जापान विशेष

जापानमा कास्की घान्द्रुकका हरि प्रसाद गुरुङ र म्याग्दी राम्चे काफलडाडाका ज्योति पुनको निधन

जापानमा दुईजना नेपालीको असामयिक निधन भएको छ ।कास्की घान्द्रुकका ५३ वर्षीय हरि प्रसाद गुरुङ र म्याग्दी राम्चे काफलडाडाका ज्योति पुनको मृत्यु भएको हो । जापानको साईतामाको एक पार्कमा नेपाली मृत फेला परेका गुरुङको फेब्रुअरी ४ तारिक मृत्यु भएको र सोमबारमात्र उनको मृत्युको बारेमा जानकारी प्राप्त भएको बताइएको छ । भनेबिगत लामो समयदेखि आईचि केन तोयोकावा बस्दै आएका पुनको अस्पतालमा उपचारको क्रममा बिहिबार निधन भएको भएको हो ।गैर आवासीय नेपाली संघ जापानका वरिष्ठ उपाध्यक्ष नविन निउरेका अनुसार मृतक गुरुङको शव हाल… पुरा पढौ

जापान शोगी संघले मास्कले नाक छोपेको भन्दै चर्चित जापानी सोगी खेलाडीलाई ३ महिनाका लागि निलम्बित

जापान शोगी संघले मास्कले नाक छोपेको भन्दै चर्चित जापानी सोगी खेलाडीलाई ३ महिनाका लागि निलम्बित गर्दै लगातार तीन आधिकारिक खेलमा खेल्नका लागि अयोग्य घोषित गरिएको छ।पर्यवेक्षकको निर्देशन पालना नगरेको र खेलका क्रममा मास्कले नाक नछोपको आरोपमा आठौं डेनका खेलाडी ५६ वर्षीय इचिरो हिउराविरुद्ध फेब्रुअरी १३ देखि लागू हुने गरी संगठनले अनुशासनात्मक कारबाही गर्दै निलम्बित गरिएको संघले जनाएको छ । सोगी संघले फेब्रुअरी २०२२ मा कोरोनाभाइरस विरुद्धको उपायको रूपमा लागू गरेको अस्थायी खेल नियमहरू अन्तर्गत, स्वास्थ्य समस्याका कारणविना राम्रोसँग मास्क नलगाउने… पुरा पढौ

जापानको घट्दो जन्मदरलाई बढाउनका लागि बालबालिकाको पालनपोषणमा कुल बजेटको ४ प्रतिशत बजेट विनियोजन गर्ने प्रधानमन्त्रीको वाचा 

प्रधानमन्त्री फुमियो किशिदाले घट्दो जन्मदरलाई सम्बोधन गर्न जापानको बालबालिकाको पालनपोषणका लागि बजेट देशको कुल गार्हस्थ्य उत्पादनको ४ प्रतिशतमा पुर्‍याउने बुधबार वाचा गरे, तर खर्च कसरी सुरक्षित गर्ने भन्नेबारे विस्तृत जानकारी दिएनन्। यस संसदीय सत्रमा किशिदाले बालबालिका र परिवारलाई सहयोग गर्ने नीतिका लागि जापानको खर्च मार्च २०२१ मा समाप्त हुने आर्थिक वर्षमा जीडीपीको २ प्रतिशत पुगेको र सरकारले "रकम दोब्बर" गर्ने लक्ष्य राखेको बताए। किशिदाले घट्दो जन्मदरसँग लड्न दोब्बर खर्च गर्ने तत्परता व्यक्त गरे पनि बाल नीतिमा केन्द्रित हुनु यस वर्षको… पुरा पढौ

चरम घाटाबाट गुज्रिएको राकुतेन मोबाइलले ग्राहक बढाउन ग्राहक रेफरल गर्नेले प्रति महिना ७० हजारसम्म पोइन्ट पाउने

चरम घाटाबाट गुज्रिएको राकुतेन मोबाइलले ग्राहक बढाउन ग्राहक रेफरल गर्नेले प्रति महिना ७० हजारसम्म पोइन्ट दिने गरि यहि फ़ेब्रुअरी १५ तारिखबाट ग्राहक रेफरल नयाँ अभियान सुरु गरेको छ।Rakuten Mobile मा साइन अप गर्ने र सो का लागि परिचय गराउने व्यक्तिलाई १० हज़ार येन बराबरको पोइन्ट प्रदान गर्ने सो कम्पनीले जनाएको हो ।यस अभियान अन्तरगत प्रति महिना १० जनासम्म परिचय गराउन सक्ने प्रत्येक महिना ७० हजार येन सम्मको पोइन्ट प्राप्त गर्न सकिने भएको हो । अभियानको अन्तिम मिति तोकिएको छैन ।… पुरा पढौ

जनवरीमा जापानमा थोक मूल्य ९.५ प्रतिशतले बढ्यो

जापानको थोक मूल्य गत जनवरीमा अघिल्लो वर्षको तुलनामा ९.५ प्रतिशतले बढेको छ । उच्च ऊर्जा र कच्चा पदार्थमा भएको वृद्धिले यसको मूल्यमा प्रत्यक्ष असर गरेको हो । विभिन्न कम्पनीहरूबीच कारोबार हुने सामानको मूल्य लगातार २३ औं महिनामा बढेको बीओजेले बताएको छ यो सँगै डिसेम्बरमा वृद्धिदर १०.५ प्रतिशतले बढेको उल्लेख गरिएको छ । उक्त अवधिमा आयात मूल्य एक वर्ष अघिको तुलनामा १७.८ प्रतिशतले बढेको छ । जापानी मुद्रा येनको कमजोरीले अमेरिकी डलरको तुलनामा अघिल्लो महिनाको तुलनामा कम भए पनि लागत बढाउन… पुरा पढौ

जापानमा गर्भपतन चक्की बिक्रीलाई स्वीकृति दिने, शल्यक्रियाको नयाँ विकल्प बन्नेमा विज्ञहरू विश्वस्त

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको एक विज्ञ प्यानलले जापानमा पहिलो पटक शल्यक्रियाको विकल्पको लागि औषधि उत्पादन र बिक्रीलाई प्रारम्भिक रूपमा गर्भपतन चक्की बन्ने ट्रयाकमा रहेको मेफिगो प्याकलाई स्वीकृति दिएको छ। बेलायती फार्मास्युटिकल लाइनफार्माले स्वीकृतिका लागि आवेदन दिएको करिब एक वर्षपछि स्वास्थ्य मन्त्रालयको विज्ञ प्यानलले जनवरी २७ मा औषधिको प्राधिकरणमा सहमति जनाएको थियो ।मन्त्रालयले जनताको राय संकलन र औषधि मामिला उपसमितिसँग परामर्श गरेर मार्चको शुरुमा विशेषज्ञ प्यानलबाट अन्तिम निर्णय गर्ने तयारी गरेको हो ।विशेषज्ञ प्यानलबाट स्वीकृत भएमा यो औषधि जापानको पहिलो… पुरा पढौ

जापानका पूर्व प्रधानमन्त्री आबेको गोली हानी हत्याको ७ महिनामा अनुसन्धानलाई प्रहरीले अन्तिम रूप दिने

घटनाको करिब सात महिनापछि जापानी प्रहरीले पूर्वप्रधानमन्त्री आबे सिन्जोको गोली हानी गरिएको हत्याको अनुसन्धानलाई चाँडै टुङ्ग्याउने बताएको छ। गत वर्ष जुलाई २०२२ मा माथिल्लो सदनको चुनावी अभियानका क्रममा पूर्व प्रधानमन्त्री आबेलाई नारा शहरमा गोली हानी हत्या गरिएको थियो। सो शहरका बासिन्दा ४२ वर्षीया यामागामी तेत्सुयालाई जनवरीमा हत्या र अन्य आरोपको अभियोजनसहित अभियोग लगाइएको थियो। पूर्व प्रधानमन्त्री आबेको हत्या हुनुभन्दा एक दिनअघि यामागामीले युनिफिकेशन चर्च भनेर चिनिने धार्मिक समूह रहेको नाराको एउटा भवनमा गोली चलाएको प्रहरीले पुष्टि गरेको अनुसन्धानसँग नजिक स्रोतले… पुरा पढौ

कोभिडको मारमा जापान लगायत एसियाली देश

लामो समय कोभिडको कडा मापदण्ड कायम गरिएको तथा कम मृत्युदर रहेको जापानको अवस्था पछिल्लो समय फेरिएको छ। सन् २०२२ को अन्त्य देखि यता जापानको मृत्यु दर बढ्दो छ। यसै कारण त्यहाँको जनजीवन पनि प्रभावित छ। जनवरी महिनामा जापानमा अहिलेसम्मकै उच्च मृत्यु दर थियो। यो दर बेलायत, अमेरिका र विगतका कोभिडको मारमा धेरै जना गुमाएका अन्य देशको भन्दा पनि खराब थियो। अक्सफोर्ड विश्वविद्यालयमा जापानको यो तथ्यांक हेर्दा जो कोहीलाई पनि आश्चर्य लाग्न सक्छ। जापानले सन् २०२० को सुरुवात देखि गत वर्षको… पुरा पढौ

जापानका एक दानीले सुनको बार विक्रीबाट प्राप्त ५० करोड मिलियन भन्दा बढी रकम भूकम्प प्रभावित गाउँलाई दान गरे

उत्तरपूर्वी जापानको एउटा गाउँलाई एक व्यक्तिले ५० करोड येन (३.८ मिलियन डलर) भन्दा बढी मूल्यका सुनका बारहरू दान दिएका छन् जसले आफ्नो बिक्रीबाट प्राप्त आम्दानीलाई सन् २०११ मा भएको जापानको भूकम्प र भूकम्पबाट क्षतिग्रस्त नगरपालिकाको भलाइका लागि खर्च गर्ने आशा व्यक्त गरेका छन्।इवाते प्रान्तको तनोहाटा नगरपालिकाले ६० किलोग्राम तौलका १२० बार सुन बिक्रीबाट प्राप्त आम्दानीलाई बालबालिकाको पालनपोषण र दशकौं पुरानो गाउँ कार्यालयको पुनर्निर्माणमा प्रयोग गर्ने विचार गरिरहेको जनाएको छ ।गाउँका अनुसार उक्त व्यक्तिले मेयर यासुशी सासाकीलाई गत वर्ष भएको भेटमा… पुरा पढौ

टोकियो प्रहरीले २० अर्ब येन लगानी ठगी गरेको आरोपमा ८ जनालाई पक्राउ

टोकियो प्रहरीले एक लगानी परामर्श फर्मका अध्यक्ष र अन्य सात जनालाई प्रतिमहिना ४ प्रतिशत उच्च प्रतिफल दिने दाबी गरी अस्तित्वहीन कम्पनीका लागि लगानी संकलन गरि करिब ३ हजार ३०० व्यक्तिको करिब २० अर्ब येन (१५२ मिलियन डलर) ठगी गरेको आरोपमा आठ जनालाई पक्राउ गरेको छ ।टोकियोको सिन्जुकु वार्डमा रहेको FRich क्वेस्टका ३८ वर्षीय प्रमुख कोता मोरिनो र अन्यलाई महानगरीय प्रहरी विभागको जीवन तथा अर्थतन्त्र विभागले ठगीको आरोपमा पक्राउ गरेको थियो। कम्पनी मार्फत सन् २०१६ देखि २०२२ बीचमा योजनाबद्द रूपमा जम्मा… पुरा पढौ