जापान विशेष

टोकियोमा नेपथ्य व्याण्डको लाईभ कन्सर्ट तयारी तिब्र

टोकियो । जापानका नेपाली माझ यस बर्षकै बहुप्रतिक्षित सांगितिक कार्यक्रमको रुपमा हेरिएको नेपथ्य व्याण्डको लाईभ कन्सर्ट आयोजनाको तयारी आयोजकले तिब्र पारेको छ । डिसिइप्रोजेक्ट मार्फत अनलाइनमा मात्र टिकट विक्रि गरिरहेको आयोजक भिजोनिया कम्पनीले अनलाईन प्रयोग गर्न असमर्थ धेरै व्यक्तिबाट टिकटनै खरिद गर्न मिल्ने व्यवस्थाको माग भएपछि टोकियोमा दुई स्थानमा टिकट विक्रि थालनी गरेको जनाएको छ । हाल टोकियोको लोकल सिबुया र काठमाडौं लाउञ्ज बार नेवा डाइनिगं ओकुबोमा टिकट उपलब्ध गराइएको कन्सर्ट आयोजक कम्पनी भिजोनियाका प्रमुख सुभास लामिछानेले जानकारी दिनुभयो ।दुवै… पुरा पढौ

‘म सबै कामदारहरूलाई नरकमा हाल्छु’ भनेर आसाहीलाई ईमेलमार्फत धम्की दिने व्यक्ति पक्राउ

जापानको राष्ट्रिय दैनिक प्रकाशक द असाही शिम्बुन कम्पनीको टोकियो मुख्यालयमा धम्कीपूर्ण इमेल पठाएको आरोपमा एक पुरुषलाई पक्राउ गरिएको महानगरीय प्रहरी विभाग बताएको छ।शिजुओकाको एओई वार्ड शहरमा बस्ने ५० वर्षीय युसुके नाकामुरालाई व्यवसायमा जबरजस्ती अवरोध गरेको आरोपमा पक्राउ गरिएको प्रहरीको भनाई छ।प्रहरी अनुसार संदिग्ध व्यक्तिले टिभी स्टेशन र रुसी दूतावासलगायत दर्जनौं स्थानमा एउटै सामग्रीसहितको इमेल पठाएको हुनसक्ने अनुमान गरिएको छ । "तिनीहरूका लेखहरू मेरो विश्वाससँग मेल खाएनन्, मलाई लाग्यो मैले रूसी दूतावासलाई इमेल गरें, त्यहि इमेलहरू असाही शिम्बुनलाई पठाएको हुनसक्छ ।"… पुरा पढौ

प्राकृतिक प्रकोपजन्य क्षतिबाट बच्न पूर्व तैयारीका लागि टोकियोमा व्यवहारिक अभ्यास गराइँदै

टोकियो – भूकम्प गइरहने देशको चिनारी पाएको जापानको राजधानी टोकियो आसपासलाई केन्द्रबिन्दु पारेर निकट भविष्यमा ठूलो भूकम्प जाने भूकम्पविद्हरूको प्रक्षेपण छ । प्राकृतिक प्रकोपलाई रोक्न नसकिएता पनि त्यसबाट हुने क्षतिलाई कम गर्न भने अवश्य सकिन्छ । तर त्यसका लागि पूर्व तैयारी र उच्च सतर्कता भने अवश्य जरुरी हुन्छ । त्यसैका लागि बर्सेनि ठूलो बजेट खर्च गरेर जापान सरकारले मातहतका विभिन्न निकायहरू मार्फत त्यस सम्बन्धी सचेतनामूलक अभिमुखीकरण कार्यक्रम गर्दै आइरहेको छ । यसै सन्दर्भमा टोकियो महानगरीय सरकारले यहाँ रहेका विदेशीहरूलाई लक्षित… पुरा पढौ

जापानको होक्काइडोमा बस र ट्रक ठोक्किँदा ५ जनाको मृत्यु

जापानको उत्तरी मुख्य टापु होक्काइडोमा आइतबार बस र ट्रक एक आपसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । दक्षिणी होक्काइडोको याकुमोमा रुट ५ मा स्लो कर्भमा बिहान भएको दुर्घटनापछि करिब एक दर्जन व्यक्तिलाई अस्पताल लगिएको थियो। दुबै सवारी साधनका चालकसहित ५ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । बस सञ्चालक होकुटो कोत्सु इन्कका अनुसार १८ यात्रु बोकेको राजमार्गको बस बिहानै सापोरोबाट हाकोदातेतर्फ गइरहेको थियो। सापोरोस्थित कम्पनीले बस चालक ६४ वर्षीय ताकायुकी कोजेन रहेको जनाएको छ ।… पुरा पढौ

मास्कले खोस्यो मुस्कान, जापानीलाई सिकाइँदै छ हास्न

कोभिड-१९ ले विश्वमा लाखौं मानिसको ज्यान लिइसकेको छ। यसबाहेक अन्य अनगिन्ती नोक्सान पनि भएका छन्। जापानमा एउटा अनौठो घटना सार्वजनिक भएको छ। यहाँका जनता र खासगरी युवा पुस्ताले मुस्कुराउन पनि बिर्सेपछि अहिले यहाँ विशेष कक्षामार्फत मानिसहरूलाई राम्रोसँग हाँस्न सिकाइँदैछ, तर यो निःशुल्क भने छैन। यसका लागि हजारौं रुपैयाँ तिर्नुपरेको छ। सधैं मास्क लगाएका कारण, जापानीहरूले राम्रोसँग हाँस्न बिर्सेका थिए। तालिममा उनीहरूलाई हलिउड फिल्महरूमा जस्तै मुस्कान निकाल्न सिकाइएको छ। हरेक अनुहारअगाडि ऐना ‘जापान टाइम्स’ले राम्रोसँग हाँस्न सिकेका युवाहरूबारे प्रतिवेदन प्रकाशित गरेको छ। यस… पुरा पढौ

किन जापानमा लाखौं घर खाली छन्?

यो वर्ष सन् २०२३ को जनवरीमा जापानको राजधानी टोक्योका बासिन्दाहरुका लागि सरकारले निकै आकर्षक प्रस्ताव अघि सार्‍यो । जस अनुसार यदि त्यहाँका मानिसहरु सहरी इलाका छाडेर बाहिरी क्षेत्रमा बस्न चाहने हो भने ती परिवारलाई प्रति सन्तान दश लाख येन अर्थात् करिब ७ हजार डलर दिइनेछ । यसका लागि परिवारको कम्तिमा एक सदस्यको जागिर हुनुपर्ने र ग्रामीण क्षेत्रमा आफ्नो व्यापार सुरु गर्ने बाचा गर्नुपर्ने सर्त रहेको छ । यदि त्यसरी रकम लिएर गाउँमा गएका परिवारहरू पाँच वर्षअघि नै सहर फर्किएमा उनीहरुले… पुरा पढौ

जापानका स्वास्थ्य विज्ञले यो वर्षको गर्मीमा पुन कोरोनाका बिरामी बढ्ने संकेत गरे

कोभिड-१९ संकटको समयमा स्वास्थ्य मन्त्रालयलाई सल्लाह दिने विज्ञहरूले कोरोनाका बिरामी बढ्ने डर रहेकोले यस वर्षको गर्मीमा सावधानी अपनाउन आग्रह गरेका छन ।कोभिड-१९ लाई मे ८ मा संक्रामक रोगको रूपमा डाउनग्रेड गरिएपछि शुक्रबार बसेको सल्लाहकार प्यानलको पहिलो बैठकले अप्रिलदेखि केसहरूमा क्रमिक बृद्धि भैरहेको यथार्थ तथ्यांकलाई विश्लेषण गर्दै निकट भविष्यको गर्मीमा कोरोनाको संख्या बढ्ने निष्कर्ष निकाल्दै उक्त आग्रह गरेको हो ।यसैबीच स्वास्थ्य मन्त्रालयले जुन ५ देखि ११ सम्म देशभरका ५,००० छानिएका मेडिकल संस्थाहरूबाट प्राप्त केसहरूको सङ्ख्याको प्रति मेडिकल संस्थामा बिरामीहरूको औसत संख्या… पुरा पढौ

जापानले यौन सहमतिको उमेर १३ बाट बढाएर १६ वर्ष गर्दै कैद अबधि पनि १५ वर्ष गरायो

एक शताब्दीभन्दा बढी समयसम्म अपरिवर्तित रहेको यौन सहमतिको उमेर जापानको संसदले शुक्रबार १३ वर्षबाट बढाएर १६ वर्ष पुर्‍याएको छ ।विश्वको सबैभन्दा कम उमेर उमेरमा यौन सहमति प्रदान गरिएको यौन अपराध सम्बन्धी संशोधित कानुनको परिमार्जनको एक हिस्साको रूपमा व्याख्या गदै सो उमेर बढ़ाइएको हो ।शुक्रबारदेखि नै लागू गरिएको परिवर्तनले १६ वर्ष मुनिका व्यक्तिसँग यौनसम्पर्कलाई बलात्कार मानिन्छ। तिनीहरूले "सहमतिरहित यौन अपराध" जबरजस्ती यौन सम्बन्धको लागि नयाँ शब्द, रक्सी वा ड्रग्स, डर, वा धम्कीको प्रभाव अन्तर्गत आक्रमण गरिएको सहित आठ अवस्थाहरूलाई निर्दिष्ट गर्दै… पुरा पढौ

सोया सस चाटेको आरोपमा रेष्टुरेन्टले साना बालकसँग ६ करोड क्षतिपूर्ति माग्यो

जापानको प्रसिद्ध सुशी रेष्टुरेन्टले एक जना बालकलाई सोया सस चाटेको आरोपमा ६७ मिलियन येन (६ करोड ३० लाख नेपाली रूपैयाँ) क्षतिपूर्ति माग्दै अदालतमा मुद्दा हालेको छ । बालकले सस चाटेको फुटेज सामाजिक संजालमा भाइरल भएपछि आफ्नो रेष्टुरेन्टलाई ठूलो घाटा लागेको दाबी गर्दै मुद्दा हालेको हो । साउथ चाइना मर्निङ पोस्टको एक रिपोर्टका अनुसार जनवरीको महिनामा यी बालक रेष्टुरेन्टको एक आउटलेटमा आफ्ना साथीहरूसँग थिए । सोही बेला उनले टेबलमा राखेको सोया सस चाटेको भिडियो फुटेजमा देखिन्छ । यो रेष्टुरेन्टको संचालक कम्पनी… पुरा पढौ

आलस्य भगाउने जापानी तरिका

जापानी नागरिक क्रियाशील जीवनशैली जिउने भनेर परिचित छन् ।  उनीहरुलाई क्रियाशील तथा ऊर्जाशील बनाइराख्ने त्यस्ता धेरै विधि छन् । जसमा हिँड्नु, साइकल चलाउनु, परम्परागत प्रथा, सांस्कृतिक क्रियाकलाप लगायत समावेश छन् । यदि तपाईं पनि आलस्यले भरिएको जीवनमा सकारात्मक परिवर्तन ल्याउन चाहनुहुन्छ भने यस्तै केही जापानी जीवनशैलीलाई अपनाउन सक्नुहुन्छ । जानौं केही जापानी तरिका बारे जसले आलस्य भगाउँछ । इकिगाई (उद्देश्य खोज्नु) आफ्नो जीवनको उद्देश्य, इच्छा, चाहना र दीर्घकालिन लक्ष्यलाई चिन्नुहोस् । आफ्नो कार्यमा उद्देश्यलाई समावेश गर्ने र त्यसलाई आफ्नो मूल्यमान्यतामा… पुरा पढौ