जापान विशेष

जापानमा बन्दुक र चक्कु प्रहार गरी चार जनाको हत्या गरेको आरोपमा संदिग्ध नाकानो शहर सभाका अध्यक्ष छोरा पक्राउ

नागानो प्रिफेक्चरको एक नगर सभाका प्रमुखका छोरालाई आफ्नो बुबाको घरमा बसेर दुई प्रहरीसहित चार जनाकोमृत्युको आरोपमा शुक्रबार बिहान हिरासतमा लिइएको प्रहरीले जनाएको छ। नागानो शहरबाट करिब ३० किलोमिटर टाढा रहेको नाकानोको नगर सभाका सभामुख मासामिची आओकीका जेठा छोराभएको अनुमान गरिएको अनुसन्धान स्रोतले बताएको छ ।बन्दुक र चक्कु आक्रमणमा दुई प्रहरी अधिकारीसहित चार जनाको हत्या गरेपछि घरभित्रै बसेका थिए । घटना नजिकै भेटिएकी घाइते भनिएकी एक वृद्धाको पनि मृत्यु भएको पुष्टि भएको संगै मृत्यु हुनेको संख्या चार पुगेको हो । महिलालाई… पुरा पढौ

सेन्दाइको सडक दुर्घटनामा गुमाईएका ‘जेठो दाजु’ जस्तै युवराज र ‘कान्छो भाइ’ जस्तै नवराजलाई भने-“दुर्घटनामा मारिएका दुई साथी भन्दा दयालु कोही छैन”

रातिको कामका लागि हिडेका एक नेपाली विद्यार्थीले जीर्ण देखिने बसमा चढ्दा केही गडबड भएको महसुस गरे।चढिरहेको गाडी बिग्रिएपछि उनको मिल्ने साथीले गाडीको उक्त समस्या समाधान गर्न मद्दत गर्ने बताए।उनको साथी र बस चालकले गाडी चेक जाँचमा गरिरहेको बेला विस्फोट जस्तो भयानक आवाज आयो, आकाशबाट काँचका टुक्राहरू खसे, र बसमा सवार अन्य साथीहरू मानिसहरू रोइरहेका थिए र डरले चिच्याइरहेका थिए।२७ वर्षीय युवराज थापा र २१ वर्षीय नवराज तामाङ, जसलाई विद्यार्थीले आफ्ना “भाइहरू” मान्थे, मे १६ मा मियागी प्रान्तको कुरिहारामा तोहोकु एक्सप्रेसवेमा… पुरा पढौ

जापानमा सुरु भयो पर्वत समाज जापानको ‘रमाइलो म्युजिक एक्प्रेस’ सांगीतिक कार्यक्रम

पर्वत जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने उद्देश्यका साथ पर्वत समाज जापानद्वारा आयोजना गरिएको ‘रमाइलो म्युजिक एक्प्रेस’ सांगीतिक कार्यक्रम जापानका विभिन्न शहरहरूमा सोमबारदेखि सुरु भएका छन ।नेपालबाट आमन्त्रित चर्चित कलाकारहरु बिमलराज क्षेत्री, कुलेन्द्र बिश्वकर्मा, एलिना चौहान र सुस्मिता क्षेत्रीको प्रस्तुति रहने उक्त कार्यक्रम फुकुओकाबाट मंगलबारदेखि सुरुवात भै मे २८ तारिख आईतवार साँझ ६ बजेबाट टोकियोको नाकानो जेरो हलमा र निगातामा जुन ४ तारिख आईतवारका लागि तय गरिएको समाजका प्रवक्ता रबिन शर्माले जानकारी दिए । ‘मंगलबार फुकुओकामा भएको उपस्थितिले… पुरा पढौ

“प्रथम एनआरएनए जापान रनिंङ पुरुष भलिबल कप २०२३“ को उपाधि गलकोट स्पोर्ट्स क्लब टोकियो जापानले आफ्नो पोल्टामा पर्यो

“प्रथम एनआरएनए जापान रनिंङ पुरुष भलिबल कप २०२३“ प्रतियोगिताको उपाधि गलकोट स्पोर्ट्स क्लब टोकियो जापानले उचालेको छ ।एनआरएनए जापानको आयोजनामा सोमबार टोकियोको सिन्जुकु कस्मिक सेण्टरमा सम्पन्न प्रतियोगितामा एनवाईएससी जापानलाई सोझो २ सेटमा पराजित गर्दै क्लबले ३ लाख ५३ हजार ५३५ येन नगद, रनिङ कप, ट्रफी, मेडल र प्रमाण पत्र आफनो पोल्टामा पार्दा उप विजेतामा चित्त बुझाउन पुगेको एनवाईएससी जापानले २ लाख ५२ हजार ५२५ येन नगद मेडल र प्रमाण पत्र हात पारेको हो । ‘राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद’… पुरा पढौ

जापानको ओसाकाको समुद्री किनारामा फेला परेको शव बेपत्ता आरती खनालको रहेको पुष्टि

में ८ मा समुद्री किनारा नजिकै फेला परेको शव जापानको ओसाकाबाट मार्च १७ देखि हराइरहेकी नेपालको चितवनकी आरती खनालको नै रहेको पुष्टि भएको छ ।सोमबार ओसाका प्रहरीले एनआरएनए जापानलाई गराएको जानकारी अनुसार प्राप्त शवको अस्पतालद्वारा गरिएको डीएनए परिक्षणबाट बेपत्ता रहेकी खनालको नै शव रहेको पुष्टि भएको एनआरएनए जापानका महासचिव सिद्धार्थ श्रेष्ठले जानकारी दिए ।अप्रिल २१ मा खनालको कोठाबाट करिब २० किलोमिटर टाढा रहेको समुद्री किनारामा उनकै हुलियासंग मिल्ने शव फेला परेपछि प्रहरीले अनुसन्धानको घेरालाई साघुरो बनाउदै डीएनए परीक्षणका लागि अस्पतालमा… पुरा पढौ

जापान पठाउने भन्दै साढे २ करोड ठगी गर्ने अजयकुमार पक्राउ

कोटामा जापान जान पाउने प्रलोभनमा ३६ जना ठगिएको घटना सार्वजनिक भएको छ।उनीहरूबाट दुई करोड ५३ लाख ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। वैदेशिक रोजगारीका लागि जापान पठाउने भन्दै सर्वसाधरणबाट दुई करोड ५३ लाख भन्दा बढी रकम ठगी गरेको आरोपमा मोरङको सुनवर्षी नगरपालिका– ६ का ३७ वर्षीय अजयकुमार राजवंशी पक्राउ परेका छन् । उनीविरुद्ध मोरङ र झापाका ३६ जना युवाले ठगी आरोपमा उजुरी दिएका थिए । जिल्ला प्रहरी कायर्यालय मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार ३६ जनाबाट २… पुरा पढौ

जापानलाई उछिनेर शीर्ष कार निर्यातकर्ता बन्यो चीन 

जापानलाई उछिनेर चीन विश्वको सबैभन्दा ठूलो कार निर्यातकर्ता बनेको छ। यो वर्षको पहिलो त्रैमासिकमा चीनले जापानलाई उछिनेको हो। यसैसाता सरकारले सार्वजनिक गरेको आँकडाअनुसार यो वर्षको पहिलो तीन महिनामा चीनले १० लाख ७ हजार कार निर्यात गरेको छ। जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५८ प्रतिशतले बढी हो। यही अवधिमा जापानले भने ९ लाख ५४ हजार कार निर्यात गरेको छ। एक वर्षअघिको भन्दा त्यो ६ प्रतिशत बढी हो। चीनको निर्यातमा भएको यो ठूलो वृद्धिको कारण हो, विद्युतीय कारको बढ्दो माग र… पुरा पढौ

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि जी-सेभेन सम्मेलनमा व्यक्तिगत रूपमा सहभागी हुने

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि जी-सेभेन सम्मेलनमा व्यक्तिगत रूपमा सहभागी हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले व्यक्तिगतरुपमा जापानमा हुने ग्रुप अफ सेभेन (जी-सेभेन) को सम्मेलनमा सहभागी हुने भएका हुन । सीएनएनले युक्रेनी श्रोतलाई उदृत गर्दै जेलेन्स्की व्यक्तिगतरुपमा जी-७ को सम्मेलनमा सहभागी हुन लागेको जनाएको छ । जी-७ देशहरु क्यानाडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिकाको सम्मेलन जापानमा मे १९ देखि २१ तारिखसम्म आयोजना हुँदैछ । उक्त सम्मेलनका लागि जापानी प्रधानमन्त्री फुमियो किसिडाले युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई… पुरा पढौ

जी ७ सम्मेलनमा सहभागी हुन विश्वका शीर्षस्थ नेताहरु हिरोसिमा पुगे

अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायतका प्रधानमन्त्री ऋषि सुनक र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रों शुक्रबार जापानको हिरोसिमा पीस मेमोरियल पार्क पुगेका छन् । जापानी प्रधानमन्त्री फुमियो किशिदाले उनीहरूलाई हिरोसिमा शान्ति स्मृति उद्यान (हिरोसिमा पीस मेमोरियल पार्कमा) स्वागत गरेका छन् । हिरोसिमा पीस मेमोरियल पार्कको भ्रमणका लागि अमेरिकी राष्ट्रपति जो बाइडेन उनकी पत्नी जिल बाइडेनसँगै छन् । त्यसैगरी, बेलायतका प्रधानमन्त्री ऋषि सुनकले आफ्नी पत्नी अक्षता मूर्तिसँग हिरोसिमा पीस मेमोरियल पार्कको भ्रमण गर्दैछन् । हिरोसिमा पीस मेमोरियल पार्क (गेनबाकु डोम) सन् १९४५ अगस्ट… पुरा पढौ

चितवन समाज जापानको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा ईश्वरी कँडेल र महासचिबमा कविकिरण न्यौपाने निर्वाचित

टोकियो- चितवन समाज जापानको चौथों अधिवेशन सम्पन्न भएको छ । टोकियोमा बुधबार सम्पन्न चौथो अधिवेशनले अध्यक्षमा ईश्वरी कँडेल सर्वसहमत निर्वाचित गरेको छ । चितवनबाट जापान आएर रोजगार, व्यावसाय, अध्ययन लगायत बिभिन्न पेशा गरि रहेका चितवनबासीको संस्थाको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा टंक गैरे, उपाध्यक्षमा रामु खरेल, अनिल पौडेल र प्रदिप खरेल महासचिवमा कविकिरण न्यौपाने, सचिवमा विनोदकुमार सापकोटा र अनुपराज कंडेल, कोषाध्यक्षमा धिरन कंडेल र सह कोषाध्यक्षमा मनीषा प्रधान सर्वसहमत रूपमा निर्वाचित भएको निर्वाचन समितिका सदस्य तुलसीराम खरेलले जानकारी दिए । निर्वाचन समितिका… पुरा पढौ