जापान । गैरआवासीय नेपाली संघ एनआरएनए जापानले सामाजिक अभियानका कार्यक्रम मार्फत नेपाली समुदायमा सचेतनमूलक कार्य गर्नका लागि “एनआरएनए मेरो साथी” नामक अभियान गर्ने भएको छ ।
सुखमा पनि दुःखमा पनि जानकारी हाम्रो साथ तपाईको भन्ने मान्यताका साथ जापानबासी नेपालीहरुलाई दैनिक जीवनयापनमा सहज बनाउन र भविष्य निर्माणका लागि जापानमा भएको अवसर र चुनौतीका विषयमा सु-सुचित गराउने उद्देश्यले यो अभियान संचालन गर्न लागिएको एनआरएनए जापानले जनाएको छ ।
हरेक महिना फरक फरक विषयमा जनचासो र जानकारी मूलक कार्यक्रम विषय विज्ञ र जानकारहरूको सहजीकरणमा संचालन गरिने बताईएको छ ।जापानबासी तथा जापान आउने मनस्थिती बनाएका नेपालीहरुलाई जापानको वस्तुस्थिति,अबसर र चुनौतीका बिषयमा जानकारी गराउन चेतनामुलक कार्यक्रमले सहायों पुग्ने विश्वास एनआरएनए जापानले लिएको छ ।
यस अभियान अन्तर्गतको पहिलो कार्यक्रम अक्टोबर २३ तारिख “जापानमा विद्यार्थीहरुको अवसर र चुनौती” विषयक एक विशेष कार्यक्रम आयोजना गरिने भएको छ ।
कार्यक्रममा जापानमा अध्ययनका लागि आएका विद्यार्थीहरुको भाषा स्कुलको अध्ययन पश्चात भोकेश्नल कलेज(専門学校) तथा विश्वविद्यालयहरु (大学)हरु कसरी छनौट गर्ने के कस्ता विषयहरु पढेमा सम्भावना अधिक रहन्छ अध्ययन सक्किएपश्चात कसरी अगाडी बढ्न सकिन्छ ? लगयातका विविध विषयहरुमा अनुभवी तथा विषय विज्ञहरुसंग अन्तरंग छलफल सहितको कार्यक्रम गर्न लागिएको एनआरएनए जापानका सचिब श्याम श्रेष्ठले जानकारी गराए।
जापानमा पछिल्लो समय कोरोनाका कारण नेपाली बिद्यार्थीमा परेको मानसिक, आर्थिक तथा सामाजिक समस्याका कारण नेपाली बिद्यार्थीैमा डिप्रेसन सहितको मानसिक समस्याका कारण आत्महत्याका घटना दिनप्रति दिन बढ्दै गईरहेको अबस्थालाई ध्यानमा राख्दै बिद्यार्थी लक्षित कार्यक्रमलाई अगाडी सारिएको सचिब श्रेष्ठले जानकारी गराए ।
यस अघि पनि एनआरएनए जापानको आयोजनामा आत्महत्याका कारण र त्यसको रोकथामका बिषयहरुमा बिज्ञहरु सहितको अन्तक्रिया कार्यक्रम आयोजना गरेको एनआरएनए जापानले यस्तै कार्यक्रमलाई निरन्तरता दिदै नेपालीहरुको समस्या समाधानको लागि सहयात्रीको भूमिकामा काम गर्ने पनि बताईएको छ।
सोही बमोजिम एनआरएनए जापानको वर्तमान कार्यसमिति (२०२१-२०२३) को “एनआरएनए मेरो साथी” नामक सुसूचित अभियानको पहिलो श्रृंखलाको रुपमा संचालन गरिने यस विद्यार्थी लक्षित कार्यक्रममा, डा. वेद काफ्ले (Senior Researcher NICT Tokyo, Japan), जिज्ञान कुमार थापा (Program Office, Khanawawa International Foundation, Japan), डा . विष्णु प्रसाद गौतम Professor, Associate, Kanazawa Gakuin University Japan), डा .सरोज कंडेल (Research and Panning Division, Sizen Oyokagaku Co.Ltd) र शुसिला पौडेल (PHD Candidate in Disaster Nursing, Japan) को सहजीकरण रहने छ ।
जापानबासी नेपालीहरुलाई दैनिक जीबन यापनमा सहज बनाउन र भबिष्य निर्माणका लागि जापानमा भएको अवसर र त्यसको चुनौतीहरुका बिषयमा सबैमा सुसूचित गराउने उदेश्यका साथ सुखमा पनि, दुःखमा पनि, जानकारी हाम्रो साथ तपाईंको नामक कार्यक्रम हरेक महिना फरक विषयवस्तुमा प्रस्तुत गरिने बताईएको छ ।