टोकियोको जेआर उएनो स्टेशनको परिसरमा एक व्यक्तिले दुई जना मानिसमाथि अचानक चक्कु प्रहार गरी घाइते बनाएपछि महानगरीय प्रहरी विभागले ४५ वर्षिय एक व्यक्तिलाई हत्याको प्रयासको आशंकामा घटनास्थलबाट पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
टोकियो महानगरीय प्रहरी विभागका अनुसार जेआर उएनो स्टेशनको परिसरमा रहेको बैक एटीएम नजिकै रहेका अन्दाजी २० र ३० वर्षका पुरुषहरुमाथि शुक्रवार दिउँसो ३:०० बजे अचानक एक व्यक्तिले चक्कु प्रहारबाट पछाडी पिठिउ र तिघ्रा चोट लागि घाइते बनाएका थिए।घाइतेहरुको अस्पतालमा उपचार भैरहेको र स्वास्थ्यस्थिति खतरामुक्त रहेको बताईएको छ ।
महानगरीय प्रहरी विभागले टोकियोको आदाची वार्डमा बस्ने अज्ञात पेशा रहेका एक ४५ वर्षीय पुरुषले २० वर्षिय व्यक्तिको हत्या प्रयासमा संलग्न रहेको आशंकामा उनलाई पक्राऊ गरि अनुसन्धान भैरहेको जनाएको छ ।
पक्राऊ गरिएका ती व्यक्तिसँगबाट १२ सेन्टीमिटर लामो ब्लेडको साथमा एउटा चक्क बरामद गरिएको र सोही चक्कु प्रहार गरि घाइते बनाएको हुन सक्ने प्रहरी बताएको छ ।
घाइते दुईजना एकै कम्पनीमा कार्यरत कर्मचारी रहेको र पैसा निकाल्न लाइनमा उभिरहेको समयमा एक्कासी चक्की प्रहार भएको थियो ।अनुसन्धानका क्रममा चक्कु प्रहार गर्ने र घाइतेका बिचमा कुनै चिनजान नरहेको देखिएको छ ।
घटना स्थल नजिकै जेआर उएनो स्टेशनको परिसरमा दुई एटीएम मेशिनसंगै केन्द्रीय टिकट गेटको नजिकै पसलहरु समेत रहेको व्यस्त ठाऊमा दिउसोको समयमा चक्कु प्रहार हुनुलाई गम्भिर रूपमा लिदै तदारूपताका साथ अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
घटना वरपरको क्षेत्रलाई नियंत्रणमा लिइ सिसिक्यामेराको फ़ुटेज अध्ययन, तस्विर संकलनका साथै पुलिस अधिकारीहरुले यात्रुहरुलाई घटनास्थल वरिपरि जान प्रतिबन्ध लगाएका छन् ।
घटनास्थल नजिकै रहेका एक ३४ वर्षीय प्रत्यक्षदर्शी पुरुषले भने, “जब म एटीएम मा लाइन मा बसेको थिएँ, अचानक पछाडिबाट आवाज सुनें, र जब मैले पछाडि फर्केर हेरें, एक पुलिस अधिकारीले एक व्यक्तिलाई समातेको थियो जो अपराधी जस्तो देखिन्थ्यो। “सुरुमा मलाई थाहा थिएन कि के भयो, तर मैले त्यो ठाउँ छोडें किनकि मैले एउटा चक्कु देखेको थिएँ। म धेरै डराएको थिएँ।”
अर्की एक ५९ वर्षीया महिलाले भनिन् उनी चिबातर्फ जेआर उएनो स्टेशनबाट घर जाँदै थिइन । उनले भनिन “मेरो परिवारबाट घटनाको बारेमा जानकारी पाएर म धेरै आश्चर्यमा परें र बाहिर हिड्न समेत डर लागेको छ ।