नेपाली जनप्रगतिशील मन्च जापान कान्तो क्षेत्रीय समितिले जापान भ्रमणमा रहेको जनप्रतिनिधि मण्डललाई गर्यो भेटघाट

-


     जनहित न्युज    
     फागुन ६ गते २०७९


नेपाली जनप्रगतिशील मन्च कान्तो क्षेत्रीय समिति जापानले जापान इण्टरनेशनल कोअप्रेशन एजेन्सी जाइकाको (japan international cooperation agency (JICA)को विपत् व्यवस्थापन ट्रेनिङ प्रोजेक्टको क्रममा जापान भ्रमणमा रहेका स्थानीय सरकारका जनप्रतिनिधि तथा पार्टी नेतृत्वसंग
भेटघाट तथा डिनर कार्यक्रम सम्पन्न गरेको छ ।
टोकियो शिनओकुबो स्थित भेटघाट रेस्टुरेन्टमा शुक्रबार सम्पन्न भएको सो कार्यक्रममा नेकपा माओवादी केन्द्र केन्द्रिय पोलिटब्युरो सदस्य, बाग्मति प्रदेश सह-ईन्चार्ज, नगरपालिकाहरुको छाता संगठन नेपाल नगरपालिका संघको उपाध्याक्ष तथा चौतारा साँगाचोकगढी नगर प्रमुख कृष्णप्रसाद सापकोटा, नेकपा माओवादी केन्द्र वैकल्पिक केन्द्रीय सदस्य, गोरखा जिल्ला बारपाक सुलिकोट गाउपालिका अध्यक्ष विष्णु भट्ट, पालुङटार नगरपालिका मेयर एवम नेकपा माओबादी केन्द्रका गण्डकी प्रदेश सचिवालय कमरेड विवस चिन्तन (अजय) र बारपाक शुलिकोट गाउपालिका उपाध्यक्ष तथा गण्डकी प्रदेश सदस्य कमरेड सनमाया गुरुङलाई कान्तो समितिले परिचयात्मक तथा भेटघाट गरेको हो ।
प्रबास समन्वय समिती सदस्य डा.भुपालमान श्रेष्ठ,अरुण कुमार श्रेष्ठ, नेपाली जनप्रगतीशिल मन्च जापानका सल्लाहकार तथा पूर्व सचिव सालिकराम भण्डारी, मन्चका केन्द्रीय उपाध्यक्ष मोहन पौडेल, शहिद परिबारका सदस्य जिपि लामीछाने र अर्जुन ढकाल, जापान भ्रमणमा रहेका पालुङ्टार नगरपालिका प्रशासकीय अधिकृत दिपेन्द्र अर्याल, चौतारा साँगाचोकगढी नगरपालिका कर्मचारी चिरन्जिवी कट्टेल लगायतको उपस्थिति रहेको उक्त कार्यक्रममा भ्रमणमा रहेको जनप्रतिनिधि मण्डललाई जापान भ्रमण गरेका अनुभवलाई आफ्नो पालिकामा कार्यान्वयन गर्न आग्रह गरिएको थियो ।
जापानले गरेको प्रगति र यहाँको सेवा प्रदान गर्ने प्रणालीबाट आफूहरू प्रभावित भएको र संभव रहेसम्म व्यवहारमा उतार्ने प्रतिवद्दता भ्रमण टोलीमा रहेका जनप्रतिनिधिहरूले गरेका थिए ।यसरी यासरी बोल्ने बोल्नेहरुमा कृष्ण प्रसाद सापकोटा विवश चिन्तन अजय, विष्णु भट्ट,मोहन पौडेल लगायत रहेका थिए ।
परिचयात्मक कार्यक्रम जनप्रगतिशिल मञ्चका कान्तो क्षेत्रीय समितिका अध्यक्ष गोकर्ण बर्तौला अध्यक्षता, समितिका उपाध्यक्ष सुनिल देवकोटाको संचालन र सदस्य बिष्णु कुमार आङ्दावेको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?