
जापानले २००४ पछिको पहिलो पटक आगामी वर्षको जुलाईमा नयाँ बैंक नोट जारी गर्ने भएको छ ।
“जापानी पुँजीवादका पिता” भनेर चिनिने इइची शिबुसावाको १०,००० येन, ५,००० येनको नोटमा महिलाको उच्च शिक्षाको अग्रगामी शिक्षाविद् उमेको सुदा, र १,००० येनको नोटमा तितानसको सीरम थेरापी विकास गर्ने माइक्रोबायोलोजिस्ट शिबासाबुरो कितासातोको तस्वीर अंकित नयाँ नोटजारी गर्न लागिएको सरकारी अधिकारीले जनाएका छन ।
तीनवटा बैंकनोटको पछाडिको भागमा क्रमशः टोकियो स्टेसन भवन, विस्टेरिया र माउन्ट फुजीमा ukiyo-e कलाकार कात्सुशिका होकुसाईले बनाएको कामको तस्विर राखिने छ । जालीनोट रोक्नका लागि प्रत्येक नोटमा होलोग्राम समावेश गरिने भएको छ।
बैंक अफ जापानद्वारा जारी गरिने नोटहरू हाल नेशनल प्रिन्टिङ ब्युरोले छाप्ने गरेको स्रोतले जनाएको छ ।



