
उत्तर कोरियाली ब्यालेस्टिक मिसाइल नजिकैको समुद्रमा खसेको पछिल्लो घटनालाई लिएर होक्काइडो टापुका स्थानीय बासिन्दा र क्षेत्रका माछा मार्नेहरूले आक्रोश व्यक्त गरेका छन्।
शनिबार साँझ ओशिमा-ओशिमा टापुको पश्चिमी तटबाट जापानको सागरमा खसेको मिसाइलले गत वर्षको मार्च र नोभेम्बरमा यस्तै घटनाहरू देखिएपछि रिस उठेको स्थानीयबासी माछा मार्नेहरूले बताएका छन ।
पछिल्लो स्थितिको मूल्याङ्कन गर्न र विभिन्न स्थानबाट रिपोर्टहरू जानकारी लिनको लागि बेलुका ८:३० बजे एक आपतकालीन बैठक बोलाइएको थियो। सो बैठकमा होक्काइडोका गभर्नर नाओमिची सुजुकीले अनलाइन भाग लिएका उनले उत्तर कोरियाको कडा निन्दा गर्दै भने, “ओशिमा-ओशिमा वरपर धेरै माछा मार्ने डुङ्गाहरू चल्छन्।यो एक लापरवाहको चरम अवस्था रहेकोले कुनै पनि हालतमा सहन नसकिने कार्य हो । “
जापानको समुन्द्र किनारमा रहेको आओमोरी प्रिफेक्चरको फुकाउराका एक जना माछा मार्नेले लामो स्वास फेर्दै भने-“फेरि यो कार्य स्वीकार्य छैन ?” क्षेप्यास्त्र खसेको बेला उनी समुन्द्रमा गएका थिएनन् तर उसले आफ्नो रिस थाम्न सकेनन। हामी समुद्रमा हिँड्न असक्षम हुनेछौं र त्यहाँबाट भाग्ने कुनै बाटो हुनेछैन। हामीले गर्न सक्ने केही हुनेछैन,” उनले भने।
उत्तर कोरियाद्वारा अपहरण गरिएका पीडित परिवारहरूको संघका प्रमुख तथा आधा शताब्दीअघि १३ वर्षको उमेरमा उत्तर कोरियाले अपहरण गरेका मेगुमी योकोटाका भाइ ५४ वर्षीय ताकुया योकोटाले टिप्पणी गरे ‘यो निकै निराशाजनक छ। कुनै उपयोगी कुरा नजनाउने उक्साहट दोहोर्याइँदै छ।”



