श्रीमतिलाई जिताउन मत किनेको भन्दै जापानका पूर्व न्याय मन्त्रीलाई जेल सजाय

-


     जनहित न्युज    
     कार्तिक २ गते २०७८


सन २०१९ मा भएको जापानको माथिल्लो सदनको निर्वाचनमा आफ़नी श्रीमतिलाई जिताउन मत किनेको आरोपमा पूर्व न्याय मन्त्री कात्सुयुकी कावाइलाई ३ वर्षे जेल सजाय सुनाईएको छ ।
टोकियो ज़िल्ला अदालतले पूर्व मन्त्री कवाईले श्रीमतीलाई जिताउने गरि मत किन्नको लागि २.७ मिलियन येन खर्च गरेको ठहर गर्दै क्याविनेट स्तरको मन्त्री पदमा आसिन पदाधिकारीले पदको दुरुपयोग गरेकोले ३ वर्षे जेल सजायसहित १.३ मिलियन येन जफत गर्न आदेश गरेको क्योदो न्यूजले जनाएको छ ।

अदालतले कवाईले यो रकम पश्चिमी जापानको हिरोशिमा प्रान्तमा आफ्नी श्रीमती अनरी कवाईको निर्वाचन क्षेत्रका १०० स्थानीय विधानसभा सदस्यहरु र समर्थकहरुलाई खर्च गरेको फैसलामा जनाईएको छ । “एक अत्यन्त दुर्भाग्यपूर्ण अपराध हो जसले लोकतन्त्रको आधारलाई महत्वपूर्ण आधार निष्पक्ष निर्वाचनलाई कमजोर बनाउने कार्य गरेको छ” फैसलामा भनिएको छ ।
पूर्व प्रधानमन्त्री शिन्जो आबेको मन्त्रिपरिषद्का सदस्य कवाईले गत बर्ष अगस्टमा भएको पहिलो सुनुवाईमा आफू दोषी नभएको जिकिर गरेका थिए। गत जुन १८ मा सुनाइएको फैसलामा कवाईले गरेको पुनरावेदनलाई अदालतले “पूर्णत अस्वीकार्य” छ । अब फैसला उल्टाउन गाह्रो हुने निष्कर्ष कवाई पक्षको रहेको छ ।
तत्कालीन सत्तारूढ़ दल लिबरल डेमोक्रेटिक पार्टीको मुख्यालयले माथिल्लो सदनको निर्वाचनमा १५० मिलियन येन अनरी कवाईको निर्वाचनका लागि उपलब्ध गराएको र त्यसको अस्वाभाविक रूपमा खर्च भएको आशंकामा छानबिन गर्दा बहालवाला मन्त्री समेत रहेका श्रीमान कवाईले मत किन्न पैसाको प्रयोग भएको पाइएको फ़ैसलामा बताईएको छ ।
तर एलडीपीले कुनै प्रकारको राजनीतिक कोषबाट रकमको प्रयोग भएको भन्ने कुरालाई गत महिना नै पुरै अस्वीकार गरेको थियो ।विपक्षी दलहरु यस महिनाको अन्त्यमा हुन लागेको आम चुनावको प्रमुख मुद्दाको रूपमा यसलाई लिदै पुन अनुसन्धानको माग गरेका छन ।
४८ वर्षीय अनरी कवाईले सन २०१९ मा भएको उपल्लो सदनको निर्वाचन जितेकी थिइन । हिरोशिमा प्रान्तमा स्थानीय विधायकहरुलाई पैसा बाँडफाँड गरेको कारण टोकियो जिल्ला अदालतले यस बर्ष जनवरी मा उनलाई १६ महिना जेल सजाय र पाँच बर्षको लागि निलम्बित गरिएको थियो। अन्तिम फैसला गत फेब्रुअरीमा भएको थियो ।
यसैबीच, टोकियो जिल्ला सरकारी वकिलको कार्यालयले जुलाईमा स्थानीय विधानसभा सदस्यहरु सहित कवई बाट रकम प्राप्त गर्ने १०० जना बिरुद्धको मुद्दा खारेज गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?