जापानमा सुरु भयो पर्वत समाज जापानको ‘रमाइलो म्युजिक एक्प्रेस’ सांगीतिक कार्यक्रम

-


     जनहित न्युज    
     जेठ ८ गते २०८०


पर्वत जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने उद्देश्यका साथ पर्वत समाज जापानद्वारा आयोजना गरिएको ‘रमाइलो म्युजिक एक्प्रेस’ सांगीतिक कार्यक्रम जापानका विभिन्न शहरहरूमा सोमबारदेखि सुरु भएका छन ।
नेपालबाट आमन्त्रित चर्चित कलाकारहरु बिमलराज क्षेत्री, कुलेन्द्र बिश्वकर्मा, एलिना चौहान र सुस्मिता क्षेत्रीको प्रस्तुति रहने उक्त कार्यक्रम फुकुओकाबाट मंगलबारदेखि सुरुवात भै मे २८ तारिख आईतवार साँझ ६ बजेबाट टोकियोको नाकानो जेरो हलमा र निगातामा जुन ४ तारिख आईतवारका लागि तय गरिएको समाजका प्रवक्ता रबिन शर्माले जानकारी दिए ।

‘मंगलबार फुकुओकामा भएको उपस्थितिले कार्यक्रम सफल हुनेमा हामी विश्वस्त छौ।’ समाजका अध्यक्ष सुभाष लामिछाने लामिछानेले भने – पवित्र उदेश्यका साथ प्रवासमा गीत संगीतको संरक्षण संवर्द्धन र विकासमा टेवा पुर्याउनका लागि कार्यक्रम गरेका हौ । उनले भने भाने- नेपाली मौलिक संस्कृतिको प्रचार प्रसारसँगै जापान र नेपालको संस्कृति आदान प्रदानमा सहयोग पुर्‍याउनुका साथै गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरी पठनपाठनमा सघाउ पुर्याउन कार्यक्रम आयोजना गरिएकोले सबैको सहयोगको अपेक्षा गर्दछौ ।
जापानमा लोक,आधुनिक,पप संगीतलाई एउटै मञ्चबाट प्रस्तुत गर्न लागिएको पहिलो कार्यक्रमको रुपमा हामीले ‘‘रमाइलो म्युजिक एक्प्रेस’ ’लाई लिएका छौँ’ कार्यक्रमबारे प्रकाश पार्दै समाजका महासचिव राम बास्तोलाले भने भान-‘यो कार्यक्रमले पर्वतका कलाकारलाई साथै नेपाली कलाकारहरुलाई संसारभर रहने नेपालीहरुमाझ परिचित गराउने महत्वपूर्ण योगदान दिनेछ भने हामीबीच भाईचाराको भावना पनि जागृत गराउनेमा बिश्वास लिएको छु।’

कलाकारहरु कलाकारितामा मात्र नभएर सामाजिक उत्तरदायित्वमा समेत योगदान दिन सक्छन भन्ने कुरालाई पुष्टि गर्नका लागि यो कार्यक्रम सफल हुने विश्वास आफूहरूले लिएको समाजका उपाध्यक्ष मुक्तिराज रेग्मीले बताए ।

समाज स्थापनाको १४औँ वार्षिकोत्सवको अवसरमा समाजले यो कार्यक्रम ‘कलाकार समाजका आदर्श हुन’ भन्ने मुल मर्मलाई आत्मसात गर्दै गरिन लागिएको हो ।

कार्यक्रममा प्रवेश स- शुल्क गरिएको आयोजकले जनाएको छ । कार्यक्रमलाई जापानमा अग्रणी सामाजिक संस्था बाग्लुङ समाज जापान, मोना समाज जापान, स्याङ्जा समाज जापान, कास्की पोखरा समाज जापानले सह-आयोजकको रुपमा सहयोग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?