जापानलाई उछिनेर शीर्ष कार निर्यातकर्ता बन्यो चीन 

-


     जनहित न्युज    
     जेठ ६ गते २०८०


जापानलाई उछिनेर चीन विश्वको सबैभन्दा ठूलो कार निर्यातकर्ता बनेको छ। यो वर्षको पहिलो त्रैमासिकमा चीनले जापानलाई उछिनेको हो।

यसैसाता सरकारले सार्वजनिक गरेको आँकडाअनुसार यो वर्षको पहिलो तीन महिनामा चीनले १० लाख ७ हजार कार निर्यात गरेको छ। जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५८ प्रतिशतले बढी हो।

यही अवधिमा जापानले भने ९ लाख ५४ हजार कार निर्यात गरेको छ। एक वर्षअघिको भन्दा त्यो ६ प्रतिशत बढी हो।

चीनको निर्यातमा भएको यो ठूलो वृद्धिको कारण हो, विद्युतीय कारको बढ्दो माग र रुसमा बढेको बिक्री।

गत वर्ष मात्र चीन जर्मनीलाई उछिनेर विश्वको दोस्रो ठूलो कार निर्यातकर्ता बनेको थियो।

चीनको जेनरल एड्मिनिस्ट्रेसन अफ कस्टम्सका अनुसार २०२२ मा चीनले ३२ लाख वाहन निर्यात गर्‍यो। सो वर्ष जर्मनीले भने २६ लाख सवारी निर्यात गर्‍यो।

तेलबाट चल्ने गाडीको प्रयोग घटेर बिजुली गाडीको प्रयोग बढेसँगै चिनियाँ कार उद्योगको उदय भएको हो।

यो वर्षको सुरुवाती तीन महिनामा विद्युतीय कारको निर्यात अघिल्लो वर्षको तुलनामा ९० प्रतिशतले बढेको छ।

टेस्लाको चिनियाँ शाखा, एमजी ब्रान्डको मालिक एसएआईसी, र बीवाईडी चीनका प्रमुख विद्युतीय कार निर्यातकर्ता हुन्। बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?