ओसाकाबाट हराइरहेकी आरती किन भेटिनन् अहिलेसम्म ? यस्तो छ पछिल्लो अपडेट

-


     कविकिरण न्यौपाने    
     वैशाख २१ गते २०८०


आरती खनाल विद्यार्थी भिषामा १ बर्ष अगाडी मात्रै जापान आएकी थिइन। उनी जापानको ओशाका सिटीको इकोनो कु काट्सुयामा कित्ता १- ३ – २ मा रहदैं आएकी बताईएको छ। २३ वर्षीय आरतीको स्थायी घर चितवनको भरतपुर महानगरपालिका वार्ड नं -१२ हो ।
हराइ रहेकी आरतीसंगै उनीहरुका साथीहरु मार्च १६ तारिक आफ्नो कोठामा नभएको र १७ तारिक सबै आफ्नो – आफ्नो कोठामा फर्किदा आरती पहिलानै कोठामा पुगिसकेकी र पछि आरतीले काम छ भन्दैं बिहानै कोठाबाट निस्किएकी उनको साथीहरुले भनेको बताइएको थियो।

मार्च १६ तारिक ओसाकाको नाम्बाको पुल मुनि सांगीतिक कार्यक्रममा राति करिव १० वजे आरती लगाएत नेपालीहरु सहभागी भएका र कोठामा जाने ट्रेन नभएको कारण सबै त्यतै बसेको उनको साथीहरुले भनेको भएपनि उनकाका साथीहरुले समयमा खुलेर कुरा नगर्दा समस्या आएको एनआरएनए अध्यक्ष शिवप्रसाद पौडेलले बताउछन ।
यत्तिको समय बिती सक्दा पनि आरतिको अत्तोपत्तो नहुनुले नेपाली समुदायमा चिन्ता छदैं छ, नेपालीका लागि भनेर खोलिएका एनआरएनए लगाएतका संस्थाहरुले के गरिरहेका छन् भन्ने प्रश्न समेत तेर्सिएको छ। आरतीको खोजी कार्यको लागि जापानी प्रहरीले खोज तलास नगरेको भने होईन। उनको बारेमा फोटो सहित बायोडाटा प्रकाशित गरि सार्बजनिक गरेको छ।
एनआरएनए जापान लगाएत संघ संस्थाहरु पनि आफ्नो तर्फबाट लागिपरेको बताईरहेका छन्। तर पनि प्रविधी युक्त जापानमा उनको किन अत्तोपत्तो छैन ? हरेकको यहि प्रश्न छ। आरतीको खोजतलासको लागि एनआरएनए जापानले सम्बन्धित निकाय तथा व्यक्तिहरुसंग समन्वय गरि शुरुदेखि लागिपरेको अध्यक्ष पौडेलले बताए। एनआरएनएको टोली आरती बस्दै आएको घरमा पुगेर उनका साथीहरुसंग सोधपुछ गर्दा आरतीसंगै बसेका र आसपासका साथीहरु खुलेर कुरा गर्न नचाहेको बताइन्छ ।

नेपालबाट भर्खर आएका किशोरावस्थाका विद्यार्थीहरु डिस्को, वारमा जाने गरेको पाईयो। नेपालबाट ठूलो धनराशी खर्च गरेर जापान पठाएका उनका अभिभावकले पनि सोच्न जरुरी छ। आफ्ना सन्तान जापान गए भन्दैमा राम्रै छन्, कुलतमा लागेका छैनन् भन्ने मात्र हुँदैन भन्ने बुझ्न आवश्यक रहेको एनआरएनए जापानकी उपाध्यक्ष संगीता अधिकारीले बताइन् ।

लामो समयसम्म हराइरहेकी नेपाली चेली नभेटिनु दुःखको कुरा भएकोले जापानमा रहेको नेपाली राजदूतावास, टोकियो अध्यागमन,ओसाका अध्यागमन, जापान प्रहरी, आरती पढ्ने स्कूल लगाएतसंग नियमित समन्वय गरि खोजी भई रहेको एनआरएनए जापानले जनाएको छ ।
गत मार्च १६ तारिक राति करिब १२ बजे आरतीसंगै उनका २ जना केटी साथीसंगै डान्स क्लबमा गएका र राति २ बजेपछि आरतिलाई नदेखेको उनका साथीहरुले भन्ने गरेका छन । भोलि पल्ट आरती साथीहरूभन्दा पहिले कोठामा गएर कोठामा भएकी अर्की साथीसँग १० हजार येन रकम सापटी मागेर बिहान कोठाबाट फेरि निस्किएको बताइएको छ । “हामीहरु उनीहरू गएको डान्स क्लबमा पनि गयौं, आरती लगाएत साथीहरू नियमित डान्स क्लब जाने गरेको खुल्न आएको एनआरएनए जापानका महासचिव सिद्धार्थ श्रेष्ठले बताए।

आरती निकटका साथीहरुसंग भएको छलफलपछि एनआरएनएको टिम ओसाका स्थित प्रहरीसंग उनको खोजतलासका विषयमा अहिलेसम्म भएका गतिविधी बारे छलफल भएको एनआरएनए अध्यक्ष पौडेलले बताए। यसअघि नेपाली समुदायलाई प्रहरीले गेटमै कुरा गरेर फर्काउने गरेको भएपनि यसपालि हाम्रो टिम भने प्रहरी कार्यालय भित्रै गएर करिब १ घण्टा बढि अहिले सम्मको गतिबिधीको बारेमा आफ्ना कुरा भन्ने र प्रहरीको कुरा सुन्ने काम भयो अध्यक्ष पौडेलले भने।
आरतिले आफ्नो जाईरो कार्ड र पासपोर्ट नलिई गएको र उनको जापानी र नेपालीसंग नभई अन्य बिदेशीहरुसंग बढि संगत हुने गरेको पाईएको अध्यक्ष पौडेलले बताए। प्रहरीले अनुसन्धानको क्रममा के भईरहेको छ भन्ने अनुसन्धान नसकी नभन्ने हुदाँ अहिले यसै हो भन्न नसकिने पौडेलको भनाई छ। “आशा गरौं आरती छिटैं सकुशल भेटिनेछिन” पौडेलले भने ।

गत अप्रिल २८ तारिक शुक्रबार एनआरएनए जापानको टोलीले हराईरहेकी आरतीको बारेमा जानकारी लिन टोकियोबाट ओसाका पुगेर सरोकारवालाहरूसंग छलफल गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?