जापान विशेष

एनआरएनए जापान चिबा क्षेत्रीय समितिको सम्पन्न अधिवेशनबाट समिर खड्का संयोजकत्वमा निर्वाचित

एनआरएनए जापानको राष्ट्रिय समन्वय परिषद्को अधिवेशन नजिकिएसंगै क्षेत्रीय समितिका अधिवेशनबाट नया कार्यसमिति आउने क्रम जारी रहेको छ ।एनआरएनए जापान अन्तरगतका १२ वटा क्षेत्रीय समिति मध्यको शनिबार सम्पन्न चिवा क्षेत्रीय समितिको अधिवेशनले समिर खड्काको संयोजकत्वमा आगामी कार्यकाल २०२३-२५ को लागि नया कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ ।सम्पन्न तेस्रो अधिवेशनबाट उप सयोजकमा शंकर सुवेदी, रमेश गिरी र टेकराज सोम थापालाई चयन गरिएको निर्वाचन समितिले जनाएको छ । सम्पूर्ण पदमा सर्वसम्मत नेतृत्व चयन भएकोमा सचिवमा मोहन कार्की, सहसचिवमा यमलाल कंडेल र मनिष… पुरा पढौ

एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष नविन निउरेले अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै

टोकियो । गैरआवासीय नेपाली संघ एनआरएनए जापानको अध्यक्षमा नविन निउरेले उम्मेदवारी दिने भएका छन् । वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष रहेका निउरेले एनआरएनए जापानको २०२३–२५ को कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिने भएका हुन् । निउरेले आइतबार नेवा डाइनिङ रेस्टुरेन्ट ओकुबोमा पत्रकार सम्मेलन गरी ‘इमानदारिता, पारदर्शितासहितको रुपान्तरण, प्रविधिमैत्री एनआरएनए जापान’ भन्ने नारासहित एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लागेका हुन् । संस्थागत विकास र जवाफदेही नेतृत्वको संकल्प र प्रतिबद्धतासहित यसपटक एनआरएनए जापानको अध्यक्षमा आफूले उम्मेदवारी दिन लागेको निउरेले जानकारी दिए । निउरेले कोरोना… पुरा पढौ

जापानमा निर्माणाधीन पुलको गर्डर खसेर २ मृत्यु, ६ जना घाइते

बिहीबार बिहान मध्य जापानको सिजुओका सहरको शिमिजु वार्डमा रहेको राष्ट्रिय राजमार्गको ‘सेसेई बाइपास’ निर्माणस्थलमा निर्माणाधीन एलिभेटेड रोडको पुलको गर्डर खसेर भएको दुर्घटनामा २ जना कामदारको मृत्यु भएको छ । गर्डरबाट ९ मिटर तल खसेर ५३ वर्षीय हिसाओ मुरोता र ५१ वर्षीय कानामे मैदाको मृत्यु भएको पुष्टि भएको छ । छ जना गम्भीर घाइतेहरू ३० देखि ७० वर्ष उमेरका पुरुषहरू रहेको अग्नि विभागले जनाएको छ ।करिब ३० जना कामदारहरूले निर्माण गरिरहेका बहु-स्तरीय बाइपासमा बिहान ३ः०० बजे भएको घटनामा करिब १ सय… पुरा पढौ

जापानले फुकुसिमाको रेडियोधर्मी पानी समुन्द्रमा छोड्ने अनुमति पाएसंगै हामी कत्तिको चिन्तित हुनुपर्छ?

जापानले मंगलबार अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)बाट रेडियोधर्मी पदार्थ मिसिएको (रेडियोएक्टिभ) पानी समुद्रमा छोड्ने अनुमति पाएको छ । जापानको ओकुमा सहरमा अहिले कामविहीन भइसकेको ‘फुकुसिमा दाइची आणविक ऊर्जा प्लान्ट’ सन् २०११ को मार्च ११ मा आएको भूकम्प र सुनामीका कारण दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनामा प्लान्टबाट ठूलो मात्रामा रेडियोएक्टिभ पदार्थ बाहिरिएको थियो र यसले मानिसका लागि संकट सिर्जना गरेको थियो । सुनामी ठोक्किएपछि चिस्यान प्रणाली बिग्रिएको थियो र फलस्वरुप आणविक प्लान्टका रिएक्टरहरू पग्लिएका थिए । यसले आणविक (न्युक्लियर) दुर्घटना… पुरा पढौ

चितवन समाज जापानले जुलाई १७ मा बार्बेक्यु कार्यक्रम गर्ने

चितवन समाज जापानले बार्बेक्यु कार्यक्रमको आयोजना गर्ने भएको छ ।चितवनबाट जापानमा आई विभिन्न पेशा, व्यवसाय,अध्ययन र रोज़गारी गरिरहेका र जापानबासी नेपाली समुदायका बिचमा भाइचारा, आत्मियता र आपसी सम्बन्धलाई प्रगाढ़ बनाउन बनाउनका लागि सो कार्यक्रम गर्न लागिएको समाजका वरिष्ठ उपाध्यक्ष टंक गैरेले जानकारी दिए ।सामाजिक सेवामा क्रियाशील रहदै आएको समाजले जापानमा रहेका नेपाली समुदायमार्फत समृद्धि चितवन निर्माणमा आफ्नो भूमिकालाई क्रियाशील बनाउनका लागि बार्बेक्यु कार्यक्रमले सकारात्मक भूमिका निर्वाह गर्ने समाजका अध्यक्ष ईश्वरी कंडेलले बताए ।जुलाई १७ तारिकका दिन जापानको कासाई रिन्काइ पार्कमा… पुरा पढौ

जापानमा जग्गाको मूल्य लगातार दोस्रो वर्ष पनि बढ्यो, जापानमै सबैभन्दा महँगो जग्गा टोकियोको गिन्जा सपिङ सेण्टर र चुओ-दोरी वरिपरि

जापानमा जग्गाको मूल्य एक वर्ष अघिको तुलनामा औसतमा १.५ प्रतिशतले बढेको जुलाई ३ मा जारी गरिएको सरकारी तथ्याङ्कले देखाएको छ ।कोभिड–१९ को महामारीबाट अर्थतन्त्रमा सुधार आएसँगै जग्गाको मूल्य बढ्दै गएपछि सहरबाट अन्य ग्रामीण क्षेत्रमा जान थालेसंगै जग्गाको मूल्यमा वृद्धि भएको हो ।देशव्यापी रूपमा २०२० सम्म लगातार पाँच वर्षसम्म बढेको जग्गाको मूल्य कोभिड-१९ को महामारीका कारण २०२१ मा ०.५ प्रतिशतले घटेको थियो।२०२२ मा आउदा औसत ०.५ प्रतिशत बृद्धिको साथ रिबाउन्ड भएको कारोबारसहितको मूल्य यस वर्षको वृद्धि दर यो भन्दा बढी छ।जापानका… पुरा पढौ

टोकियोको सिम्बासीमा विस्फोट हुँदा ४ जना घाइते

जापानको राजधानी टोकियोको शिम्बाशी नजिकै सोमबार दिउँसो भएको विस्फोटमा परी चार जना घाइते भएका छन् । स्थानीय प्रहरी विभागका अनुसार स्थानीय समयअनुसार अपराह्न ३ः१५ बजे जेआर शिम्बाशी स्टेसनबाट करिब ३०० मिटरको दूरीमा रहेको आठ तले भवनमा विस्फोटपछि आगलागी भएको थियो । टोकियो नगर प्रहरी विभागका अनुसार विस्फोटमा परी चार जना सामान्य घाइते भएका छन् । जसमध्ये दुई जना पैदल यात्री र दुई जना रेष्टुरेन्टका कर्मचारी रहेका छन् । विस्फोट हुँदा घटनास्थलबाट निकै टाढासम्म विस्फोटको आवाज सुनिएको र त्यसपछि भवनको दोस्रो… पुरा पढौ

सुदूरपश्चिमेली समाज जापानको अधिवेशन सम्पन्न, विकास रोकाया अध्यक्षमा सर्वसम्मत निर्वाचित

सुदूरपश्चिमेली समाज जापानको सातौ अधिवेशन आइतबार टोकियोमा सम्पन्न्न भयो ।अधिवेशनले बिकास कुमार रोकायालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ । रोकायाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमितिको गठन गरिएको छ ।नयाँ गठित कार्यसमितिको उपाध्यक्षमा इश्वर खड्का महासचिबमा दिनेश अधिकारी र कोषाध्यक्षमा सुमित रोकाय सर्वसम्मत निर्वाचित भएका छन ।त्यसैगरी समितिको सदस्यहरुमा प्रमिला बोहरा ,दिनेस बम,देवराज रेग्मी र जगत प्रशाद जोशीलाई चयन गरिएको छ । समाजका निबर्तमान अध्यक्ष पदमसिङ ठगुन्नाले सुदूरपश्चिमेली समाजले जापानका अरु नेपाली संघ संस्था सँग हातेमालो गर्दै सामाजिक अभियानमा अगाडि बढ्नुपर्ने धारणा… पुरा पढौ

जापानको हानेदा एअरपोर्टमा कार्यरत मोरङकी कविता राजवंशी कोठामा मृत फेला परिन

विद्यार्थी भिषामा जापान आएर हाल कम्पनीमा कार्यरत मोरङ जिल्लाको बेलबारी नगरपालिका वार्ड नम्बर ९ डांगीहाट स्थायी घर रहेकी कविता राजवंशीको हालै निधन भएको छ । जापानको टोकियोको ओमोरीमा बस्दै आएकी राजवंशी हानेदा इण्टरनेशनल एयरपोर्टको इण्टरनेशनल टर्मिलनमा कार्यरत उनी जुलाई २८ देखी देखि सम्पर्क बिहिन भएपछि खोजतालास गर्ने क्रममा कोठामा मृत अवस्थामा फेला पारिएको बताइएको छ ।मृतक राजवंशी सम्पर्क बिहिन भएपछि उनी कार्यरत कम्पनीसहितले प्रहरीको सहयोगमा कोठाको झ्याल फुटाएर हेर्दा झुण्डिएको अवस्थामा फेला परेको संगै काम गर्ने बालामी थरकी साथीले जानकारी… पुरा पढौ

एनआरएनए जापान तोचिगी क्षेत्रीय समितिको चौथो अधिवेशन सम्पन्न, संयोजकमा सन्तोष घिमिरे सर्वसम्मत रूपमा चयन

एनआरएनए जापान तोचिगी क्षेत्रीय समितिको चौथो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले आगामी २०२३-२०२५ कार्यकालको लागि सन्तोष घिमिरेको संयोजकत्वमा सर्वसम्मत रूपमा नया नेतृत्व चयन गरेको छ। शनिबार सम्पन्न अधिवेशनले उपसंयोजकमा ओम गुरुङ, सोनम शेर्पा र शम्भु थापा सचिबमा अनिल कुमार बोहोरा, सहसचिबमा विष्णु राज पाठक र यमयस ठकुरी, कोषाध्यक्ष सुमन दुलाल र सह-कोषाध्यक्षमा रोहित मदन भण्डारीलाई चयन गरिएको निर्बाचन समितिका संयोजक विकाश बस्नेत जानकारी दिए ।संयोजक बस्नेतका अनुसार नवनिर्वाचित युवा संयोजकमा मान पुन मगर र सदस्यहरुमा लाक्पा शर्पा, सन्जय लम्साल… पुरा पढौ