जापानमा चिसो हावाका कारण जाडो बढ्यो, तापक्रम घटेर टोकियोमा १० डिग्री र साप्पोरोमा ४ डिग्रीसम्म पुग्ने

-


     जनहित न्युज    
     असाेज ३१ गते २०७८


जापान पूर्वी र उत्तरी क्षेत्रमा सोमवार बिहान तापक्रममा बदलाव आइ चिसोको मात्रा बढ़ने भएकोले आफ्नो स्वास्थ्य र शारीरिक तापमानमा सावधानी अपनाउन भनिएको छ ।
चिसो हावाका कारण तापक्रममा गिरावट आइ १८ तारिकको बिहान सम्ममा जापानको साप्पोरोमा ४ डिग्री, मोरियोकामा ५ डिग्री, नागानोमा ८ डिग्री र टोकियोमा १० डिग्रीसम्म पुग्ने विभागको अनुमान छ । यस हप्ताको तापमान यति धेरै वृद्धि नहुने भएकोले विशेष गरी पूर्वी र उत्तरी जापानमा शारीरिक स्वास्थ्य सतर्कता अपनाउन आवश्यक रहेको बताईएको छ ।
मौसम विज्ञान विभागका अनुसार आइतबार वाक्कानाईमा ६.८ डिग्री, साप्पोरोमा ९.४ डिग्री, नागानोमा १५.३ डिग्री, खानाजावामा १६.८ डिग्री, ओसाकामा २१.३ डिग्री मापन गरिएकोमा केही दिनका लागि मौसमको तापमान ७ देखि १३ डिग्रीमा झर्न सक्ने अनुमान गरिएको छ ।
मध्य टोकियोमा आइतबार सबैभन्दा बढ़ी २१.२ डिग्री रहेको तापक्रम मध्यांह १२ बजे १७ डिग्रीमा झरेको थियो, यो क्रम बिहानबाट अपराह्नसम्ममा १४.१ हुदै बेलुका ४ बजेसम्ममा १२.९ डिग्री हुन पुगेको थियो । अबका केहीदिन १० डिग्रीसम्म हुने अनुमान गरिएको छ ।
विभागका अनुसार विशेषत जापानको उच्च पश्चिमबाट निम्न पूर्वतर्फ आकाशमा निकै चिसो हावा बहिरहेकोले मुख्य गरेर उत्तरी जापानमा तापक्रम घटन गईबढ़ी चिसो हुने र यो अवस्था नोभेम्बरको सुरूवातीसम्म रहनसक्ने अनुमान गरिएको छ ।
मौसम लामो गर्मीको अवस्थाबाट आइतबार एक्कासी तापक्रम घटन गई चिसोमा परिवर्तन हुदा जापान भरि नै जाडोको महसुश भयो भने होक्काइदोमा हिउ नै परेको जापानको विभागले जनाएको छ ।
यस वर्षको पहिलो हिउ होक्काइदोको वक्कानाई,असाहिकावा र अवाशिरीमा देखिएको छ भने साप्पोरोको तेइने, इवातेको इवाते र आओमोरीको इवाकि हिमालमा हिउको अवलोकन गरिएको छ ।
आइतबार बेलुकासम्मको अध्ययनमा केही दिन तापक्रम बढ़न नसक्ने देखिएको विभागले जनाएको छ ।
यस महिनाको २० सम्ममा मौसम नराम्रो रहेकोले जोखिमको अवस्था समेत सृजना हुनसक्ने भएकोले मुख्य रूपमा उत्तरी र पूर्वी जापानको समुद्री तटमा रहनेहरुले मौसमको जानकारीको बारेमा सजग रहन भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?