।
२०२३ मा विवाह गर्ने जोडीहरूको संख्या ९० वर्षमा पहिलो पटक ५ लाख भन्दा तल झरेर ४ लाख ७४ हजार ७१७ पुगेको छ । यो दोस्रो विश्वयुद्ध पछिको सबैभन्दा कम हो।
सन् १९७१ र १९७४ को बीचमा सन्तान जन्माउने दोस्रो-बेबी बूम पुस्ताबाट बढेको वृद्धिका कारण सन् २०१५ मा जापानमा प्रजनन दर १.४५ मा फर्किए पनि सन् २०१६ देखि यो घट्दो प्रवृत्तिमा रहेको छ।
प्रान्त अनुसार टोकियोले सबैभन्दा कम प्रजनन दर ०.९९ मा रेकर्ड कायम गरेको छ भने त्यसपछि होक्काइडोमा १.०६ र मियागी मा १.०७ रहेको सरकारी तथ्याङकले देखाएको हो । दक्षिणी जापानको ओकिनावामा १.६० मा उच्चतम दर रहेको त्यसपछि नागासाकी र मियाजाकी प्रान्तमा १.४९ रहेको छ ।
यसैबीच, जापानमा सन् २०२३ मा मृत्यु हुनेको सङ्ख्या १.५८ मिलियनको रेकर्ड उच्चमा पुगेको छ । जसमा लगातार १७ औं वर्ष जनसंख्या घटेको हो।
२४.३ प्रतिशतमा क्यान्सर मृत्युको प्रमुख कारण थियो, त्यसपछि १४.७ प्रतिशतमा हृदय रोग र १२.१ प्रतिशतमा वृद्धावस्था थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?