जेआर वेस्टका अनुसार पश्चिमी जापानमा भारी वर्षाका कारण आइतवार हिरोसिमा र हाकाता स्टेशनहरू बीचको सान्यो शिन्कान्सेन चल्न बन्द भएको थियो।
बिहान लगभग ८:३० बजेबाट चल्न बन्द भएको रेलहरू चाँडैमा १ बजे पुन: सुरु हुने अपेक्षा गरिएको रेलवे कम्पनीले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।
जापान मौसम विज्ञान निकाय (जेएमए) ले यामागुची प्रिफेक्चर र छिमेकी प्रान्तहरूमा पहिरो र बाढीबाट सजग रहन आह्वान गरेको छ । मौसमी वर्षाको अग्रपंक्तिका रहेका यी प्रान्तहरूमा आगामी हप्ताको सुरुसम्म देशको पश्चिमी र पूर्वी भागहरूमा भारी वर्षा हुने सम्भावना छ।
यामागुची प्रिफेक्चरको शिमोनोसेकी सहरमा आइतबार बिहान प्रति घण्टा ५५ मिलिमिटर वर्षा भएको थियो।