जापान विशेष

जापानमा बस्ने विदेशीहरूलाई स्मार्टफोनमा बैंक खाता खोल्न अनुमति दिन नयाँ सेवा सुरु

टोकियोमा रहेको एक अनलाइन बैंक र एक वित्तीय प्रविधि फर्मले देशमा रहेका गैर-जापानी बासिन्दाहरूलाई उनीहरूको स्मार्टफोनमा सजिलैसँग बैंक खाता खोल्न अनुमति दिन नयाँ सेवा सुरु गर्ने भएको छ।टोकियोको क्षेत्रीय बैंक किराबोशी बैंक र टोकियो कम्पनी जीआईजी-एले स्थापना गरेको अनलाइन बैंकले बुधबार यो सेवा सुरु गरेको हो ।यो सेवा अङ्ग्रेजी र भियतनामी भाषामा उपलब्ध हुनेछ। यसले प्रयोगकर्ताहरूलाई स्मार्टफोनमा एप प्रयोग गरेर छिटो बैंक खाता खोल्न अनुमति दिनेछ। प्रयोगकर्ताहरूले आफ्नो मोबाइल फोनमा एपमार्फत पैसा ट्रान्सफर गर्न र अन्य सेवाहरू प्रयोग गर्न सक्नेछन्।यस… पुरा पढौ

‘जग्गेमा बसेर आँखा सन्काउने’ केपी ओली प्रवृतिको कारण सत्ता समीकरण बदलिएको हो- माओवादी केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दीपशिखा

राष्ट्रपतिको निर्वाचनपछि जनजीविकाका सवाललाई ध्यानमा राखेर जनताले अनुभूत गर्नेगरि प्रभावकारी कार्य गर्ने नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा वाइसिएल इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले बताएका छन ।नेपाली जनप्रगतिशीलमञ्च जापानको वार्षिक साधारण सभा तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता दीपशिखाले जनतासंग प्रत्यक्ष जोड़िएका सवाललाई पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले प्राथमिकतामा राखेर काम गर्ने बताउदै भने- “यो सरकारले सहि रूपमा डेलिभरी दिन सकेन भने पार्टी र राष्ट्रलाई ठुलो जोखिम रहेकोले राष्ट्रपतिको निर्वाचन पश्चात् ठोस नीति तय गरि जनपक्षीय कार्यमा सक्रिय हुनेछ । “… पुरा पढौ

गलकोट समाज जापानले उचाल्यो प्रथम जनसम्पर्क कप भलिबल प्रतियोगिताको उपाधि

नेपाली जनसम्पर्क समिति जापान,क्युशु ओकिनावा क्षेत्रीय समितिद्वारा आयोजित प्रथम जनसम्पर्क कप भलिबल प्रतियोगिताको उपाधि गलकोट समाज जापानले उचालेको छ ।नेपाल भलिबल संघ जापानको समन्वयमा आइतबार सम्पन्न सो प्रतियोगिताको उपाधिको लागि पर्वत समाज जापानसंग भएको फाइनल खेलमा ३-० को सोझो सेटमा पराजित गर्दै गलकोट समाज जापान उपाधि जित्न सफल भएको हो । प्रतियोगितामा पर्वत समाज जापान उपविजेता बनेको छ ।प्रतियोगिताको उपाधि विजेता गलकोट समाज जापानले नगद ३ लाख येन, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्दा उपविजेताले १ लाख ५० हजार… पुरा पढौ

जापानमा चोरीको आशंकामा सोधपुछ भैरहेको व्यक्ति चौथो तलाबाट हाम फालेर मृत्यु

पसल चोरेको आशंकामा प्रहरीले सोधपुछ गरिरहेको एक व्यक्तिले जापानको दक्षिणपश्चिमी ओइटा सहरमा रहेको आफ्नो चौथो तलाको अपार्टमेन्टबाट हाम फालेर मृत्यु भएको ओइटा चुओ पुलिस स्टेशनले जनाएको छ । प्रहरी चौकीका अनुसार शुक्रबार साँझ करिब ७ः३० बजे ओइटा शहरको एक औषधि पसलमा चोरेर चोर एकजना भागेको भनी आकस्मिक फोन आएपछि पसल नजिकै रहेका ४० वर्षका व्यक्तिलाई नियन्त्रणमा लिएको थियो । सामान्य सोधपुछ गरिएको र ती व्यक्ति नजिकैको आफ्नो घर फर्कन चाहेको प्रहरी अधिकारीले जनाएका छन । उनीहरूका अनुसार घर फर्केको केहि… पुरा पढौ

जापानमा ओनसेन अर्थात सावना मापदण्ड विपरित वर्षको २ पटक मात्र पानी परिवर्तन गरेको पाइयो, लेगोनेला ब्याक्टेरिया ३७०० गुणाले बढेको स्थानीय अधिकारीको भनाई

फुकुओका - दक्षिणपश्चिम जापानको एक शताब्दी पुरानो रियोकान परम्परागत ओनसेन अर्थात सावनाले त्यहा प्रयोग हुने आफ्नो तातो नुहाउने पानीलाई वर्षमा दुई पटक मात्र परिवर्तन गरिरहेको कारण लेगोनेला ब्याक्टेरियाको स्तर मानक सीमा भन्दा ३७०० गुणा बढेको स्थानीय अधिकारीहरूले बताएका छन ।चिकुशिनो, फुकुओका प्रिफेक्चरको दाइमारु बेसो स्टिम बाथ अर्थात अफुरोले विगतका सम्राट हिरोहितो(मरणोपरान्त सम्राट शोवा भनेर चिनिने) लगायतका प्रतिष्ठित व्यक्तित्वहरू आफ्नो आफ्नोमा नुहाउने आउने गरेको वेबसाइटमा उल्लेख गर्दै यसका साप्ताहिक रूपमा नियमित पानी परिवर्तन गर्ने गरेको झुठो जानकारी प्रदान गरेको समेत अधिकारीहरूले… पुरा पढौ

स्याङ्जा समाज नागोयाको अध्यक्षमा मित्र सिग्देल र्निविरोध चयन

स्याङ्जा समाज जापान, क्षेत्रीय समिति नागोयाको अध्यक्षमा मित्र सिग्देल र्निबिरोध चयन भएका छन्। समाजको गत कार्य समितिमा उपाध्यक्ष रहेका उनि लगाएत सम्पूर्ण कार्य समिति बिहिवार नागोया शहरमा सम्पन्न चौंथो अधिवेशनबाट र्निबिरोध चुनिएका हुन्। समाजको बन्द सत्रले बरिष्ठ उपाध्यक्ष राजेन्द्र लम्साल,महिला उपाध्यक्ष राधिका पाण्डे,उपाध्यक्ष बिरेन गुरुङ ,महासचिबमा पुनः मनोज ढुंगाना ,सचिव बिदुर लम्साल ,सह-सचिव सुन्दर थापा ,कोषाध्यक्ष सुर्य पोख्रेल र सह -कोषाध्यक्ष सुर्य वाग्लेलाई चयन गरेको हो। कार्य समिति सदस्यहरुमा (बिध्यार्थी संयोजक) रेखा केसी,राम प्रकाश अर्याल ,सुची राना ,बिकाश लम्साल, जे.बी.… पुरा पढौ

जापानको शैक्षिक अवस्था र नेपालले सिक्नुपर्ने पाठ

पृष्ठभूमि प्रशान्त महासागरको उत्तर–पश्चिम क्षेत्रमा अवस्थित जापान पूर्वी एसियामा पर्ने टाप मिलेर बनेको देश हो । तीन लाख ७७ हजार ९७५ वर्ग किलोमिटर क्षेत्रफल भएको जापानमा सन् २०२० को जनगणनाअनुसार १२ करोड ६२ लाख २६ हजार ५६८ जनसङ्ख्या बसोबास गरिरहेको छ । प्रतिव्यक्ति आय ४८ हजार ८१३ रहेको यस मुलुकमा ४७वटा प्रशासनिक प्रिफ्याक्चर र आठवटा परम्परागत क्षेत्र रहेका छन् । सन् २०२१ को तथ्याङ्कअनुसार जापानको मानव विकास सूचकाङ्क ०.९२५ अर्थात् विश्वमा उन्नाइसौं स्थानमा रहेको छ । जापानी राष्ट्रिय भाषा रहेको… पुरा पढौ

जापानका डाक्टरहरूले ‘माई नम्बर’ आईडी प्रयोग गर्न बाध्य पार्नु असंवैधानिक रहेको भन्दै सरकारविरुद्ध मुद्दा दायर

टोकियो हेल्थ इन्स्योरेन्स डाक्टर्स एसोसिएसनका २७० भन्दा बढी डाक्टर तथा दन्त चिकित्सकले भने, ‘उपकरण खर्चको बोझ र सूचना चुहावटको जोखिम ठूलो छ र मन्त्रीस्तरीय अध्यादेशबाट कार्यान्वयन गर्न बाध्य पार्नु असंवैधानिक रहेको भन्दै जापानका डाक्टरहरूले 'माई नम्बर' आईडी प्रयोग गर्न आवश्यक नभएको भन्दै सरकारविरुद्ध मुद्दा दायर गरेका छन छन् ।राजधानीमा एक प्रमुख डाक्टरहरूको संघ र अन्य केहिले चिकित्सा संस्थाहरूले बीमा कार्डहरूको सट्टामा"माई नम्बर" व्यक्तिगत परिचय पत्र प्रयोग गरेर बिरामीहरूको बीमा स्थिति जाँच गर्ने सरकारी अनलाइन प्रणाली लागू गर्न नपर्ने माग गर्दै… पुरा पढौ

७ वर्ष जापानमा पसिना बगाएका गोपाल मगर स्वदेश फर्किएर व्यावसायिक कृषि र पशुपालनबाट मनग्गे आम्दानी गर्दै

समय सापेक्ष र रोजगारीमूलक शिक्षाको अभाव, व्यावसायिक सीप र प्रविधिमा न्यून पहुँच, युवामैत्री लगानी र उद्यमशील वातावरणको अभाव जस्ता विविध कारणले अहिलेको युवा पुस्तामा विदेश मोह रहेको छ। दैनिकजसो हजारौंको संख्यामा युवा विदेशकै लागि एयरपोर्टमा भेटिन्छ। परदेशमा जवानी उमेर र जाँगर पैसासँग साटेर फर्कन्छन्। केही युवा विदेशमा सिकेका सीपलाई आफ्नै देशमा प्रयोग गर्ने लक्ष्य समेत राख्छन्। तिनै कर्मठ युवामध्येमा पर्छन् ताप्लेजुङको फुङलिङ नगरपालिका–५ का गोपाल मगर। ७ वर्ष जापानमा पसिना बगाएका उनी आजकाल इलामको चुलाचुली गाउँपालिका–३ शिवओरकमा तरकारी गोड्दै गरेका भेटिन्छ।… पुरा पढौ

डोटी जिल्लाका भुकम्प प्रभावित विद्यार्थीलाई एनआरएनए जापान क्षेत्रीय समिति तोचिगीले गर्यो शैक्षिक सामाग्री वितरण

गैर आवासीय नेपाली संघ जापान क्षेत्रीय समिति तोचिगीले डोटी जिल्लाका बिभिन्न विद्यालयका ५० जना विद्यार्थीहरूलाई शैक्षिक साम्रागी बितरण गरेको छ। "भुकम्प प्रभावित विद्यार्थीहरूलाई शैक्षिक सामाग्री हस्तान्तरण" कार्यक्रममा एनआरएनए जापान तोचिगीका उप संयोजक तथा शैक्षिक सामाग्री बितरण कार्यक्रमका कार्यक्रम संयोजक सन्तोष घिमिरेले डोटी जिल्लाको पूर्वी चौकी गाउँपालिकाका ७ वटा विद्यालयका ५० जना विद्यार्थीहरूलाई छात्रवृति स्वरूप शैक्षिक सामग्री प्रदान गरेका गरेका थिए ।  श्री पवित्र आवासीय विद्यालय,श्री चैकोट आधारभुत बिद्यालय,श्री दुर्गा माध्यामिक बिद्यालय,श्री पदम मुक्तिनारायण बिद्यालय,श्री काडामाण्डौ माध्यामिक बिद्यालय ,श्री तेडी प्राथमिक… पुरा पढौ