जापानमा कास्की घान्द्रुकका हरि प्रसाद गुरुङ र म्याग्दी राम्चे काफलडाडाका ज्योति पुनको निधन

-


     जनहित न्युज    
     फागुन ४ गते २०७९


जापानमा दुईजना नेपालीको असामयिक निधन भएको छ ।
कास्की घान्द्रुकका ५३ वर्षीय हरि प्रसाद गुरुङ र म्याग्दी राम्चे काफलडाडाका ज्योति पुनको मृत्यु भएको हो ।

जापानको साईतामाको एक पार्कमा नेपाली मृत फेला परेका गुरुङको फेब्रुअरी ४ तारिक मृत्यु भएको र सोमबारमात्र उनको मृत्युको बारेमा जानकारी प्राप्त भएको बताइएको छ । भने
बिगत लामो समयदेखि आईचि केन तोयोकावा बस्दै आएका पुनको अस्पतालमा उपचारको क्रममा बिहिबार निधन भएको भएको हो ।
गैर आवासीय नेपाली संघ जापानका वरिष्ठ उपाध्यक्ष नविन निउरेका अनुसार मृतक गुरुङको शव हाल साईतामाको कुकी प्रहरी स्टेसनमा राखिएको र अन्त्येष्ठीका लागी परिवारसंगको सम्पर्कका लागि तमुधीं जापान र कास्की पोखरा जापानसंग समन्वय भइरहेको बताए । निउरेका अनुसार सबै पक्षसंग जानकारी लिइ निश्चित गरिने बताए ।गुरुङको जापानको बसाई वैधानिक रूपमा नरहेको जस्तो देखिएकोले अन्त्येष्ठीका लागि आवश्यक समन्वयमा केहि समस्या भएको बताइएको छ ।
उता बिहिबार मृत्यु भएका पुनको शनिबार जापानमा नै अन्त्येष्ठी गरिने एनआरएनए आईसीसी सदस्य दिपक कार्कीले जानकारी दिए । उनका अनुसार जापानी नागरिकसंग बिबाह गरेका पुनको एक छोरा रहेका छन ।
जापानमा यस वर्षको सुरुवातदेखी नेपालीहरुको असामयिक निधनका घटनाहरु बढ्दो छ।जनवरीदेखि यता २ जना विद्यार्थीसहित ५ जनाको मृत्यु भैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?