जापान विशेष

जापानमा हुने क्रिकेटको एम्बेसी कप प्रतियोगितामा नेपाली टिमको सशक्त उपस्थिति रहने

जापान क्रिकेट एसोसियसनद्वारा आयोजना हुँदै आइरहेको एम्बेसी कप-२०२१ क्रिकेट प्रतियोगिता खेल्नको लागि नेपाली क्रिकेट टिमले आफ्नो टिम घोषणा गरिएको छ । अक्टोबर ३० र  ३१ तारिख तोचिगी प्रान्तमा रहेको सानो अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुन लागेको एम्बेसी कप-२०२१ मा नेपाल एम्बेसीको तर्फबाट १६ जना खेलाडी सहभागी हुन लागेको टोकियो राइनो क्रिकेट क्लबका अध्यक्ष विनम्र खत्रीले जानकारी दिए । एम्बेसी कप-२०२१ क्रिकेट प्रतियोगितामा नेपालको तर्फबाट आवश्यक तयारी सँगै अजय ठाकुरको कप्तानीमा प्रतियोगितामा सहभगिता जनाउन लागेको टिम म्यानेजर नेत्र रोकाले बताए ।   सो प्रतियोगितामा नेपाल… पुरा पढौ

टोकियो र ओसाका क्षेत्रका रेष्टुरेण्टमा रक्सीजन्य पदार्थ बिक्री वितरणमा लगाईएको प्रतिबन्ध सोमबारदेखि हटाईने

जापानको टोकियो र ओसाका क्षेत्र वरपरका छ प्रान्तहरु कोरोना संक्रमितको संख्यामा लगातार गिरावट आएकोले अर्को हप्तादेखि रेष्टुरेण्ट तथा भोजनालयमा कोभिड-१९ कोरोना संक्रमणको रोकथामका लागि लगाईदै आएको स्वास्थ्य सतर्कता प्रतिबन्ध हटाइने भएको छ ।कानागावा, चिबा,साइतामा, पश्चिमी जापानका ओसाका, क्योटो र ह्योगो छ प्रान्तहरुले अहिले रेष्टुरेन्टहरुलाई रक्सीको बिक्री वितरणमा क़ुनै प्रकारको समयसीमा राख्न र व्यापारिक समय घटाउन गरेको अनुरोधलाई २५ तारिख सोमबारबाट पूर्ण रुपमा हटाउने निर्णय गरेका छन्।चिबा र साइतामा प्रान्तहरुमा रेस्टुरेन्टहरुको उपयोग गर्ने मानिसहरुको संख्याको सम्बन्ध कुनै सिमा नराखिने तर कानागावा… पुरा पढौ

आफ्नो घरमा पालेको बिरालोलाई पौडन बाध्य पारेको आरोपमा एक जापानी नागरिक पक्राउ

मध्य जापानको आइची प्रान्तको प्रहरीले बुधबार एक जना ५९ वर्षीय व्यक्तिलाई आफ्नो घरमा पालेको बिरालोलाई बाथटबमा पौडन बाध्य पारेको आरोपमा पक्राउ गरेको जनाएको छ।बेरोजगार रहेका मासातोसि होसोनोले बिरालोको छाउरालाई पानीमा तैरन बाध्य पारिएको फोटो र भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेको आधारमा उनलाई पक्राऊ गरिएको प्रहरीले जनाएको छ । १ मिनेट २९ सेकेण्डको सो भिडियोमा बिरालोको बच्चालाई बाथटपमा पौडिन बाध्य पारेको प्रश्ट रूपमा देखाइएको छ । बिरालाहरुलाई सामान्यतया पानी मन पर्दैन ।मासाटोशीले गत बर्ष जुन महिनामा गरेको सो कार्य जनावर संरक्षण… पुरा पढौ

जापानको माउन्ट आसोमा ज्वालामुखी विस्फोट भयो, सचेतताको लागि सतर्कता स्तर बढ़ाइयो

दक्षिण पश्चिम जापानको कुमामोतो प्रान्तमा रहेको माउन्ट आसोमा नाकादाके नम्बर १ माउन्ट आसोमा बुधबार बिहान ११:४३ बजेको आसपास ज्वालामुखी विस्फोट भएको मौसम विज्ञान एजेन्सीले जनाएको छ।विस्फोटपछि करिब ३५०० मिटरमाथिसम्म धुवाँको मुस्लो जानुका साथै ज्वालामुखीको केन्द्र भागबाट निस्केको लाभाको प्रवाह १ किलोमिटर टाढा धान खेतसम्ममा पुगेको थियो ।जापान मौसम विज्ञान एजेन्सीले माउन्ट आसोमा ज्वालामुखीको मुख्य केन्द्र वरपर सचेतताका लागि सुरक्षित रहन ३ लेबलको चेतावनी जारी गरिएको छ । विस्फोटपछि निस्केका लाभा र ढुङगाहरु बाट खतरा हुन सक्ने भएकोले २ किलोमिटरसम्म सावधानी… पुरा पढौ

जापानमा नेपालीको संख्या ९७ हजार २६ मात्र, गत वर्षभन्दा २ हजार ६ सय २ जना कमि

विश्वको तेस्रो सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक जापानमा बसोबास गर्दै आएका नेपालीहरुको संख्या ९७ हजार २६ रहेको जापान सरकारको हालैको प्रतिवेदनमा उल्लेख गरेको छ ।२०२१ फेब्रुबरी २ तारिकमा सार्वजनिक गरेको तथ्यांक अनुसार जापानमा नेपालीको जनसंख्या ९९ हजार ६ सय २८ रहेकोमा हाल २ हजार ६ सय २ जना कमि रहेको तथ्यांक सार्वजनिक भएको जापानका बारेमा जानकार जिज्ञानकुमार थापाले सामाजिक संजालमार्फ़त सार्वजनिक गरेका छन ।गत वर्षको सार्वजनिक तथ्यांक अनुसार जापानमा विदेशीहरुको संख्याको पाचौं स्थान रहेकोमा अहिलेको स्थानका बारेमा थापाले केही उल्लेख… पुरा पढौ

श्रीमतिलाई जिताउन मत किनेको भन्दै जापानका पूर्व न्याय मन्त्रीलाई जेल सजाय

सन २०१९ मा भएको जापानको माथिल्लो सदनको निर्वाचनमा आफ़नी श्रीमतिलाई जिताउन मत किनेको आरोपमा पूर्व न्याय मन्त्री कात्सुयुकी कावाइलाई ३ वर्षे जेल सजाय सुनाईएको छ ।टोकियो ज़िल्ला अदालतले पूर्व मन्त्री कवाईले श्रीमतीलाई जिताउने गरि मत किन्नको लागि २.७ मिलियन येन खर्च गरेको ठहर गर्दै क्याविनेट स्तरको मन्त्री पदमा आसिन पदाधिकारीले पदको दुरुपयोग गरेकोले ३ वर्षे जेल सजायसहित १.३ मिलियन येन जफत गर्न आदेश गरेको क्योदो न्यूजले जनाएको छ । अदालतले कवाईले यो रकम पश्चिमी जापानको हिरोशिमा प्रान्तमा आफ्नी श्रीमती अनरी… पुरा पढौ

एनआरएनएको कार्यकाल ६ महिना थप, नोभेम्बर ३० भित्र अधिवेशन र निर्वाचन गर्ने वातावरण मिलाउने

गैरआवासीय नेपाली सङघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । एनआरएनएको शनिबार भएको भर्चुअल बैठकले विधान बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप्ने र नोभेम्बर ३० भित्र १० औ महाधिवेशन र निर्वाचन गर्ने वातावरण मिलाउने निर्णय गरेको हो । एनआरएनएको यथाशीघ्र छ महिनाभित्र अधिवेशन गर्नेगरी कार्यकाल थप गरिएको संस्थाका प्रवक्ता डिबी क्षेत्रीले जानकारी दिए । विधान अनुसार कार्यसमितिको कार्यकाल एक पटकका लागि मात्रै छ महिना अवधि थप्न सकिने व्यवस्था छ । बैठकले एनआरएनएको १०औँ महाधिवेशन तथा निर्वाचनको माहौल… पुरा पढौ

जापानमा चिसो हावाका कारण जाडो बढ्यो, तापक्रम घटेर टोकियोमा १० डिग्री र साप्पोरोमा ४ डिग्रीसम्म पुग्ने

जापान पूर्वी र उत्तरी क्षेत्रमा सोमवार बिहान तापक्रममा बदलाव आइ चिसोको मात्रा बढ़ने भएकोले आफ्नो स्वास्थ्य र शारीरिक तापमानमा सावधानी अपनाउन भनिएको छ ।चिसो हावाका कारण तापक्रममा गिरावट आइ १८ तारिकको बिहान सम्ममा जापानको साप्पोरोमा ४ डिग्री, मोरियोकामा ५ डिग्री, नागानोमा ८ डिग्री र टोकियोमा १० डिग्रीसम्म पुग्ने विभागको अनुमान छ । यस हप्ताको तापमान यति धेरै वृद्धि नहुने भएकोले विशेष गरी पूर्वी र उत्तरी जापानमा शारीरिक स्वास्थ्य सतर्कता अपनाउन आवश्यक रहेको बताईएको छ ।मौसम विज्ञान विभागका अनुसार आइतबार वाक्कानाईमा… पुरा पढौ

जापानबासी नेपाली समुदायलाई सुसूचित गराउन एनआरएनए जापानले “एनआरएनए मेरो साथी”नामक अभियान संचालन गर्ने

जापान । गैरआवासीय नेपाली संघ एनआरएनए जापानले सामाजिक अभियानका कार्यक्रम मार्फत नेपाली समुदायमा सचेतनमूलक कार्य गर्नका लागि “एनआरएनए मेरो साथी” नामक अभियान गर्ने भएको छ । सुखमा पनि दुःखमा पनि जानकारी हाम्रो साथ तपाईको भन्ने मान्यताका साथ जापानबासी नेपालीहरुलाई दैनिक जीवनयापनमा सहज बनाउन र भविष्य निर्माणका लागि जापानमा भएको अवसर र चुनौतीका विषयमा सु-सुचित गराउने उद्देश्यले यो अभियान संचालन गर्न लागिएको एनआरएनए जापानले जनाएको छ । हरेक महिना फरक फरक विषयमा जनचासो र जानकारी मूलक कार्यक्रम विषय विज्ञ र जानकारहरूको… पुरा पढौ

टोकियोको व्यस्त रेल स्टेशन उएनोमा दिउसै एटिममा पैसा निकाल्न पर्खेका माथि चक्कु प्रहार गर्दा २ जना घाइते

टोकियोको जेआर उएनो स्टेशनको परिसरमा एक व्यक्तिले दुई जना मानिसमाथि अचानक चक्कु प्रहार गरी घाइते बनाएपछि महानगरीय प्रहरी विभागले ४५ वर्षिय एक व्यक्तिलाई हत्याको प्रयासको आशंकामा घटनास्थलबाट पक्राउ गरी अनुसन्धान गरिरहेको छ।टोकियो महानगरीय प्रहरी विभागका अनुसार जेआर उएनो स्टेशनको परिसरमा रहेको बैक एटीएम नजिकै रहेका अन्दाजी २० र ३० वर्षका पुरुषहरुमाथि शुक्रवार दिउँसो ३:०० बजे अचानक एक व्यक्तिले चक्कु प्रहारबाट पछाडी पिठिउ र तिघ्रा चोट लागि घाइते बनाएका थिए।घाइतेहरुको अस्पतालमा उपचार भैरहेको र स्वास्थ्यस्थिति खतरामुक्त रहेको बताईएको छ । महानगरीय… पुरा पढौ