जापानको सेन्दाइमा रहेको जापानी भाषा पढाउने विद्यालयको इजाजत अध्यागमन एजेन्सी खोस्यो 

-


     जनहित न्युज    
     असार २७ गते २०८०


जापानमा रहेको एक जापानी भाषा पढाउने विद्यालयले वर्किंङ भिषा पाउने चरणमा पुगेका विदेशी विद्यार्थीलाई रोकेर ट्युशन फि तिर्न वाध्य पारेको भन्दै अध्यागमन सेवाले इजाजत पत्र खोसेको छ ।
सेन्दाइमा रहेको मिराई नो मोरी गाकुइनले आफ्नो भाषा अध्ययन पश्चात् वर्किङका लागि जाने तयारीमा रहेका भियतनामी पाँच विद्यार्थीलाई उक्त अनुमति नदिइ ट्युशन शुल्क तिर्न वाध्य पार्ने कार्य मानव अधिकारको उल्लङ्घन भएको ठहर गर्दै अध्यागमन सेवाले जुलाई १० मा आगामी पाँच वर्षको लागि जापानी भाषा पाठ्यक्रममा नयाँ विद्यार्थीहरू स्वीकार गर्न नपाउने गरि प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

विद्यालयको उक्त निर्णय अव्यावहारिक भएको भन्दै एजेन्सीले विरोधसहित इजाजतपत्र रद्द गर्नु जायज भएको बताएको छ ।
एजेन्सीका अनुसार विद्यालयले सन् २०१७ देखि २०२१ सम्म पाँच भियतनामी विद्यार्थीलाई वर्किङ भिसाका लागि आवेदन दिनबाट रोक्न खोजेको थियो।
विद्यालयका अध्यक्ष र कर्मचारीहरूले विद्यार्थीहरूलाई ठूलो आर्थिक जरिवानाको धम्की दिने र भिसा आवेदनका लागि आवश्यक कागजातहरू उपलब्ध गराउन अस्वीकार गर्ने गरेको अनुसन्धानका क्रममा पाइएको अध्यागमन सेवाले जनाएको छ ।
जापानमा काम गर्न चाहने धेरै व्यक्तिहरू विद्यार्थी भिसामा जापान आउने गर्दछन आउँछन । उनीहरूलाई विद्यार्थी रहेको अवस्थामा सीमित घण्टा मात्र काम गर्न अनुमति दिने गरेको छ। उनीहरूले काम गर्ने भिसा पाएपछि प्राय: आफ्नो विद्यालय छोड्ने गर्दछन।
मिराई नो मोरी गाकुएनले विद्यार्थीहरूलाई वर्किङ भिसा प्राप्त गर्नबाट रोक्ने प्रयास गर्ने देखि लिएर वर्किङ भिषा प्राप्त गर्नेहरूलाई दण्डित गरेको पाइएको अध्यागमन सेवाले उल्लेख गरेको छ ।
एजेन्सीका अनुसार उक्त विद्यालयले वर्किङ भिसा प्राप्त गरेका विद्यार्थीहरूलाई भविष्यको विश्वविद्यालय भर्नासँग सम्बन्धित लागतहरूको रूपमा भुक्तान गरिएको निक्षेपहरू फिर्ता गर्न समेत अस्वीकार गर्ने गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?