
टोकियोमा संचालित रेल सेवा अन्तर्गत अति व्यस्त लाइन मध्यपर्नेमा पर्ने जेआर यामानोते लाइनको सेवाहरू शनिबार र आइतवार बन्द हुने भएको भाएको छ ।
टोकियोको जेआर ओसाकी र जेआर इकेबुकुरो स्टेशनहरू बीचको जेआर शिबुया स्टेशनमा निर्माण कार्य भइरहेकोले दुई दिनका लागि यामानोते सेनको सेवा निलम्बित गरिएको पूर्वी जापान रेलवे कम्पनी (जेआर ईस्ट) ले घोषणा जनाएको छ ।
‘सो सेन( लाइन) का सेवाहरू दुवै दिनमा भित्री ट्र्याक र निलम्बित खण्ड बाहिर ट्र्याकमा घटाइने छ ।’ कम्पनीले जारी गरेको सूचनामा जनाईएको छ ।

JR East ले आफ्नो Saikyo र Shonan-Sinjuku लाईनहरूमा ओसाकी र शिन्जुकु स्टेशनहरू बीचका सेवाहरूको संख्या बढाउने र भीडभाड कम गर्न अन्य उपायहरू अबलम्वन गर्ने योजना बनाएको छ। ट्रेन कम्पनीको सेवा संचालन विभागले मानिसहरूलाई अन्य रेलवे कम्पनीहरूले उपलब्ध गराएको वैकल्पिक यातायातको व्यवस्था प्रयोग गर्न पनि आह्वान गरिरहेको छ। अन्य सेन(लाइन) मा पनि जाम हुने अनुमान गरिएको छ ।
शिबुया स्टेसनमा यामानोते लाइनका लागि दुईवटा अलग-अलग प्लेटफर्महरू छन्, एउटा भित्री ट्र्याकको लागि र अर्को बाहिरी ट्र्याकका लागि, हाल निर्माण गर्न लागिएको निर्माण कार्यको उद्देश्य भित्री ट्र्याकका लागि प्लेटफर्म बनाउनु हो जुन दुबै तर्फ जाने सेवाहरू उपलब्ध हुनेछ ।
शिबुया स्टेसनमा प्रमुख निर्माण कार्य २०१५ मा सुरु भएको भएको थियो । यामानोतेले आफ्नो सेवालाई अझ सुविधाजनक बनाउनका लागि विभिन्न सुधारका कार्य चरणबद्ध रूपमा सञ्चालन गरिरहेको छ । सम्पूर्ण परियोजना आर्थिक वर्ष २०२७ मा सम्पन्न हुने योजना रहेको छ।



