
जापानको एउटा बन्दरगाहको पानी रगतजस्तै रातो भएको पाइएको छ। एक्कासी नदीको पानी रातो बन्दा त्यहाँका मानिसहरूलाई त्रसित बनाएको बिबिसीमा उल्लेख छ।
ओरियन ब्रुअरीजले फूड कलरिङ डाइ नदीमा चुहावट भएकाे र यसले बन्दरगाहको रंग बदलेको बताएको छ। यसले स्वास्थ्यमा समस्या नआउने कम्पनीले जनाएको छ।
यद्यपि, कम्पनीले नागो शहर, ओकिनावाका मानिसहरूलाई ‘असुविधा र चिन्ताको लागि’ माफी मागेको छ। धेरै बासिन्दाहरूले पानीलाई ‘धेरै फोहोर’ भनेर वर्णन गरेका थिए।
चुहावट, ब्रुअरीको कुलिङ सिस्टमबाट सुरु भइ वर्षाका कारण फैलिएकाे बताइएकाे छ।
ओरियन ब्रुअरीजका अध्यक्ष हाजिमे मुरानोले कम्पनीले कसरी चुहावट भयो भनेर अनुसन्धान गरिरहेको बताए। उनले यस्तो घटना दोहोरिन नदिनका लागि आवश्यक कदम चाल्ने पनि बताएको बिबिसीमा उल्लेख छ।



