जापान विशेष

एनआरएनए जापान कान्तो क्षेत्रीय समितिको अधिवेशन सम्पन्न संयोजकमा सागर कार्की निर्वाचित

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापान कान्तो क्षेत्रीय समितिको संयोजकमा सागर कार्की निर्विरोध निर्वाचित भएका छन ।आइतबार टोकियोको शिन ओकूबोमा सम्पन्न समितिको आठौ अधिवेशनबाट आगामी कार्यकाल २०२३ -२०२५ को लागि संयोजकमा कार्की र उप संयोजकमा दिपक सुवेदी विप्लव, केशबहादुर खत्री सुरज र अर्जुन तिवारी र महिला संयोजकमा ईश्वरी अर्याल निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक विजेश थकालीले जानकारी दिए ।संयोजक थकालीका अनुसार सहमतिका लागि अधिकतम प्रयासका बाबुजुद निर्विरोध निर्वाचित हुने समितिको सचिवमा वासुदेव पन्त, सह सचिबमा गोम बुढाथोकी… पुरा पढौ

एनआरएनए जापानका क्षेत्रीय अधिवेशन, निर्वाचन र हामीले दिन खोजेको सन्देश के यहि हो त ? 

सामाजिक सद्भाव र सहयोग लेनदेनमा सहजताका लागि नेपाली समुदायलाई संगठित गरि नेपाली भावनालाई जगाई राख्न र भाईचारको सम्बन्धलाई प्रगाढ़ बनाउने पवित्र उद्देश्यसहित स्थापना भएका एनआरएनए र नेपाली समुदायको नजिकको साथीका रूपमा एनआरएनएको अभियानलाई प्रतिनिधित्व गर्नका लागि क्षेत्रीय समितिको स्थापना र क्रियाशीलता हुनुपर्ने हो ।तर जापान लगायत विश्वका जुनसुकै मूलुकमा स्थापना भएका एनआरएनए क्षेत्रीय समितिले उक्त भावनालाई प्रतिनिधित्व गर्न सकेका छैनन भन्ने कुराको सामान्य उदाहरण हाल जापानमा भैरहेका क्षेत्रीय समितिका अधिवेशन र त्यसबाट आउने आगामी नेतृत्वका लागि भएको छिनाझपटीले पुष्टि गरेको… पुरा पढौ

जापानमा कोभिड-१९ लाई डाउनग्रेड गरेपछि संक्रमण ३ गुणा बढ्यो, गर्मीमा थप वृद्धि हुने विशेषज्ञको चेतावनी 

नोबेल कोरोनाभाइरसको संक्रमण बिस्तारै देशभर फैलिदै जाँदा विज्ञहरूले गर्मीमा संक्रमणको सम्भावित बृद्धिको बारेमा चेतावनी दिइरहेका छन्।जापानका देशव्यापी ५००० प्रिफेक्टोरियल रूपमा तोकिएका मेडिकल संस्थाहरूको रिपोर्टहरूका अनुसार कोभिड-१९ भाइरसले गर्दा हुने रोग संक्रामक रोग कानून अन्तर्गत श्रेणी ५ मा डाउनग्रेड गरिएपछि संक्रमितको संख्या तीन गुणा बढेको छ।विशेष गरी ओकिनावा प्रिफेक्चरमा तीव्र रूपमा संक्रमण बढेको छ ।अधिकारीहरूका अनुसार त्यहा प्रति चिकित्सा संस्थामा २८.७८ संक्रमित बिरामीहरू दर्ता भएका छन । यो संख्या यस वर्षको सुरुमा भाइरसको ८ औं लहरको समयमा देखिएको स्तरको नजिक छ।… पुरा पढौ

२० वर्षपछि पहिलो पटक जापानले जुलाई २०२४ मा नयाँ नोट जारी गर्ने

जापानले २००४ पछिको पहिलो पटक आगामी वर्षको जुलाईमा नयाँ बैंक नोट जारी गर्ने भएको छ ।"जापानी पुँजीवादका पिता" भनेर चिनिने इइची शिबुसावाको १०,००० येन, ५,००० येनको नोटमा महिलाको उच्च शिक्षाको अग्रगामी शिक्षाविद् उमेको सुदा, र १,००० येनको नोटमा तितानसको सीरम थेरापी विकास गर्ने माइक्रोबायोलोजिस्ट शिबासाबुरो कितासातोको तस्वीर अंकित नयाँ नोटजारी गर्न लागिएको सरकारी अधिकारीले जनाएका छन ।तीनवटा बैंकनोटको पछाडिको भागमा क्रमशः टोकियो स्टेसन भवन, विस्टेरिया र माउन्ट फुजीमा ukiyo-e कलाकार कात्सुशिका होकुसाईले बनाएको कामको तस्विर राखिने छ । जालीनोट रोक्नका… पुरा पढौ

जापानमा ताप्लेजुङका १९ वर्षीय बचन केदेम लिम्बुको हृदयघातबाट निधन

जापानको नागोयामा एक नेपाली विद्यार्थीको हृदयघातबाट निधन भएको छ ।ताप्लेजुङ सांथाक्रा स्थायी घर भै हाल नागोयाको नाकामुरा वार्ड स्थित Aeiou जापानी भाषा विद्यालयमा अध्ययनरत १९ वर्षीय बचन क़ेदेम लिम्बुको शुक्रवार बिहान हृदयघातबाट निधन भएको अस्पतालले जानकारी दिएको एनआरएनएका आइसीसी सदस्य दिपक कार्कीले जानकारी दिए ।“४ महिना अघिमात्र जापान आएका लिम्बु शुक्रबार छात्रवास (होस्टेल)बाट विधालय जाने क्रममा ट्रेन स्टेशन नजिक एक्कासी ढलेका थिए” कार्कीले आफ्नो सामाजिक संजालमा उल्लेख गरेका छन-तत्काल उनलाई उद्धार गरेर मिनातोकु स्थित चुवु रोसाई अस्पताल लगिएको थियो, अस्पतालका… पुरा पढौ

विश्वमै पहिलो पटक ओज भाइरसको संक्रमणले जापानमा एक महिलाको मृत्यु

टोकियोको उत्तरपूर्वी इबाराकी प्रिफेक्चरमा ७० वर्षकी एक महिलाको ओज भाइरसको संक्रमणले मृत्यु भएको छ ।टिक-ब्रोन संक्रमणबाट विश्वकै पहिलो मृत्यु भनिएको यो भाइरस सन् २०१८ मा जापानमा फेला परेको थियो । मानवमा जंगली जनावरहरूबाट संक्रमित भएको हुन सक्ने बताइएपनि अहिलेसम्म अन्य कुनै व्यक्तिमा यसको संक्रमण पुष्टि नभएको अधिकारीहरूले बताएका छन । प्रीफेक्चरल सरकार र स्वास्थ्य मन्त्रालयका अनुसार ती महिला ज्वरो र थकान लगायतका लक्षणहरू बढ्दै गएपछि २०२२ को गर्मीमा एक स्वास्थ्य संस्थामा गएकी थिइन। सुरुमा उनलाई निमोनिया भएको पत्ता लागेको थियो,… पुरा पढौ

ओसाकाको मिनोहका एक ८७ वर्षीय व्यक्तिले एम्बुलेन्स किन्न २९ किलो सुन दान गरे

पश्चिमी जापानको ओसाका प्रिफेक्चरका एक ८७ वर्षीय नाकाजिमाले आफू लामो समयदेखि बसेको सहरलाई २९ किलोग्राम सुन दान गरेका छन् ।गत महिना उनले शहरलाई आफ्नो सम्पत्ति दान दिए र पैसा एम्बुलेन्स किन्न र स्थानीय पर्यटन प्रवर्द्धन गर्न प्रयोग गर्न आग्रह गरेका थिए । उनले सहरलाई दिएको २९ किलो सुन र एक किलो प्लेटिनमको मूल्य करिब २० लाख डलर बराबरको रहेको जापानी सञ्चारमाध्यमले जनाएका छन ।नाकाशिमा नात्सुओले सन् १९६० को मध्यमा मिनो शहरमा बीफ रेस्टुरेन्ट खोले र ५० वर्षभन्दा बढी समयसम्म चलाएका… पुरा पढौ

गलकोट समाज जापान क्षेत्रीय समिति कान्तोले सेप्टेम्बर १८ मा ‘तिज धमाका २०२३’ आयोजना गर्ने

गलकोट समाज जापान क्षेत्रीय समिति कान्तोले नेपाली नारीहरुको पर्व हरितालिका तिजको अबसरमा ‘तिज धमाका २०२३’ आयोजना गर्ने भएको छ।हरेक वर्ष आयोजना गर्दै आएको ‘तिज धमाका’ यस वर्ष पनि नेपालबाट आमन्त्रित लोक दोहोरी क्षेत्रका ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने गरि मनाउन लागिएको समितिका अध्यक्ष राजु बस्नेतले जानकारी दिए।चाडपर्वको अवरसरमा आयोजना गरिने कार्यक्रमले प्रवासमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुका बिचमा आपसी भाईचारा, सद्भाव र एकता क़ायम गर्नुको साथै कला र संस्कृतिको संरक्षण तथा नया पुस्तामा नेपाली सस्कृति पुस्तान्तरण गर्न… पुरा पढौ

जापानमा कास्कीका ४४ वर्षीय अजय गुरूङको मृत्यु

जापानको खानागावाकेनको योकोहामामा परिवारसंगै बस्दै आएका एक नेपालीको मृत्यु भएको छ ।नेपालको कास्की जिल्ला पोखरा महानगरपालिका वार्ड न.२२ पुम्दिभुङ्दी स्थायी घर रहेका ४४ वर्षीय अजय गुरुङको बुधबार साँझ मृत्यु भएको विनय गुरुङले जानकारी दिएका छन ।श्रीमतीको डिपेण्डेंट भिसामा ११ वर्षीय छोरासहित १० वर्षदेखि जापानमा रहदै आएका उनी बुधबार आफ्नो नियमित काममा जादै गर्दा असहज भै घर फर्किएको र साँझ श्रीमतीसंग कुरा भै श्रीमति घरमा आउदा अचेत अवस्थामा फेला परि अस्पताल ल्यैजादा उनी मृत रहेको अस्पतालले जनाएको विनयले बताएका छन । पुरा पढौ

जापान लैंगिक समानताका सन्दर्भमा अत्यन्त कमजोर, ग्लोबल जेण्डर ग्याप र्‍याङ्किङमा १२५ औं स्थानमा

राजनीति र आर्थिक गतिविधिहरूमा महिला प्रतिनिधित्व बढाउन असफल हुँदा जापान यस वर्ष विश्वव्यापी लैङ्गिक समानता र्याङ्किङमा कीर्तिमानी पुछारबाट १२५ औं स्थानमा परेको छ।डब्ल्यूईएफले सन् २००६ मा प्रतिवेदन जारी गर्न थाले यताको यस वर्षका लागि विश्व आर्थिक मञ्चको जेन्डर ग्याप रिपोर्ट जुन २१ मा सार्वजनिक भएको १४६ देशहरूमध्ये जापानको वरियतामा गत वर्षको तुलनामा नौ अंकले अझै तल झरेको हो । वार्षिक प्रतिवेदनले १४६ देशमा शिक्षा, स्वास्थ्य, राजनीति र अर्थतन्त्रमा लैङ्गिक समानतामा भएको प्रगतिको विश्लेषण गरेको सो र्याङ्किङ सार्वजनिक गर्ने गरेको छ… पुरा पढौ