
एनआरएनए जापानको राष्ट्रिय समन्वय परिषद्को अधिवेशन नजिकिएसंगै क्षेत्रीय समितिका अधिवेशनबाट नया कार्यसमिति आउने क्रम जारी रहेको छ ।
एनआरएनए जापान अन्तरगतका १२ वटा क्षेत्रीय समिति मध्यको शनिबार सम्पन्न चिवा क्षेत्रीय समितिको अधिवेशनले समिर खड्काको संयोजकत्वमा आगामी कार्यकाल २०२३-२५ को लागि नया कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ ।
सम्पन्न तेस्रो अधिवेशनबाट उप सयोजकमा शंकर सुवेदी, रमेश गिरी र टेकराज सोम थापालाई चयन गरिएको निर्वाचन समितिले जनाएको छ । सम्पूर्ण पदमा सर्वसम्मत नेतृत्व चयन भएकोमा सचिवमा मोहन कार्की, सहसचिवमा यमलाल कंडेल र मनिष खनाल, कोषाध्यक्षमा कुलप्रसाद सुवेदी राजन बाबु, सह कोषाध्यक्षमा बिमलप्रसाद न्यौपाने र युवा संयोजकमा खगेन्द्रप्रसाद भट्ट रहेका छन ।
त्यसैगरि निर्वाचित हुने सदस्यहरूमा टिकाराम न्यौपाने, सरोज गिरी, अनित केसी खत्री, गोकुल दाहाल, कुमार लामा र प्रकाश आचार्य रहेका छन ।
चिवा क्षेत्रीय समितिका संयोजक मुक्तिराज रेग्मीको अध्यक्षतामा सम्पन्न अधिवेशनबाट निर्वाचित कार्यसमितिले खादामालामा गरिने खर्च कटौती गरि सामाजिक र मानवीय सेवामा लगाउने निर्णय गर्दै इचिखावामा ब्रेनट्युमरको उपचार गराईरहेका एक विरामीलाई आर्थिक सहयोग गरिएको छ ।