अब जापानमा लामो कपाल हुनेहरुलाई पनि सेनामा भर्ना लिइने

-


     जनहित न्युज    
     फागुन ६ गते २०८०


टोकियो । जापानमा सेनाका जवानहरुको हेयर स्टाइलसम्बन्धी नियम केही खुकुलो पारिएको छ । अब लामो कपाल भएका युवाहरुलाई समेत सेनामा भर्ती लिइने भएको छ ।

थप युवाहरुलाई सैन्य क्षेत्रतर्फ आकर्षित गर्न यस्तो कदम चालिएको रक्षा मन्त्रालयले बताएको छ । चीन र उत्तर कोरियाबाट खतरा बढिरहेकै समयमा जापानले सेनामा भर्तीका लागि चाहिने जति युवाहरु पाइरहेको छैन । तर अप्रिलदेखि भने लामा कपाल भएका पुरुष र छोटो कपाल भएकी महिलालाई समेत भर्ना लिइनेछ ।

नयाँ नियम अन्तर्गत पुरुष जवानले शीर अगाडी लामो र पछाडी छोटो कपाल राख्न पाउनेछन् । महिलाहरुले पनि लामो कपाल राख्न पाउनेछन् । तर पोशाक लगाएको बेलामा कपाल बाँध्दा कुमभन्दा तल खस्ने हुनु हुन्न् । अनि हेलमेट लगाउँदा पनि समस्या आउन नहुने बताइएको छ ।

पछिल्लो समय चीनले सैन्य क्षमतामा व्यापक वृद्धि गरिरहेको छ । उत्तर कोरियाले पनि आफ्नो मिसाइल र परमाणु कार्यक्रम आक्रामक रुपमा बढाइरहेको छ । जन्मदर कीर्तिमानी न्यून स्तरमा रहेको अनि जनसंख्या घटिरहेको स्थितिमा जापानको सेना पछिल्लो समय क्षमताभन्दा १० प्रतिशतभन्दा कममा चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?