जापान विशेष

प्रेस सेन्टर नेपाल जापान शाखाको अध्यक्षमा सन्दिप सुनार

टोकियो – प्रेस सेन्टर नेपाल जापान शाखाको आइतबार टोकियोमा प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सन्दिप सुनारको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । अधिवेशन आयोजक समितिका संयोजक सुनारको सभापतित्वमा भएको अधिवेशनले समितिको उपाध्यक्षद्वयमा उत्तम पण्डित र कान्ता गिरी, सचिवमा बिनोद ढकाल, कोषाध्यक्षमा बिमन किराँती, सहसचिवमा कुमारी बुढा मगर चयन भएका छन् । यसैगरी सदस्यहरुमा सञ्जय देवकोटा, कृष्ण गुरुङ, मनिष खनाल, मुकेश पनेरु, अशोक दवाडी, अमर लामा, अरुण राई, सुबिन न्यौपाने र अनुपम खड्का चयन भएकाछन् । अधिवेशनको उदघाटन… पुरा पढौ

जापानी खानाको आनन्द लिनुहोस

जापानमा खाइने खाना सबै जापानी खाना मात्र हो ? “जापानमा सबै खाना जापानी मात्र हुँदैन । जापानमा आएर खानामा समस्या भयो भन्ने विदेशी नागरिकहरु अहिलेसम्म भेटेको छैन । जापानमा माछा मात्र खान्छन भन्ने धारणा हुनसक्छ, वास्तवमा त्यो गलत धारणा हो । बरु जापानको शहरहरुमा घुमघाम गर्ने हो भने विभिन्न किसिमका रेस्टुरेन्टहरु भेट्टाउन सकिन्छ । कोन्भिनीयेन्स स्टोर र सुपरमार्केटमा धेरै प्रकारका खानेकुराहरु राखिएका हुन्छन । विश्वको जुन देशबाट आउनु भएका नागरिक जो कोहिले पनि आफुलाई मनपर्ने स्वादको खाना पाउनु हुन्छ  भन्ने… पुरा पढौ

घुम्टे युवा परिवार जापानको छैठौ साधारण सभा तथा तेस्रो अधिवेशन मार्च २५ हुने

घुम्टे युवा परिवार जापानको छैठौ साधारण सभा तथा तेस्रो अधिवेशन आगामी मार्च २५ सोमवार हुने भएको छ। टोकियो ओकुबोस्थित नेवा डाइनिङमा हुने अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नुका साथै समाजको भावी कार्ययोजना तथा संस्थागत रणनीति समेत तय गर्ने गरि संस्थाको अधिवेशन मार्च २५ तारिख हुन लागेको सचिव तुलविर थापाले जानकारी दिए । खेलकूद कला, संस्कृति हाम्रो शान पर्यटकीय स्थल घुम्टे गलकोटको पहिचान" भन्ने मूल नारालाई आत्मसाथ गर्दै बाग्लुङ जिल्ला गल्कोट नगरपालिका ७ मल्मबाट विभिन्न पेशा, व्यवसाय, रोजगारी तथा… पुरा पढौ

NYSC JAPAN ‘प्रथम भलिबल प्रतियोगिता’ को विजेता र उप विजेताको दुवै उपाधि घुम्टे युवा परिवार जापानले हात पार्यों

NYSC JAPAN द्वारा आयोजित ‘प्रथम भलिबल प्रतियोगिता’ को उजेता तथा उप विजेताको उपाधि घुम्टे युवा परिवार जापानले हात पारेको छ । सिन्जुकु स्पोर्ट्स सेण्टरमा शुक्रवार सम्पन्न भएको उक्त भलिबल प्रतियोगितामा जापानमा भलिबल इतिहासमै पहिलो पटक सहभागी आठ टिमलाई पछि पार्दै घुम्टे युवा परिवार जापानले प्रथम र द्वितीयका दुबै उपाधिले हात पार्न सफल भएको हो ।NYSC JAPAN ले आयोजना गरेको सो प्रतियोगिताको उपाधि जित्न सफल घुम्टे युवा परिवार जापानको एक टिमले नगद २ लाख ५५ हज़ार ५५५ येन, कप, मेडल र… पुरा पढौ

एनआरएनए जापान नागोया क्षेत्रीय समितिले मार्चदेखि अनलाइनमार्फत निःशुल्क जापानी भाषा कक्षा सञ्चालन गर्दै

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापान क्षेत्रीय समिति नागोयाले आगामी मार्चदेखि अनलाइनमार्फत निःशुल्क जापानी भाषा कक्षा सञ्चालन गर्ने भएको छ।एनआरएनए जापानको संयोजन तथा ११ वटै क्षेत्रीय समितिको सहयोगमा अनलाइन निःशुल्क जापानी भाषा कक्षाका लागि गुगल फारममार्फत आवेदन गरेका ३ सय ५२ जनालाई मार्च ९ तारिखदेखि विभिन्न समूहमा विभाजन गरि हप्ताको दुईदिन जापानी भाषा कक्षा सञ्चालन गर्न लागिएको एनआरएनए जापान क्षेत्रीय समितिका संयोजक भेषनाथ गौतमले जानकारी दिए।"सामान्य जापानिज भाषा नजानेको कारण दैनिक जीवन यापनमा कठिनाई भोगिरहेका जापानबासी नेपालीलाई सहयोग… पुरा पढौ

दोस्रो ‘एनआरएनए फुटसल रनिङ कप २०२४’ प्रतियोगितामा ३० टिमको सहभागिता हुने

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको आयोजनामा हुने दोस्रो 'एनआरएनए फुटसल रनिङ कप २०२४' प्रतियोगितामा ३० टिमको सहभागिता हुने भएको छ।युवाका लागि खेलकूद भन्ने मान्यताका साथ मार्च ३ तारिख हुने उक्त प्रतियोगिताको लागि जापानभर रहेका फुटसल प्रेमीहरू मध्य टिम दर्ता गराएका टिमहरूको आईतवार एक कार्यक्रमका बिच टाई सिट सार्वजनिक गर्दै उक्त जानकारी गराइएको हो । फुटसल प्रतियोगितामा एनआरएनए जापान अन्तर्गतका ६ वटा क्षेत्रीय समिति सहित ३० टिमको सहभागिता हुने निश्चित भै सोहि आधारमा टाई सिट सार्वजनिक गरिएको 'दोस्रो… पुरा पढौ

“राष्ट्रिय ध्वजाबहाक जहाजको भाडादर समायोजन गरिने छ ।“ कार्यकारी अध्यक्ष अधिकारी

प्रतिष्पर्धी वायु सेवा कम्पनीको तुलनामा राष्ट्रिय ध्वजाबहाक नेपाल एयरलाइन्सको सेवामा कुनै कमी आउन नदिने गरि व्यावसायिक सुधार गर्न लागिएको नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी बताएका छन्।गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको आयोजनामा भएको अन्तरक्रिया सहित स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले अन्य प्रतिष्पर्धी वायु सेवा कम्पनीको भन्दा भाडादर महँगो नहुने गरि समायोजन लगायतका सुधारका कार्य गरिन लागेको बताएका हुन्।"राष्ट्रिय ध्वजाबहाक जहाजमा जापानी भाषाको व्यवस्था, अन्तराष्ट्रिय मापदण्डको खानाको व्यवस्थासहित भाडादरमा समेत समायोजन गर्ने गरि आवश्यक… पुरा पढौ

अब जापानमा लामो कपाल हुनेहरुलाई पनि सेनामा भर्ना लिइने

टोकियो । जापानमा सेनाका जवानहरुको हेयर स्टाइलसम्बन्धी नियम केही खुकुलो पारिएको छ । अब लामो कपाल भएका युवाहरुलाई समेत सेनामा भर्ती लिइने भएको छ । थप युवाहरुलाई सैन्य क्षेत्रतर्फ आकर्षित गर्न यस्तो कदम चालिएको रक्षा मन्त्रालयले बताएको छ । चीन र उत्तर कोरियाबाट खतरा बढिरहेकै समयमा जापानले सेनामा भर्तीका लागि चाहिने जति युवाहरु पाइरहेको छैन । तर अप्रिलदेखि भने लामा कपाल भएका पुरुष र छोटो कपाल भएकी महिलालाई समेत भर्ना लिइनेछ । नयाँ नियम अन्तर्गत पुरुष जवानले शीर अगाडी लामो र… पुरा पढौ

दोस्रो ‘एनआरएनए फुटसल रनिङ कप २०२४’ प्रतियोगिताको तयारी तिव्र

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको आयोजनामा हुने दोस्रो 'एनआरएनए फुटसल रनिङ कप २०२४' प्रतियोगिताको तयारी तिव्र गतिमा भइरहेको छ।युवाका लागि खेलकूद भन्ने मान्यताका साथ मार्च ३ तारिख हुने उक्त प्रतियोगिताको लागि जापानभर रहेका फुटसल प्रेमीहरूले टिम दर्ता गराउने क्रम जारी रहेको र टिम दर्ताका लागि फेब्रुअरीको २३ तारिखसम्म अन्तिम म्याद राखिएको कार्यक्रमका संयोजक तथा एनआरएनए जापानमा युवा संयोजक मुक्तिराज रेग्मीले जानकारी दिए।संयोजक रेग्मीका अनुसार जापानमा रहेका नेपाली युवाहरुलाई खेलकुदप्रति सक्रिय बनाइराख्न र खेलकुदका माध्यमबाट सामाजिक क्रियाकलापमा संलग्न… पुरा पढौ

चैते दशैंको अवसरमा टोकियोमा चैत्राष्टमी मेला २०२४ हुने

बाग्लुङ समाज जापान र बिहुँकोट समाज जापानको संयुक्त आयोजनामा चैते दशैंको अवसरमा टोकियोमा चैत्राष्टमी मेला २०२४ हुने भएको छ । गण्डकी प्रदेशकै महत्वपूर्ण मेलाको रुपमा बागलुङ जिल्लामा परापूर्वकालदेखि सञ्चालन हुँदै आएको चैत्राष्टमी मेलाको झल्को दिनेगरी अप्रिल १४ तारिख आईतवार टोकियोमा संयुक्त रुपमा कार्यक्रम गर्नेगरी तयारी थालिएको बिहुँकोट समाज जापानका अध्यक्ष दिपक कंडेलले जानकारी दिनुभयो । कार्यक्रम सम्पन्न गर्नकोलागी बाग्लुङ समाजका अध्यक्ष यमकान्त कंडेलको संयोजकत्वमा मुल आयोजक समिती गठन गरी तयारी थालिएको छ । समितिको सदस्यहरुमा बिहुँकोट समाजका उपाध्यक्ष फडिन्द्र शर्मा… पुरा पढौ