
टोकियो — जापानमा २ हजार ३४३ ट्र्याक गरिएका खाद्य तथा पेय पदार्थहरूको मूल्य मार्चमा औसत १६% ले बढ्ने तय भएको तेइकोकु डाटाबैंक लिमिटेडले शुक्रबार घोषणा गरेको छ।
१९५ प्रमुख खाद्य उत्पादकहरूको सर्वेक्षण गर्ने तेइकोकु डाटाबैंकले “खाद्य तथा पेय पदार्थको मूल्य वृद्धिको गति अघिल्लो वर्षको तुलनामा उल्लेखनीय रूपमा बलियो भएको” रिपोर्ट सार्वजनिक गरेको हो।
प्रशोधित खाद्य पदार्थको मूल्य वृद्धि १,००० वस्तुभन्दा बढी भएको ११ महिना भइसकेको छ। वृद्धि देखिएका अन्य वर्गहरूमा “मादक पेय पदार्थ र अन्य पेय पदार्थ” ५३४ वस्तुहरू र “दुग्ध उत्पादनहरू” २८४ वस्तुहरू समावेश छन्। वृद्धिको औसत दर १६% थियो।
“प्रशोधित खाद्य पदार्थ” अन्तर्गत जमेको खाना (फ्रोजन आइटम)र चिसो चाउचाउ उत्पादनहरू समावेश रहेका खाद्य सामाग्री सबैभन्दा धेरै वृद्धि हुने बताइएको छ । यिनीहरुको संख्या १,३८१ रहने छ । २०२५ को लागि हालसम्म घोषणा गरिएको कुल मूल्य वृद्धिको संख्या १० हजार ७९७ पुगेको छ, जुन १० हजार भन्दा बढी वस्तुहरू प्रभावित भएको लगातार चौथो वर्ष हो।
मूल्यवृद्धिको प्रमुख कारण कच्चा पदार्थको उच्च लागत हो। येनको लामो समयसम्मको अवमूल्यनले आयातित खाद्य पदार्थको मूल्य बढाएको छ । चामल र ताजा उत्पादन जस्ता घरेलु कच्चा पदार्थहरू पनि महँगो भएका छन्। प्लास्टिक कन्टेनर, रसद र श्रमको उच्च लागत जस्ता थप कारकहरूले यो मूल्य वृद्धिलाई जटिल बनाएका छन्।
तेइकोकु डाटाबैंकले “वार्षिक कुल २०,००० वस्तुहरू पुग्न सक्छ”, आफ्नो आकलन सार्वजनिक गर्दै भनेको छ जुन २०२४ मा रेकर्ड गरिएका १२,५२० वस्तुहरूलाई उल्लेखनीय रूपमा पार गर्दछ।