टोकियो र ओसाका क्षेत्रका रेष्टुरेण्टमा रक्सीजन्य पदार्थ बिक्री वितरणमा लगाईएको प्रतिबन्ध सोमबारदेखि हटाईने

-


     जनहित न्युज    
     कार्तिक ४ गते २०७८


जापानको टोकियो र ओसाका क्षेत्र वरपरका छ प्रान्तहरु कोरोना संक्रमितको संख्यामा लगातार गिरावट आएकोले अर्को हप्तादेखि रेष्टुरेण्ट तथा भोजनालयमा कोभिड-१९ कोरोना संक्रमणको रोकथामका लागि लगाईदै आएको स्वास्थ्य सतर्कता प्रतिबन्ध हटाइने भएको छ ।
कानागावा, चिबा,साइतामा, पश्चिमी जापानका ओसाका, क्योटो र ह्योगो छ प्रान्तहरुले अहिले रेष्टुरेन्टहरुलाई रक्सीको बिक्री वितरणमा क़ुनै प्रकारको समयसीमा राख्न र व्यापारिक समय घटाउन गरेको अनुरोधलाई २५ तारिख सोमबारबाट पूर्ण रुपमा हटाउने निर्णय गरेका छन्।
चिबा र साइतामा प्रान्तहरुमा रेस्टुरेन्टहरुको उपयोग गर्ने मानिसहरुको संख्याको सम्बन्ध कुनै सिमा नराखिने तर कानागावा प्रान्त अर्को महिनाको अन्त्य सम्ममा एक समूहमा ४ जना वा त्यो भंदा कम राख्ने प्रावधानलाई जारी राखिने छ ।
त्यस्तै टोकियो महानगरपालिकाले बिहीबारको बैठकबाट ९ बजेको समयसिमाको प्रतिबन्ध हटाउने नहटाउने बारेमा विशेषज्ञहरुको राय सुनेपछि निर्णय लिने अपेक्षा गरिएको छ।
अर्कोतर्फ, टोकियो महानगरीय सरकारले २५ तारिकबाट नै अल्कोहल रक्सीजन्य पेय पदार्थ प्रदान गर्ने रेष्टुरेन्टहरु बाट समय सीमालाई पूर्ण रुपमा हटाउने र “प्रमाणीकरण” प्राप्त नगरेका पसलहरुले समेत रक्सीजन्य अल्कोहल पेय पदार्थ प्रदान गर्न सक्नेछन।
टोकियोसहित चिवा साइतामा कानागावा प्रान्त सहितका अन्य प्रतिबन्धहरु हटाइएपछि १ लाख २ हजार जति रेष्टुरेण्ट तथा भोजनालयलाई कोरोनाभाइरस नियंत्रणका उपायहरु प्रमाणित गर्न तथा राती ८ बजे मदिराजन्य पदार्थ (रक्सी)को सेवा बन्द गर्न र ९ बजे पसल बन्द गर्नको लागि बाध्य बनाईने छैन ।
जापानभरिमा कोरोना भाईरसको डेल्टा भेरियन्टको फैलावटबाट अगस्ट महिनामा दैनिक २५ हजार जना संक्रमित भएकोमा हाल करिव ३ सय जना कोरोना संक्रमित भएको तथ्यांक सार्वजनिक हुन थालेपछि अर्थतन्त्रलाई चलायमान बनाउने कदम स्वरूप यो प्रतिबन्ध हटाउन लागिएको बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?