हामी, जापान र जापानबारे

-


     हेमलाल गौतम    
     कार्तिक २० गते २०७८


विषय प्रबेश :
कुनै पनि देशमा जति धेरै मान्छेको बसाई संख्या बढ्दछ त्यति नै धेरै आनीबानीहरू भित्रिन्छन् र विविधता पनि भित्रिन्छ र हुन्छ पनि । आप्रबासमा रहने हरेक देशका नागरिकहरूले आ आफ्नो देश ,समाज र पारिवारिक स्वभावहरू पनि सँगसँगै लिएर आएका हुन्छन् ।उनीहरूका बानी, ब्यबहार ,रहन सहन र परम्पराले पक्कै पनि अहिले बस्ने देश र त्यो समाजमा केहि नौलोपना अवश्य नै दिन्छ ।त्यो नौलोपनामा नै मान्छेको नजर जान्छ । कति उदाहरणीय र अपनाउन लायक हुन्छन् भने कति दिक्क लाग्ने र बहिस्कार गर्ने खालका हुन्छन् ।

जुन जुन कुरा अपनाउन लायक हुन्छन् ,तिनै कुरालाई ख्याल राख्न सकियो भने त्यो संस्कृति र संस्कारका रूपमा परिणत हुन्छ । त्यही कुरा दुई देशका बिचमा आदान प्रदान गर्न लायक बिषय बन्दछ ।त्यसैले नै दुबै देशका बिचमा असल सम्बन्ध र मित्रता कायम गराउँछ ।
बानी ,ब्यबहार र आचरण पनि भूगोल र त्यो देशको परिस्थिति र समय सँगै परिवर्तित हुन्छन् ।एउटा भनाई छ आँखा नदेख्नेहरूका बिचमा आँखा चिम्लिनु ,खुट्टा नहुनेहरूका बिचमा खुट्टा उचाल्नु ।यसको अर्थ जहाँ जे जस्तो बिधि ,बिधान र नियमले चलेको छ ,त्यहीको बिधि ,बिधान र नियमले चल्न जान्नु पर्दछ ,त्यसैमा आफुलाई ढाल्न जान्नु पर्दछ ।यसको अर्थ यो हुँदैन कि नराम्रा र समाजका लागि अपाच्य कुरा स्वीकार्नु ।त्यो समाजलाई निर्देश गरेका निर्देशिका सँगै आफुलाई पनि रूपान्तरण गर्नुपर्छ ।किनकि त्यहाँको कानून त्यहाँका जनतालाई लागू हुँदा आप्रबासी सबै नागरिकलाई पनि त्यही नै लागू हुन्छ ।
के बाट सिक्ने
मलाई राम्रैसँग सम्झना छ कि मेरो छोरालाई स्कूलमा भर्ना गर्दा शिक्षकले भनेको कुरा । तपाईंहरूलाई मन्जुर हुन्छ कि हुँदैन ? बिस्तारै बिस्तारै तपाईंको बच्चाले यहाँको कुरा र यहाँको संस्कार र पद्धति सिक्छन् र त्यहाँको बिर्सिदै जान्छन् ।यदि यो कुरामा मन्जुरी छैन भने तपाईंको बच्चालाई आफ्नै देशमा पढाउनु होस् । यो कुरा अरू देशमा त भन्छन् कि भन्दैनन् थाहा छैन तर जापानमा भने सायद सबै अबिभावकलाई आफ्नो बच्चा स्कूल भर्ना गर्ने बेलामा भनेको हुनुपर्छ ।

जापानमा जे पनि गर्न छुट छ तर यहाँको कानूनको दायरामा रहेर गरेमा ।तर कानूनले सबैलाई समान देख्छ ।प्रधानमन्त्रीलाई पनि उहि कानून हो ,सामान्य नागरिकलाई पनि उहि कानून हो । सबैलाई एउटै नियम लागू हुन्छ ।

यस्तो अबस्थालाई सन्तुलनमा राख्नका लागि हामीले दुबै देशका संस्कृति आदान प्रदान गर्ने कार्य गर्नु पर्दछ ।त्यसैले दुबै देशका बिचमा संस्कृति आदान प्रदान गर्ने हो भने ती देशमा बिकाश निर्माणका काममा पनि त्यो सहयोगी बन्न पुग्दछ । बिभिन्न संघ सस्थाले पनि आफ्ना कार्यक्रम र उदेश्यबाट स्पष्ट पार्न खोजेका छन । उदाहरणका लागि ,यहि कुरालाई ख्याल राखेर जापान नेपाली एकता समाजले आफ्नो प्रथम राष्ट्रिय सम्मेलनबाट पनि केही उद्धेश्यहरूलाई पारित गरेको छ । जस्तो कि “नेपाली भाषा र संस्कृतिको बिकाशका लागि प्रयत्न गर्नु , नेपालीहरूको स्वस्थ मनोरन्जनका लागि बिबिध कार्यक्रमहरूको आयोजना गर्नु , नेपालीहरूको बौद्धिक बिकाशका लागि उपयोगी साहित्य उपलब्ध गराउन प्रयत्न गर्नु ,
नेपाली चाड पर्वहरूलाई सामुहिक उत्सवका रूपमा मनाउन प्रयत्न गर्नु ,
नेपाली समाजमा भएका जुवा ,तास र खराब दुर्ब्यसनहरूलाई हटाउन प्रयत्न गर्नु “ जस्ता उद्देश्य लिएको छ ।यी उद्धेश्यहरूले पनि हामीलाई जिम्मेवार ,अनुशासित र मर्यादित नागरिक हुन बल प्रदान गर्दछ ।
ब्यबहारमा समानता

म लामो समय जापान बसेको नाताले जापानमा आउने नव प्रबेशी र भाषिक समस्याका कारण यहाँको बारेमा सजिलै जानाकारी राख्न गाह्रो हुने हुनाले पनि सर्व साधारणमा यो लेखले केहि सहयोग गरोस भन्ने चाहन्छु ।जापानमा जे पनि गर्न छुट छ तर यहाँको कानूनको दायरामा रहेर गरेमा ।तर कानूनले सबैलाई समान देख्छ ।प्रधानमन्त्रीलाई पनि उहि कानून हो ,सामान्य नागरिकलाई पनि उहि कानून हो । सबैलाई एउटै नियम लागू हुन्छ ।उदाहरणका लागि ,यदि सेवाग्राहीका रूपमा ओहदामा रहेका मान्छे र साधारण नागरिक कुनै सेवाका लागि कुनै अफिसमा अलग अलग तर सँगै जाने हो भने मानौं ; ए ! प्रधानमन्त्री आउनु भएको रहेछ वहाँको काम पहिले गरिदिनु पर्छ भन्ने हुँदैन र गर्दैनन् ।पालोमा बसेर नै गर्नुपर्छ र गर्छन् ।बरू प्रधानमन्त्री वा कुनै जिम्मेवारी बहन गरेको कुनै ब्यक्ति सेवा ग्राहीको पंक्तिमा जनतासँग छन् भने उनिहरूलाई नै पहिला पालो दिन्छन् र आफुलाई पछाडि उभ्याउँछन् ।तर ठीक उल्टो हाम्रो देशमा त त्यस्तो पद्धति लागू गरेको देखिदैन । पद र ओहदाका धाक र रवाफमा काम गरिदिने र लिने गरिन्छ । जनताको काम प्रति अलि उदासिन र नेता मन्त्री या कुनै ओहदाका मान्छेको काम अगाडि गरिन्छ । तर जापानमा भने ठीक उल्टो छ ।अफिस , बजार , सार्वजनिक सवारी साधन , रेष्टुरेन्ट या कहिं पनि जहाँ सार्वजनिक महत्व रहन्छ ती सबै ठाउँहरूमा समान ब्यबहार हुन्छ र गरिन्छ ।

ठूलो आवाजमा नबोल्ने , सार्बजनिक ठाउँमा फोन नगर्ने , सवारी साधनमा फोन स्वीचअफ गर्ने या म्यानर मोडमा राख्ने , जथाभावी फोहोर नफाल्ने , आफ्नो फोहोर आफैसंग राख्ने र गार्वेज बक्समा मात्रै फाल्ने ,हरेक काम गर्दा सोधेर र अनुमती मागेर मात्रै गर्ने , नजानेको र नबुझेको कुरा सोधेर मात्रै प्रयोग गर्ने ।सवारी साधन चलाउँदा फोन नउठाउने ।अफिस र ड्युटीका समयमा फोन स्वीच अफ या म्यानर मोडमा राख्ने ,नउठाउने ।


के गर्न हुने ,के गर्न नहुने
जापानमा जे गर्न पनि पाईन्छ तर तपाईंका क्रियाकलापले तपाईंको नजिकमा रहेका कुनै पनि ब्यक्तिलाई नकारात्मक असर पार्नु हुँदैन र पार्न पाईदैन ।जे खानुस ,जे लाउनुहोस् ,जे बोल्नुहोस् ,जहाँ जानुहोस् ,त्यसको मतलव हुँदैन । मतलव त तपाईले गर्ने क्रियाकलापले नजिकमा रहेका अन्य ब्यक्तिको बैयक्तिक अधिकार माथि राख्दछ । तसर्थ तपाई हाम्रो क्रियाकलापले उनीहरूलाई असर पर्नु र गर्नु हुँदैन ।ठूलो आवाजमा नबोल्ने , सार्बजनिक ठाउँमा फोन नगर्ने , सवारी साधनमा फोन स्वीचअफ गर्ने या म्यानर मोडमा राख्ने , जथाभावी फोहोर नफाल्ने , आफ्नो फोहोर आफैसंग राख्ने र गार्वेज बक्समा मात्रै फाल्ने ,हरेक काम गर्दा सोधेर र अनुमती मागेर मात्रै गर्ने , नजानेको र नबुझेको कुरा सोधेर मात्रै प्रयोग गर्ने ।सवारी साधन चलाउँदा फोन नउठाउने ।अफिस र ड्युटीका समयमा फोन स्वीच अफ या म्यानर मोडमा राख्ने ,नउठाउने ।
जापानमा तपाईंले कुनै सामान भेटाउनु भयो या कसैले केहि खसाल्यो र तपाईंले देख्नु भयो भने त्यसलाई कि त पुलिसमा बुझाई दिनु पर्छ ,कि त नजिकको सार्वजनिक ठाउँमा बुझाई दिनुपर्छ या समय छैन भने त्यतीकै छोडिदिनु पर्छ ।यदि त्यसो नगरेर तपाईंमा लोभ चढ्यो भने तपाईं चोरीको केशमा पर्नुहुन्छ र हराउनेले दावी गरेको बिगो र सजाय या बिगो भर्नु पर्दछ ।लाग्ला कसैले देखेको छैन ,तर त्यस्तो हुँदैन र तपाईले जहाँबाट सामान उठाउनु भएको छ त्यहाँ देखि तपाईलाई सिस्टमले पछ्याई रहेको हुन्छ ।तसर्थ भेटिएको वा खसेको सामानमा लोभ नगर्नुहोला ।एउटा छाता पार्कबाट उठाएको केशमा देश निकाला गरेका घटना पनि छन् । सार्वजनिक ठाउँमा रहेका समान कसैको अनुमति बिना उठाउन पाईदैन र नउठाउनु होला ।
उठाउन मिल्ने सामान छ भने त्यहाँ “चाहनेले प्रयोग गर्न सक्नुहुनेछ “भनेर लेखेको हुन्छ ।अनुमती बिना फोहोरमा फालेको सामान पनि उठाउन पाईदैन । जापानमा फोहोरमा फालेको सामान पनि प्रयोग गर्न पाईन्छ र मिल्छ ; तर सूचना हेर्नु पर्छ । कसैका लागि त्यो सामान रिसाइकलमा जान्छ भने कसैका लागि त्यो सामन प्रयोग योग्य हुन्छ ।तर कति “मिल्छ “भनेर लेखेको हुन्छ त कति “मिल्दैन “ भनेर लेखेको हुन्छ ,त्यो जान्न जरूरी हुन्छ।आफुलाई थाहा भएन तर त्यो सामान तपाईलाई चाहिएको छ र नयाँ किन्न सक्ने सामर्थ्य छैन भने नजिकमा रहेका जापानी भाषा जान्ने मान्छेलाई सोध्न सक्नु हुन्छ ।त्यसो गर्दा तपाईंको “ईज्जत” जाँदैन ।जापानमा फोहोर फाल्दा पनि सामानको प्रकृति अनुसार “अतिरिक्त टिकट “ टास्नु पर्छ । कुन सामान फाल्दा कति पैसा लाग्छ भनेर जान्नका लागि नजिकको सिटि अफिसमा गएर जानाकारी लिन सकिन्छ ।
नकारात्मक कुराबाट के सिक्ने :
त्यस्तै छिटफुट रूपमा केही महिला हेरेसमेन्टका घटनाको सिकार केही बिदेशी नागरिकहरू भएका घटनाहरू पनि सुन्न पाईन्छ ।उदाहरणका लागि ,एउटा अनौठो घटनाको याद आयो मलाई ।आज भन्दा झण्डै ९ ,१० बर्ष अगाडिको घटना हो । म सपिंगका लागि सुपरमा गएको थिएँ ।त्यहाँ एकजना महिलाले मलाई पिछा गरिन् तर मैले वास्ता गरेको छैन ।किनकि पहिलो कुरा त मैले उनलाई देखेको ,चिनेको छैन ,दोस्रो कुरा मलाई ड्यूटीमा जान हतार भैरहेको छ ।किनकि ११ बजे पसल खोल्न पुग्नु पर्छ । पसलको पुरै जिम्मेवारी मेरो जिम्मामा छ ।यदि मसँग त्यस्तो नियतै भएको भए पनि मसँग कसैलाई हेर्ने र बोल्ने फुर्सदै छैन ।तर त्यहीबेला एक्कासी मेरो अगाडि आएर “तपाईले मलाई किन हेरेको “ पुलिस बोलाउँछु भनिन् ति महिलाले ।मसँग तपाईलाई हेर्ने र बोल्ने समय छैन ,म ११बजे पसल खोल्न पुग्नुपर्छ ,मसँग पाँच मिनेट पनि समय छैन भन्दा पनि उल्टै बाटो छेक्न खोज्दै थिईन् ।न मैले तपाईलाई हेरेको छु ,न मसँग समय छ ।हेर्नु त ; म त युनिफर्ममा छु ,मसंग समय पनि छैन तपाईसँग बोल्ने ।समय छैन भन्दा पनि अझै अल्झाउन खोज्छिन् ।त्यही बिचमा त्यो सुपरको स्टाफ जसले मलाई चिन्थे ,उनलाई भने यी महिलाले मलाई यस्तो यस्तो भन्छिन् ।तपाईलाई म त्यस्तै छु जस्तो लाग्छ भन्दा,लाग्दैन भन्छन् ।अनि म बिल तिरेर बाहिर निस्किन लाग्दा वरै सम्म मेरो पिछा गर्न खोज्छिन् तर मैले मेरो सामान लिएर फटाफट काममा फर्किएँ । त्यहाँ मैले स्टोर सेल्समेनलाई नभनेको भए उनले मलाई पुलिस बोलाएर फसाउन खोज्थिन ।किनकि हामीसँग बोल्न चाहेजती भाषिक ज्ञान हुँदैन र यहाँको कानूनको बारेमा पूर्ण ज्ञान हुँदैन । यसरी यस्ता हेरेसमेन्टका घटनाबाट बच्नु पर्छ त्यसैले यस सम्बन्धि देशको कानूनी ब्यबस्था के छ भनेर जानाकारी राख्नु जरूरी हुन्छ।यसले मलाई हेर्यो , यसले छोयो ,यसले छुन खोज्यो , चोर्यो ,चोर्न खोज्यो , हातपात गर्न खोज्यो ,हातपात गर्यो , पिछा गर्न खोज्यो , पिछा गर्यो जस्ता दोषारोपण गरेर फसेका समाचार हरू पनि सुन्न र हेर्न पाईन्छ । जब यस्ता कुरामा पुलिस केश हुन्छ तब अनेक झन्झट र समस्याहरू आउँछन् ।

जापानमा सत्य या असत्य जे भएपनि जब पुलिसलाई कसैले रिपोर्ट गर्छ भने त्यहाँ प्रसस्तै समय लाग्छ अनुसन्धानका लागि ।पुलिसले अप्रिय शब्द बोल्ने र शारिरिक यातना प्राय : दिंदैनन् तर मनोबैज्ञानिक तरिकाले उसलाई केरकार गर्दछन् ।शारिरिक यातनाको दुखाई भन्दा मनोबैज्ञानिक यातनाको दुखाई बढि हुन्छ ।


अर्को उदाहरण पनि लिऔं , यदि कोही सडक दुर्घटनामा पर्यो भने त्यही नै रोकिनु पर्छ र पुलिसलाई खबर गर्नुपर्छ ।भाग्न पाईदैन ।आफै पुलिस आउँछ ,अनुसन्धान गर्छ । कसको गल्ती छ ,गल्तीको कारण र त्यसबाट उम्किने बिधिका बारेमा जानाकारी गराउँछ ।कसैसंग झगडा गर्नु ,सडक जाम या संघर्ष गर्नु पर्दैन ।अझै भनौं कसैले हेर्न र सोध्न पनि पाउँदैन । जे जति लाग्छ सबै “सिस्टम”बाट हुन्छ । जहाँ जे घटना हुन्छ त्यस सँग सम्बन्धित पक्षलाई मात्रै सरोकार हुन्छ ।अरूलाई त केवल आफ्नो कामसँग मात्रै मतलब हुन्छ ।
अनुसन्धानमा पुलिस :

जापानमा सत्य या असत्य जे भएपनि जब पुलिसलाई कसैले रिपोर्ट गर्छ भने त्यहाँ प्रसस्तै समय लाग्छ अनुसन्धानका लागि ।पुलिसले अप्रिय शब्द बोल्ने र शारिरिक यातना प्राय : दिंदैनन् तर मनोबैज्ञानिक तरिकाले उसलाई केरकार गर्दछन् ।शारिरिक यातनाको दुखाई भन्दा मनोबैज्ञानिक यातनाको दुखाई बढि हुन्छ ।गल्ती गर्नेहरूलाई पनि यहि तरिकाले सजायँ या यातना दिईन्छ । तसर्थ हरेक देश र हरेक ठाउँमा राम्रा र नराम्रा दुबै कुरा लुकेका हुन्छन् ।राम्रालाई लिने र नराम्रालाई त्याग्दै जानु पर्छ ।
निश्कर्ष :
हामीले आफुले जानेका बिषयहरू आफ्नो समाजले बुझ्ने भाषामा दिन सकियो भने नौलो देशको बारेमा पक्कै पनि केही बुझाउन सकिन्छ ।सबैले आफ्नो अनबिज्ञतालाई क्रमिक रूपमा सुधार गर्दै जानुपर्छ ।यहाँ थुप्रै सामाजिक संघ संस्थाहरू र नेपाली दुताबास पनि रहेकोले तत् तत् क्षेत्रबाट सहि सूचना र जानाकारीहरू लिनु पर्छ । अरूका रे रे मा भन्दा बिषयको आधिकारिकता खोज्नु पर्छ ।नबुझेको कुरा नबोल्ने ।किनकि तपाई हाम्रो गलत सूचनाले सिंगो समाज र देशलाई पनि बदनाम बनाउन सक्छ ।तसर्थ सम्पूर्ण जनसमुदायमा यो अपिल गर्न चाहन्छु कि हामी सबैले , सबै क्षेत्रमा जिम्मेवार भएर प्रस्तुत होऔं ।

लेखक अन्तराष्ट्रिय नेपाली एकता समाज ,सल्लाहकार र जापान नेपाली एकता समाज , केन्द्रिय सदस्य हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?