
जापानको इशिकावा प्रिफेक्चर र वरपर आज दिउसो २ः४२ मा गएको ६.३ रेक्टर स्केलको भूकम्पबाट त्यहाँ कुनै विनाशकारी सुनामीको खतरा नभएको मौसम विभागले जनाएको छ।
भूकम्पले इशिकावा प्रिफेक्चरको नोटो प्रायद्वीपको टुप्पोमा रहेको सुजुमा ७ को जापानी भूकम्पको तीव्रता स्केलमा ६ रेक्टर स्केल दर्ता गरेको जापानको मौसम विज्ञान एजेन्सीलाई उदृत गर्दै सरकारी प्रवक्ता हिरोकाजु मात्सुनोले पुष्टि गरेका छन् ।
मौसम एजेन्सीले तटीय क्षेत्रको समुन्द्री सतहमा आएको परिवर्तनको चेतावनी दिए पनि त्यसले कुनै क्षति हुने चिन्ता नरहेको बताएको छ ।
पूर्वी जापान रेलवे कम्पनीका अनुसार नागानो र कानाजावा स्टेशनहरू बीच सञ्चालन हुने तीनवटा होकुरिकु शिन्कानसेन बुलेट ट्रेनहरू बिजुलीको करेन्टका कारण आपतकालीन रोकिएका थिए।
इशिकावा प्रिफेक्चरको शिका आणविक उर्जा केन्द्र र नजिकैको निगाता प्रान्तको काशिवाजाकी-कारीवा प्लान्टमा कुनै असामान्यता नभेटिएको मुख्य क्याबिनेट सचिव मात्सुनोले पत्रकार सम्मेलनमा बताए।



