जापान विशेष

जापानी निजी क्षेत्रले कामदार लैजान सहजीकरण गर्ने 

जापानमा नेपाली श्रमिकका लागि रोजगारीको अवसर दिन जापानको निजी क्षेत्रले तालिम तथा सहजीकरणको काम सुरु गरेका छन् । ३ वर्षअघि जापान र नेपालबीच भएको ‘स्पेसिफाइड स्किल वर्कर (एसएसडब्लू) अन्तर्गत भएको सहयोग समझदारीलाई कार्यान्वयन गर्न नेपालमा कार्यालय स्थापना गरेर सीप तालिम कार्यक्रम सुरु गरिएको हो ।जापानको अध्यागमन विभागमा दर्ता भई टोकियोमा कार्यालय रहेको ह्युमन आइ कम्पनीले एसएसडब्लूअन्तर्गत रोजगारीका लागि जापान जाने केयरगिभरको तालिम र परीक्षाको तयारी गरिहेको छ । २ देशबीच भएको समझदारीअनुसार कार्यविधि बनाउन नेपाल पक्षबाट ढिलाइ भए पनि टोकियोमा… पुरा पढौ

पूर्वी जापान रेलवे कम्पनीको यामानोते लाइनले आगामी अक्टोबरदेखि यात्रुहरूसहित स्वचालित ट्रेनहरूको परीक्षण गर्ने

पूर्वी जापान रेलवे कम्पनीले टोकियोमा संचालित यामानोते लुप(पास)लाइनमा आगामी अक्टोबरदेखि दुई महिनासम्म यात्रुहरूसहित स्वचालित ट्रेनहरूको परीक्षण गरिने भएको छ ।जेआर इष्टले टोकियोको सबैभन्दा भीडभाड भएको क्षेत्रमा सन २०१८ देखि यामनोते लाइनमा स्वचालित प्रणालीको रेल सेवा परीक्षण गरिरहेको र सन २०२८ सम्म पूर्णरूपमा यस प्रविधिलाई गर्ने योजना अनुरूप सो परीक्षण गर्न लागिएको बताईएको छ।यस प्रविधिको विकासले जापानमा संकुचित हुदै गईरहेको जनसंख्याको वृद्धिदरबाट चालकहरूको सम्भावित अभावलाई रोक्नको लागि उक्त कदम चालिएको अधिकारीहरूको भनाइ छ ।स्वचालित सञ्चालन प्रणाली प्रयोग गर्दा, ड्राइभरहरूले रेल प्रस्थानको… पुरा पढौ

घुम्टे युवा परिवार जापानद्वारा जुलाई ६ मा प्रथम सिल्भर रनिङ कप भलिबल प्रतियोगिता गरिने

घुम्टे युवा परिवार जापान(क्लब) ले आगामी जुलाई ६ तारिक बुधबारका दिन जापानमा खुल्ला भलिबल प्रतियोगिता गर्ने भएको छ ।सामाजिक सेवाका क्षेत्रमा विभिन्न गतिविधि गर्दै आफ़नो छुट्टै पहिचान स्थापित गरेको क्लबले नेपालको राष्ट्रिय खेल भलिबलको प्रवासमा रहेरपनि प्रवर्द्धन, संरक्षण, समवर्धन गर्दै जापानमा रहेका खेलाडीहरूलाई क्रियाशील बनाईराख्ने उद्देश्यका साथ सो प्रतियोगिता संचालन गर्न लागिएको अध्यक्ष दिनेश थापाले बताए ।घुम्टे युवा परिवारको स्थापना खेलमार्फत युवाहरूमा अनुशासन क़ायम राख्ने, खेलकुदको संरक्षण र प्रवर्द्धन गरि युवा शक्तिलाई सामाजिक कार्यमा जोडिन अभिप्रेरित गर्ने लक्ष्य रहेकोले त्यसैको… पुरा पढौ

बालबालिकाहरूमा संचार समस्या देखिएको भन्दै माक्सको प्रयोग हटाउन सुझाव

टोकियो मेडिकल एसोसिएसनले कोरोनाभाइरस बिरूद्धको उपायको रूपमा रहेको मास्क लगाउन मानिसहरूले बिस्तारै बिस्तारै बन्द गराउन र विशेष गरी प्राथमिक विद्यालयको तल्लो कक्षाका बच्चाहरू र साना बालबालिकाबाट त्यसको सुरुवात गराउन आग्रह गरेको छ ।एसोसिएसनका अनुसार महामारीको समयमा त्यसको रोकथामका लागि व्यक्तिगत जीवनशैलीको वेवास्ता गर्दै बालबालिकालाई समेत मास्कको प्रयोग गराइएको कारण मास्कले अनुहारको हावभाव लुकाउने भएकाले सञ्चार समस्याका कारण झगडा समेत परेको घटनाहरूलाई मध्यनजर गरि क्रमिक रूपमा हटाऊदै ज़ानुपर्ने अध्ययनले देखाएको छ।गम्भीर रोगको उच्च जोखिममा मानिने ६५ वर्ष वा सोभन्दा माथिका ८०%… पुरा पढौ

जापानले आगामी जुनदेखि आगन्तुक संख्यालाई दोब्बर पार्दै दैनिक २० हजार पुर्याउने

जापानको सरकारले आगामी जुन महिनादेखि विदेशबाट आउने आगन्तुकको संख्या हालको बाट बढाएर दोब्बर गरी प्रति दिन २० हजार पुर्याउने भएको छ ।गत आइतवार समाप्त भएको जापानको गोल्डेन विक बिदापछि एयरपोर्ट क्वारेन्टाइन पूर्वाधार र घरेलु संक्रमणको अवस्थाको परीक्षणपछि यो कदम चाल्न लागेको सरकारी स्रोतहरूलाई उदृत गर्दै जापानी संचारमाध्यम क्योदो न्यूजले जनाएको छ ।सरकारले विदेशी पर्यटक यात्रुहरूलाई चरणबद्ध रूपमा स्वागत गर्ने लक्ष्यका साथ यस महिनादेखि नै साना प्याकेजका टुरलाई परीक्षण गरि पर्यटकहरू समेत अनुमति दिने सोच रहेको बताईएको छ।जी सेभेंन (G-7) शक्ति… पुरा पढौ

स्थानीय निर्वाचनमा विदेश बसेका नेपालीले बन्न पाउछन त उम्मेदवार ?

स्थानीय निर्वाचनको परिणामले आफ्नो गाउँ ठाँउको विकासमा प्रत्यक्ष सरोकार राख्ने हुँदा यति बेला जापान मात्र होईन, विश्वभर बसेका नेपालीहरुको चासो स्थानीय निर्वाचनमा छ। कोही नेपाल गएर निर्वाचनमा उम्मेदवार रहेको अवस्थामा विदेश बसेका नेपालीहरुले चुनावमा उम्मेदवार बन्न पाउँछन त भन्ने प्रश्न समेत उठेको छ। सो विषयमा जापानमा रहेका अन्तराष्ट्रिय अधिवक्ता एवं जनसम्पर्क समिति जापानका पूर्व अध्यक्ष डा बलराम श्रेष्ठसंग प्रतिक्रिया लिदाँ नेपालको संविधान को धारा २९१ मा यसबारेमा व्याख्या गरेको बताउँछन । नेपालको संविधान २०७२ मा अन्यत्र जुनसुकै कुरा लेखिएको भए… पुरा पढौ

उत्तर कोरियाद्वारा जापानको सागरमा क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाले आफ्नो पनडुब्बीबाट अर्को ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । जापानी समाचार स्रोतलाई उद्धृत गर्दै किम जोङ उनले यो क्षेप्यास्त्र जापानको सागरमा प्रहार गरेको बताएको छ। दक्षिण कोरिया र जापानले यसबारे औपचारिक पुष्टि गरेका छन्। दक्षिण कोरियाको ज्वाइन्ट चीफ्स अफ स्टाफले यो परीक्षण सिन्पो शहरको पूर्वी बन्दरगाह नजिकै समुद्रबाट गरिएको बताएका छन्। जहाँ उत्तर कोरियाको प्रमुख सिपयार्ड निर्माण पनडुब्बीहरू छन्। यद्यपी, उनले मिसाइल कति टाढा खसेको भन्ने खुलाएनन्।जापानको रक्षा मन्त्रालयले परीक्षणको पुष्टि गरे पनि विस्तृत विवरण दिएको छैन।  जापानी प्रधानमन्त्री… पुरा पढौ

गणतन्त्र, लोकतन्त्र र संविधानको रक्षाको निम्ति गठबन्धनका साझा उम्मेदवारलाई निर्वाचित गराउन जापानबाट आह्वान

जापानमा क्रियाशील चारवटा संगठनले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली जनताले बलिदानी पूर्ण संघर्षबाट प्राप्त गरेको गणतन्त्र, लोकतन्त्र र संविधानको रक्षाको निम्ति पाँच दलीय गठबन्धनका साझा उमेदवारहरूलाई निर्वाचित गराउनका लागि आह्वान गरेका छन ।आइतबार संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै नेपाली राजनीतिक इतिहासमा बलिदानी र गौरवपूर्ण संघर्षबाट प्राप्त उपलब्धिको रूपमा रहेको लोकतन्त्र र गणतन्त्रको मुख्य आधारस्तम्भको रूपमा स्थापित स्थानीय तहको निर्वाचनमा लोकतन्त्र र गणतन्त्रका हिमायती दलहरूको गठबन्धन रहेको उम्मेदवारहरूलाई आफ़नो मत प्रदान गरि रूपमा प्रगतिशील र सारमा प्रतिगमनको मुख्य… पुरा पढौ

जापानको प्रहरी हिरासत कै क्रममा उपचारारत रहेका सोलुखम्बुका ४१ वर्षीय मनकुमार मगरको निधन,

नागोया/जापान । जापानमा फेरि एक जना नेपासी युवाको असामयिक निधन भएको छ । सोलुखम्बु जिल्ला विचा टोल ताप्पतिङ २ स्थायी घर भई हाल जापानको नागोयामा कार्यरत ४१ वर्षीय मन कुमार मगरको यहि मे महिनाको ३ तारिक उपचारको क्रममा अस्पताल निधन भएको हो ।यस घटनामा परिवारलाई साथ सहयोग गर्दै आएका एनआरएनए आईसीसी सदस्य दिपक कार्कीका अनुसार, मन कुमार गत अप्रिल १५ तारिख बिहान १० बजेतिर साथीकोमा जाने भनि निवासबाट हिँडेका थिए । तर साँझ फर्किएर नाएपछि उनकी श्रीमतीले खोजी सुरु गरेकी… पुरा पढौ

एनआरएनए कान्साइ क्षेत्रीय समितिले प्रदान गर्यो ९ लाख बराबरको छात्रवृत्ति ४३ जनालाई

एनआरएनए जापान क्षेत्रीय समिति कान्साइले बिपन्न तथा जेहेन्दार ४३ जना छात्रछात्रालाई करिब ९ लाख बराबरको “एनआरएनए कान्साई छात्रवृति” प्रदान गरेको छ ।नेपाल भरका रहेका विद्यालयबाट आवेदन परेका मध्यबाट ४३ जना बिपन्न तथा जेहेन्दार छात्रछात्रालाई २ वर्षसम्म वार्षिक १० हजारका दरले ८ लाख ६० हजार भन्दा बढि रकम सम्बन्धित विद्यालयको समन्वयमा प्रदान गरिने गरि शुक्रवार एक पत्रकार सम्मेलनको आयोजना गरि घोषणा गरिएको हो ।सरस्वती पूजाको दिन पारी एनआरएनए कान्साईले शिक्षाको महत्वलाई उजागर गर्दै “एनआरएनए कान्साई छात्रवृति”को लागि आवेदन फारम सार्वजनिक गरेसंगै… पुरा पढौ