जापान विशेष

डिसेम्बर १५ मा भलिबल संघ जापानले तेस्रो रनिङ कप पुरुष भलिबल प्रतियोगिता-२०२१ संचालन गर्ने

“स्वास्थ्यका लागि खेल राष्ट्रका लागि खेल”भन्ने मूल नाराका साथ भलिबल संघ जापानले डिसेम्बर १५ तारिकका दिन जापानमा तेस्रो रनिङ कप भलिबल प्रतियोगिता-२०२१ खेल संचालन गर्ने भएको छ ।नेपालको राष्ट्रिय खेलको संरक्षण सम्वर्धन र खेल मार्फत युवा पिढीमा अनुशासनको विकास गर्दै प्रवासमा भलिबल खेल प्रतियोगितालाई नियमितता दिने उद्देश्यले आयोजित हुन लागेको सो प्रतियोगिता संचालनको लागि आवश्यक तयारी तिव्ररूपमा भैरहेको प्रतियोगिता मूल आयोजक समितिको कार्यक्रम समयोजक रत्नसिंह बस्नेतले जानकारी दिए ।सो खेल प्रतियोगिता संचालन गर्नका लागि विभिन्न उप समिति गठन ग़रि ज़िम्मेवारी… पुरा पढौ

नेपाली जनप्रगतिशील मंच जापानको आठौ अधिवेशन डिसेम्बर १२ मा, क्षेत्रीय अधिवेशनहरु नोभेम्बर भित्र नै सकिने

नेपाली जनप्रगतिशील मंच जापानको आठौ अधिवेशन को तयारी तिव्र रूपमा भैरहेको छ ।“प्रवासमा नेपाली एकतासहित संगठन सुदृढिकरण, आपसी सत्भाव विकासका लागि नेपाली जनप्रगतिशील मंच जापानको आठौ अधिवेशन” भन्ने मूल नाराका साथ डिसेम्बर १२ तारिकका दिन राष्ट्रिय अधिवेशन टोकियोहुने र क्षेत्रीय अधिवेशनहरु नोभेम्बर भित्रमा सम्पन्न गर्ने गरि आवश्यक तयारी भैरहेको प्रचारप्रसार उप समितिका संयोजक श्यामहरि पाण्डेले एक सूचना जारी गर्दै जानकारी गराएका छन । क्षेत्रीय अधिवेशन अन्तर्गत कान्तोको नोभेम्बर २० तारिक, च्युबु मिएको नोभेम्बर १४ तारिक क्यूशु क्षेत्रीय समितिको नोभेम्बर २०… पुरा पढौ

एनआरएनए जापानले परराष्ट्रमन्त्रीलाई ७ बुँदे मागसहित ज्ञापनपत्र बुझायो र भन्यो- नेपालीका समस्या समाधानमा तत्काल कूटनीतिक पहल गर !

गैर आवासीय नेपाली संघ राष्ट्रिय परिषद जापानले नेपाल एअरलाइन्सले नेपाल- जापानका लागि हवाईटिकटमा चर्को मुल्य असुलेको भन्दै तत्काल साहुलियत दरको हवाईभाड़ा समायोजन गर्नका लागि पररास्ट्र मन्त्रीमार्फत ध्यानाकर्षण गराएको छ । जापानमा रहेका नेपाली र तिनीहरुसँग सम्बन्धित सवालको बारेमा नेपाल सरकारको ध्यानाकर्षण गराउनका लागि एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलको नेतृत्वमा परराष्ट्र मन्त्री डा. नारायण खड्कालाई विभिन्न सात बुदे जनसरोकारका सवालसँग सम्बन्धित मागलाई तत्काल कार्यान्वयनको लागि पहल गरिदिन आग्रह गर्दै ज्ञापन पत्र बुझाईएको हो । नेपाल जापानको नेपाल एअरलाइन्सको हवाई भाड़ादर चर्को… पुरा पढौ

जापानमा आमनिर्वाचन: संसदको तल्लो सदनमा लिबरल डेमोक्र्याटिक पार्टी एक्लैले ल्यायो सुविधाजनक बहुमत, किशिदा नेतृत्वको सरकारले “नयाँ पुँजीवाद” नीति लागू गर्ने

जापानमा भएको संसदको तल्लो सदन प्रतिनिधि सभाको आमनिर्वाचन २०२१ मा लिबरल डेमोक्र्याटिक पार्टी एक्लैले प्रतिनिधि सभाको २६१ सिटको ल्याइ "सुविधाजनक बहुमत" को लागि जनमत प्राप्त गरेको लाई पार गर्यो।४ सय ६५ सिटका लागि भएको निर्वाचनमा एलडिपी एक्लैले २४४ सिटमा जित हासिल गरेको छ। उसले प्रतिनिधि सभामा सबै १७ स्थायी समितिको अध्यक्षता गर्ने गरि मत प्राप्त गर्दै २६४ सिटसहित "सुविधाजनक बहुमत" ल्याऊदै आफ्नो वर्तमान फुमीयो किशिदा नेतृत्वको सरकारलाई निरन्तरता दिन पाउने म्यानडेड प्राप्त गरेको छ । तस्विर साभार एनएचके निर्वाचनको अन्तिम… पुरा पढौ

जापानको टोकियो नजिकै चलिरहेको एक्सप्रेस ट्रेनमा यात्रुमाथि यात्रुले चक्कु प्रहार हुदा १७ जना घाइते, ट्रेनमै आगो लाग्यो

जापानको टोकियो नजिकै चोफुमा आइतबार साँझ चलिरहेको रेलमा एक व्यक्तिले चक्कु प्रहार गर्दै केही तरल पदार्थ छर्केपछि आगलागी हुदा यात्रुहरू रेलको झ्यालबाट भाग्नको लागि दौडिदा कम्तिमा १७ जना घाइते भएको र एकजना सक्त घाइते भएको साथै २४ वर्षीय एकजना व्यक्तिलाई सोही ट्रेनबाट तत्काल पक्राऊ गरिएको छ । टोकियो महानगरीय प्रहरी विभाग (MPD) ले दिएको जानकारी अनुसार आइतबार बेलुका ७ बजेर ५५ मिनेट जादा चोफुको कोकुरियो स्टेशन नजिकै केइओ लाइन एक्सप्रेस ट्रेनमा यात्रा गरिरहेको चक्कु बोकेको २४ वर्षीय बेरोजगार क्योटा हट्टोरीलाई… पुरा पढौ

तिहार, परदेश र म !

खेतभरि झुलेको लहलह धान आँगनमा ढकमक्क फुलेको सयपत्री र मखमली फूल, खेत र बारीका डिलडिलमा भएका अम्बा पाकेर सुनजस्तै झल्कने आहा वारी पारी , तल माथि जता हेरे पनि झिलीमिली, साना देखि ठुला भैली अझै ती भैलीले दिने आशिर्वाद र मीठा टुक्का, कतै चामल पिस्नको चटारो, कतै झिनुवा रोटी बनाउनको चटारो,कतै टपरीका पात टिप्न नसक्दाको पिर, कतै टपरी खुट्न नजान्नुको पिडा ,कतै ओखरबाट घाजी बनाउनुको हतारो ,कोहि उपहार किन्न जानको हतारो यसैले गर्दा त होला तिहार पर्वलाई झिलीमिली बत्तीको पर्व… पुरा पढौ

जापानमा हुने एम्बेसी कप क्रिकेट प्रतियोगितामा नेपाली टोली सहभागी हुदै, एनआरएनए जापानले २ लाख ४४ हजार आर्थिक सहयोग हस्तान्तरण गर्यो

जापान क्रिकेट एसोसियसनद्वारा आयोजना हुँदै आइरहेको एम्बेसी कप-२०२१ क्रिकेट प्रतियोगिता खेल्नको लागि नेपाली क्रिकेट टिमलाई गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानले आर्थिक सहयोग, नेपाली राष्ट्रिय झण्डा र एनआरएनए जापानको लोगो हस्तान्तरण गरिएको छ । एनआरएनए जापानले शुक्रवार आफ्नो कार्यालय टोकियोको शिनओकुबोमा एक कार्यक्रमको आयोजना गरि एम्बेसी कप क्रिकेटमा सहभागी हुने खेलाडीको लागि आवश्यक व्यवस्थापकीय कार्य गर्नका लागि २ लाख ४४ हजार येन नगदका साथै नेपाली राष्ट्रिय झण्डा र एनआरएनएको लोगों हस्तान्तरण गरिएको संघका कार्यवाहक अध्यक्ष नविन निउरेले जानकारी… पुरा पढौ

जापानले कोभिड-१९ विरुद्दको दोस्रो डोज लगाएका सबैलाई डिसेम्बरदेखि बुस्टर (तेस्रो डोज) खोप लगाउदै

विश्वका अन्य मुलुकले वृद्दवृद्धा र निश्चित व्यक्तिहरूलाई मात्र कोभिड-१९ कोरोना भाईरस विरुद्दको बुस्टर तेस्रो डोजको खोप लगाउन लागेको भएपनि जापानले दोस्ती डोजको खोप लिएका सम्पूर्णलाई बुस्टर तेस्रो डोजको खोप दिन अनुमति दिने भएको छ ।कोभिड-१९ कोरोना भाईरस बिरुद्दको खोपको प्रभावकारिता केही महिनापछि करिव ५० प्रतिशतले घट्ने अनुसन्धानबाट देखिएकोले दोस्रो डोजको खोप लगाएका सम्पूर्ण बुस्टर तेस्रो डोज खोप लगाउन योग्य हुने र उनीहरुलाई आगामी डिसेम्बरदेखि खोप प्रदान गर्ने योजना रहेको सरकारी अधिकारीहरुले जनाएका छन । जापान सरकारले सुरूमा फ्रन्ट-लाइन स्वास्थ्यकर्मी र… पुरा पढौ

कोरोना महामारीका कारण जापानमा बेरोज़गार महिलाको संख्या बढ्यो, बालबालिकाको शिक्षामा असर पर्नुका साथै गरिबीको मार निम्तिने चेतावनी

कोरोना महामारीका कारण अर्थतन्त्र र रोजगारीको क्षेत्रमा परेको नकारात्मक त्यसका असर र प्रभावबाट जापानका अधिकांश महिलाहरु लामो समयसम्म बेरोज़गार भै गरिबीको मार निम्त्याइरहेको तथ्य बाहिरिन थालेका छन।आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले गरेको श्रम सर्वेक्षणअनुसार यस वर्षको अप्रिलदेखि जुनसम्म ६ महिनाभन्दा बढी समयसम्म जागिरबाट बाहिरिने महिलाको औसत संख्या ३ लाख ४० हजार पुगेको छ । जुन संख्या सन २०२० को यहि अवधिको अवस्थालाई हेर्दा २ लाख ८० हजारभन्दा धेरै भएको बताईएको छ । लामो समयसम्म कोरोना महामारीको कारण महिलाको बेरोजगारीले गर्दा… पुरा पढौ

जापानको नागानो प्रान्तले ताइफुको मारमा परेका नागरिकलाई खाना खुवाएर सहयोग गरेकोमा एनआरएनए जापान क्षेत्रीय समिति कान्साइलाई सम्मान पत्रद्वारा सम्मानित

जापानमा नेपालीलाई पछिल्ला केही दिनमा केही ऊर्जा भर्ने र नेपाल र नेपालीको पहिचानमा विशेषण थाप्न मिल्ने गरि शुभ समाचारहरु आइरहेका छन र नेपाली कति उदार र सहयोगी मनका छन भन्ने प्राप्त अवार्डबाट देख्न सकिन्छ ।जापानीको दुःख र बिपत्तिमा नेपालीहरुले उनीहरूको चहराइ रहेको घाउमा मलमपट्टी लगाउने र दुःख र विपत्तिको समयमा सँगसंगै छौ भन्नका लागि जस्तो परिस्थितिमा पनि आधारभूत सहयोगका सामग्री सहितको उपस्थितिले जापानीहरूको मन जित्दै ग़ैरहेको छ ।संगठित रूपमा रहेको नेपालीहरुको अभिभावकीय संस्था एनआरएनए क्षेत्रीय समिति कान्साईले २०१९ अक्टोबरको २१… पुरा पढौ