दक्षिण पश्चिम जापानको कुमामोतो प्रान्तमा रहेको माउन्ट आसोमा नाकादाके नम्बर १ माउन्ट आसोमा बुधबार बिहान ११:४३ बजेको आसपास ज्वालामुखी विस्फोट भएको मौसम विज्ञान एजेन्सीले जनाएको छ।
विस्फोटपछि करिब ३५०० मिटरमाथिसम्म धुवाँको मुस्लो जानुका साथै ज्वालामुखीको केन्द्र भागबाट निस्केको लाभाको प्रवाह १ किलोमिटर टाढा धान खेतसम्ममा पुगेको थियो ।
जापान मौसम विज्ञान एजेन्सीले माउन्ट आसोमा ज्वालामुखीको मुख्य केन्द्र वरपर सचेतताका लागि सुरक्षित रहन ३ लेबलको चेतावनी जारी गरिएको छ । विस्फोटपछि निस्केका लाभा र ढुङगाहरु बाट खतरा हुन सक्ने भएकोले २ किलोमिटरसम्म सावधानी अपनाउन चेतावनी जारी गरिएको छ ।
ज्वालामुखी गतिविधि बढिरहेको छ, र विस्फोटको चेतावनी स्तर ३ मा पुगेकोले सो क्षेत्रमा प्रवेश प्रतिबन्ध गर्न सकिने संकेत समेत गरिएको छ।
माउण्ट आसोमा १३ तारिक देखि नै तातो पानीको बाफ र म्याग्माको मात्रा बढिरहेको पाईएको थियो । जुन ज्वालामुखी विस्फोटको लागि आधार तयार गर्छ ।
जापान मौसम विज्ञान एजेन्सीले ज्वालामुखी बिष्पोटन पछिको अवस्थाको विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ । साथै त्यस क्षेत्रमा रहेका नागरिकलाई आफ्नो सुरक्षा सुनिश्चित गर्नका लागि आग्रह गरिएको छ । थप जानकारीको बारेमा सजग रहन पनि भनिएको एनएचकेको समाचारमा जनाईएको छ ।
कुमामोटो प्रान्तमा रहेको सो माउन्ट आसो ज्वालामुखी विस्फोट हुने क्षेत्रको रूपमा पर्दछ जुन धेरै पहाडहरु मिलेर बनेको छ । ज्वालामुखी विस्फोट अधिकांश माउन्ट नाकादाकेमा हुने गरेका छन।
विष्फोट हालैका वर्षहरुमा दोहोरिएको छ । २०१४ मा, “स्ट्रोम्बोलियन विस्फोट” भनिने विस्फोट पुष्टि भएको थियो । जसमा एक निश्चित समयको लागी नाकादाके नम्बर १ क्रेटरमा लाभाको रूपमा विस्फोट भएको थियो ।