जापानमा नेपाली मिडिया सेन्टर जापानको गठन, अध्यक्षमा कविकिरण न्यौपाने

-


     जनहित न्युज    
     वैशाख ४ गते २०८०


जापानको नागोया शहरमा आईतवार नेपाली सञ्चारकर्मीहरूको भेलाले नेपाली मिडिया सेन्टर जापानको अध्यक्षमा कविकिरण न्यौपानेलाई चयन गरेको छ।

न्यौपाने नेपाल पत्रकार महासंघ जापान शाखाको संस्थापक सदस्य एवं बर्तमान सल्लाहकार समेत हुन्। त्यस्तै सेन्टरको उपाध्यक्षमा बिनोदकुमार सापकोटा र श्याम शितल रहेका छन्। सापकोटा पनि नेपाल पत्रकार महासंघ जापान शाखाका संस्थापक सदस्य तथा बर्तमान सल्लाहकार हुन् भने शितल एनआरएनए जापानका सचिव समेत हुन्।

त्यस्तै मिडिया सेन्टरको सचिवमा राजबिन थापा रहेका छन्। उनि नेपाल पत्रकार महासंघ जापान शाखाका पूर्व कोषाध्यक्ष तथा बर्तमान राष्ट्रिय परिषद सदस्य समेत हुन्। सह – सचिवमा भने एनआरएनए क्षेत्रीय समिति नागोयाका उपाध्यक्ष समेत रहेका यमन देवान चयन भएका छन्।

सेन्टरको कोषाध्यक्षमा निशान रानामगर रहेका छन्। उनी नेपाल पत्रकार महासंघ जापानका पूर्व कार्यसमिति सदस्य तथा स्याङ्जा समाज क्षेत्रीय समिति नायोयाका पूर्व अध्यक्ष समेत हुन्। कार्य समिति सदस्यहरुमा नेपाल पत्रकार महासंघ जापान शाखाका कार्यसमिति सदस्य समेत रहेका बिकास लम्साल , राम तामाङ, सरिता थापा रहेका छन्। तामाङ र थापा पनि नेपाल पत्रकार महासंघ जापान शाखाका पूर्व कार्यसमिति सदस्य हुन्।

जापानमा १ लाख ४० हजारको हाराहारीमा नेपालीहरु पुगी सकेको अवस्थामा नेपालीहरुलाई सहि सूचना र समाचार पुराउन नेपाली मिडिया सेन्टर प्रभावकारी हुने सेन्टरका अध्यक्ष कविकिरण न्यौपानेले बताए । सेन्टरका सचिव राजबिन थापाका अनुसार छिट्टै जापानको नागोया शहरमा सेन्टरको आफ्नै कार्यलय सहित सूचना केन्द्र स्थापना हुने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?