३० वर्षभित्रमा हुने अनुमान गरिएको मेगा भूकम्प पछिको प्रभावले जापानमा ७६ हजारको मृत्यु हुने प्राकृतिक प्रकोप विशेषज्ञको भनाई 

-


     जनहित न्युज    
     फागुन २० गते २०७९


जापानको प्यासिफिक कोस्टमा रहेको नानकाई ट्रफमा गएको शक्तिशाली भूकम्पका कारण ७६ हजारभन्दा बढी मानिसको मृत्यु हुने अनुमान एक जापानी विज्ञले गरेका छन् ।

आगामी ३० वर्षमा ८ देखि ९ म्याग्निच्युडको भूकम्प जाने सम्भावना ७० देखि ८० प्रतिशत रहेको कन्साई विश्वविद्यालयका प्रोफेसर ओकुमुरा योशिहिरोले बताएका छन । आगामी ३० वर्षमा जापानका ९.५ मिलियन मानिसहरु यस क्षेत्रमा विस्थापित हुने अनुमान गरिएको उनले बताएका छन ।

सबैभन्दा खराब स्थितिमा प्रत्यक्ष रूपमा मृत्यु हुनेहरूको संख्या लगभग ३ लाख २३ हजार हुने अनुमान गरिएको छ। चोटपटकबाट घाइते हुनेहरू कुल ६ लाख २३ हजार हुने अनुमान गरिएको छ।
कन्साई विश्वविद्यालयका प्रोफेसर ओकुमुरा योशिहिरोले जापानी सरकारी संचारमाध्यम एनएचकेलाई बताए अनुसार विस्थापन र बिग्रँदै गएको स्वास्थ्य अवस्थाले ठूलो भूकम्पमा हुने कुल मृत्युमा उल्लेख्य रूपमा वृद्धि हुन सक्छ।
प्राकृतिक प्रकोप केस स्टडीमा विशेषज्ञ रहेका ओकुमुरा विगतका प्रकोपहरूमा बेवास्ता गर्नेहरूको संख्या र पछिको प्रभावबाट मरेकाहरूको संख्या बीचको सम्भावित अवस्थालाई विश्लेषण गरेर यो अनुमान गरेको बताइएको छ।
प्रोफेसरले भूकम्पको असरले गर्दा विद्युत् र खानेपानीमा हुने अवरुद्धले मृत्यु हुनेको संख्या वृद्धि गराउन योगदान पुर्‍याउने बताए।
ओकुमुराले समग्रमा जापानी समाजले निकट भविष्यमा हुने प्रकोप सम्बन्धी मृत्युको मुद्दालाई सम्बोधन गर्नुपर्छ भन्ने कुरामा जोड दिए।
जापानको मार्च २०११ को भूकम्प र सुनामीसँग सम्बन्धित तर त्यसबाट प्रत्यक्ष रूपमा नभएको गत वर्षको मार्चको अन्त्यसम्ममा ३ हजार ७८९ पुगेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?