मध्य जापानको आइची प्रान्तको प्रहरीले बुधबार एक जना ५९ वर्षीय व्यक्तिलाई आफ्नो घरमा पालेको बिरालोलाई बाथटबमा पौडन बाध्य पारेको आरोपमा पक्राउ गरेको जनाएको छ।
बेरोजगार रहेका मासातोसि होसोनोले बिरालोको छाउरालाई पानीमा तैरन बाध्य पारिएको फोटो र भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेको आधारमा उनलाई पक्राऊ गरिएको प्रहरीले जनाएको छ ।
१ मिनेट २९ सेकेण्डको सो भिडियोमा बिरालोको बच्चालाई बाथटपमा पौडिन बाध्य पारेको प्रश्ट रूपमा देखाइएको छ । बिरालाहरुलाई सामान्यतया पानी मन पर्दैन ।मासाटोशीले गत बर्ष जुन महिनामा गरेको सो कार्य जनावर संरक्षण कानूनको उल्लंघन अन्तर्गत रहेकोले उनलाई पक्राऊ गरिएको प्रहरीको भनाइ छ तर मासातोषीले आफूले बिरालोमाथि कुनै दुर्व्यवहार नगरेको बताएका छन ।
सामाजिक सञ्जालमा मासातोषीले गरेको पोस्ट देखेका एक व्यक्तिले गत अक्टोबरमा आइची प्रहरीलाई रिपोर्ट गरेपछि अनुसन्धान सुरु गरिएको थियो। एउटा पशु अधिकार सम्बन्धी कार्य गर्ने समूहले प्रहरीलाई मासातोषी विरुद्ध आपराधिक आरोप लगाउन र क़ानून अनुसार कारवाहि गर्न आग्रह गरेका थिए ।
बिरालोलाई पानीमा तैरन बाध्य पार्ने ती व्यक्ति आइचि केनको नागोयामा बस्ने गरेकोमा हाल उनी इबाराकी केनको तोरिदे बसदै आएका थिए ।