रमाइलो म्यूजिक एक्सप्रेसको तयारी पुरा, भोलि नाकानोमा सांगीतिक कन्सर्ट हुँदै

-


     जनहित न्युज    
     जेठ १३ गते २०८०


टोकियोमा आईतबार आयोजना हुने लोकगीत र आधुनीक गीतका लोकप्रिय कलाकारहरुको विशेष सांगीतिक प्रस्तुति रहने रमाइलो म्यूजिक एक्सप्रेस कार्यक्रमको तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ ।

चर्चित तथा लोकप्रिय कलाकार बिमलराज क्षेत्री, कुलेन्द्र विश्वकर्मा, गायिका एलिना चौहान र सुस्मिता क्षेत्रीले आईतबार साँझ ६ बजेबाट सुरु हुने रमाइलो म्यूजिक एक्सप्रेसमा आफ्नो प्रस्तुति दिनेछन ।

आयोजक पर्वत समाज जापानका महासचिव राम प्रसाद बास्तोलाका अनुसार रमाइलो म्यूजिक एक्सप्रेस कार्यक्रममा लोकदोहोरी स्रष्टाहरूलाई गरिनका लागि आवश्यक व्यवस्थापनसहित कार्यक्रमको प्रचारप्रसार, म्यूजिक तथा अन्य आवश्यक व्यवस्थापनका काम सकिएको छ ।

कार्यक्रमको लागि हालसम्म १ सय ५० बढि टिकट विक्रि भइसकेको तथा करिव ५० वटा टिकट कार्यक्रम स्थलमा लिनेगरि बुकिगं आएको आयोजकले जनाएको छ । धेरै व्यक्तिहरुले टिकट बुकिगं नगराइ कार्यक्रम स्थलमानै आएर टिकट लिने जानकारी गराएकाले कार्यक्रम स्थल हाउसफुल हुने सम्भावना रहेको आयोजकको भनाई छ ।

सांगीतिक कार्यक्रममा लोकदोहोरी सम्मान स्वरुप जापानबाट नेपाली लोक तथा दोहोरी गीत, गायन तथा सृजनामा योगदान पुर्याउँदै आएका तीन जना श्रष्टालाई सम्मान गरिन लागिएको पर्वत समाज जापानका प्रवक्ता रविन शर्माले जानकारी दिए ।
यसरी सम्मानित गरिन लागेकाहरुमा गायक तथा सर्जक रामकृष्णबम मल्ल, लोक दोहोरी गायक तथा सर्जकद्धय युवराज आचार्य र सुर्य खड्का रहेका प्रवक्ता शर्माले बताए । उनीहरूलाई पर्वत समाज जापान लोक दोहोरी गीत संगित सम्मान २०८० बाट सम्मानित गरिने शर्माको बताए ।

कार्यक्रम आयोजनामा जापानमा रहेका व्यवसायी, संघसंस्थाका पदाधिकारीहरु सहित समाजसेवी लगायत सवैवाट अपेक्षा गरे अनुसार राम्रो साथ, सहयोग र समर्थन पाएको बताउँदै आयोजक संस्था पर्वत समाज जापानका अध्यक्ष सुभास लामिछानेले कार्यक्रम भव्य रुपमा सम्पन्न हुने विश्वास व्यक्त गरे । “कार्यक्रमको सम्पूर्ण तयारी पुरा भइसकेको छ, कलाकारहरु एक हप्ता पहिलेनै जापान आइसक्नुभएको छ, प्रचारप्रसार सहित टिकट विक्री समेत भइसकेको र जापानमै पहिलो पटक लोकदोहोरी विशेष सम्मान गर्न लागेका छौं” अध्यक्ष लामिछानेले भने- “कार्यक्रम तोकिएकै समयमा सुरु हुने भएकाले सबैलाई समयमै उपस्थित भइदिनुहुन निमन्त्रणा सहित अनुरोध गर्दछु ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?