जापानमा धनकुटाका २७ वर्षिय अनिश कटवालको असामयिक निधन

-


     जनहित न्युज    
     पौष १७ गते २०७९


विद्यार्थी भिषामा ६ महिना अघि जापान आएका धनकुटाका अनिश कटवालको आफ्नै कोठामा असामयिक निधन भएको छ ।
अँग्रेजी नयाँ वर्षको अघिल्लो दिनमा कटवालको आफु बस्दै आएको कोठामा नै निधन भएको उनीसंगै संगै बस्दै आएका साथीहरूले जानकारी दिएका छन । सन् २०२२ को जुलाईमा जापान आएका मृतक कटवालका साथीहरूका अनुसार अनुसार कोठामा रहेको ओफुरो (पानी जमाएर नुहाउने जापानी शैलिको भाँडो) मा नै जनवरी १ तारिख बिहान मृत भेटिएका हुन् ।
‘हामी बिहान ५ बजे नयाँ बर्षकोमा बाहिर मनाएर कोठामा पुगेका थियौं, भित्र हेर्दा ओफुरोमा नुहाउन लागेको जस्तो देख्यौं । तर हलचल नगरेको देखेर हेर्दा अचेत पायौं र प्रहरी र एम्बुलेन्सलाई बोलायौं । तर प्रहरी र एम्बुलेन्सका कर्मचारीहरुले ओफुरोमा नै निधन भइसकेको रहेछ ।’ साथीहरूले बताए ।
बिहान ६ बजे पोष्ट मार्टम लगायतको लागि शवलाई प्रहरीले नियन्त्रणमा लिएर अस्पतालमा लागेको छ । नेपाल स्थित परिवारलाई घटना बारेमा जानकारी गराइसकिएको बुझिएको छ । २७ वर्षीय मृतक कटवाल टोकियोको इकेबुकुरोमा बस्दै आएका उनले ताकाराजुका भाषा विद्यालयमा अध्ययनरत थिए |
मृत्युको कारण बारे केहि खुल्न सकेको छैन । पोष्ट मार्टम रिपोर्ट पछि मात्र मृत्युको कारण थाहा हुनसक्ने प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?