युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि जी-सेभेन सम्मेलनमा व्यक्तिगत रूपमा सहभागी हुने

-


     जनहित न्युज    
     जेठ ६ गते २०८०


युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि जी-सेभेन सम्मेलनमा व्यक्तिगत रूपमा सहभागी हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले व्यक्तिगतरुपमा जापानमा हुने ग्रुप अफ सेभेन (जी-सेभेन) को सम्मेलनमा सहभागी हुने भएका हुन । सीएनएनले युक्रेनी श्रोतलाई उदृत गर्दै जेलेन्स्की व्यक्तिगतरुपमा जी-७ को सम्मेलनमा सहभागी हुन लागेको जनाएको छ ।

जी-७ देशहरु क्यानाडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिकाको सम्मेलन जापानमा मे १९ देखि २१ तारिखसम्म आयोजना हुँदैछ ।

उक्त सम्मेलनका लागि जापानी प्रधानमन्त्री फुमियो किसिडाले युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई निम्तो गरेका थिए । जापानी विदेश मन्त्रालयले भने जेलेन्स्की भिडियो कन्फ्रेन्समार्फत सम्मेलनमा सहभागी हुने जनाएको थियो ।

तीनदिने सम्मेलनका क्रममा युक्रेनमा जारी रुसको आक्रमणलाई लिएर छलफल हुने तथा रुसमाथि थप प्रतिबन्ध लगाइनेबारे छलफल हुने बताइएको छ ।

जी–७ सम्मेलनको मुख्य एजेन्डाका रूपमा युक्रेन मामिला रहेको छ । सम्मेलनमार्फत अमेरिकाले रुसमाथि प्रतिबन्धहरू बढाउँदैछ र बेलायतले रूसी हीरामाथि प्रतिबन्ध लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?