जापान सरकारले आगामी सोमबार अर्थात् नोभेम्बर ८ तारिकदेखि बिजिनेश र विद्यार्थी भिषाका लागि हालसम्म लगाइदै आगमनमा प्रतिबन्धलाई हटाउदै जापान प्रवेशलाई खुल्ला गरेपनि विदेशी पर्यटक आगमनमा भने प्रतिबन्धलाई कायमै राख्ने भएको छ।
जापानले व्यावसायी, विद्यार्थी र प्राविधिक प्रशिक्षार्थीहरूका लागि प्रवेश प्रतिबन्ध हटाउदै पूर्ण खोप लगाइएका व्यवसायीहरूका लागि अनिवार्य सेल्फ-आइसोलेसन अवधिलाई पनि तीन दिनमा घटाईने भएको जापानी समाचार माध्यमहरूले जनाएका छन।
१ लाख ५० हजार विद्यार्थी र १ लाख १० हजार प्राविधिक प्रशिक्षार्थी र अन्य गरि तीन लाख ७० हजार मानिसहरु जापान प्रवेशको लागि पर्खिरहेका छन् । उनीहरूको प्रवेश भिषा जारी भइसके पनि कोराना महामारीको नियन्त्रणको लागि भन्दै उनीहरुलाई जापान प्रवेशमा रोक लगाइएको थियो ।
प्रतिबन्धहरू हटाएपछि विद्यार्थी र प्राविधिक प्रशिक्षार्थी मानिसहरूलाई क्रमशः अनुमति दिइएपछि जापान भ्रमण गर्ने व्यवसायीहरूको संख्या बढ्ने अपेक्षा सरकारले गरेको छ।
संक्रमण रोकथामको लागि प्रोटोकलको पालना गर्ने बारेमा सुनिश्चित गर्नका लागि व्यावसायिक संगठन र विश्वविद्यालयहरूलाई सशर्त नियमहरू लगाईने पनि बताईएको छ। ती संस्थाहरूले उद्योग, शिक्षा वा कृषि मन्त्रालयहरूमा प्रोटोकलको कार्यान्वयन गर्ने योजनाहरू पेश गर्नु आवश्यक हुनेछ ।
हाल खोप लगाइएकाहरूले पनि जापान प्रवेश गरेपछि १० दिनसम्म घरमै बस्नुपर्ने बाध्यता रहेकोमा अब यो अवधिलाई घटाएर तीन दिनमा राख्दा व्यापारिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ। गत जनवरीदेखि सरकारले कोभिड-१९ को नया भेरियन्टहरू देखापछि जापानमा प्रवेशमा कडाइ गर्दै प्रतिबन्ध लगाएको थियो । यसले “विशेष परिस्थितिहरू” भएकाहरू बाहेक सबै नयाँ आगन्तुकहरूलाई प्रतिबन्ध लगाएको थियो ।
यो आगमन अनुमतिले पर्यटकहरूलाई प्रवेश अनुमति दिइने छैन ।सरकारले एक वर्ष भित्र हाल आगमन अनुमति दिइएको प्रभाव मूल्यांकन गरि प्रकोपको स्थितिको अवस्था हेरेर थप दायरा विस्तार गर्ने कि नगर्ने भन्ने बारेमा विचार गरिने सरकारी अधिकारीहरूले बताएका छन।
दाई-इची लाइफ रिसर्च इन्स्टिच्युटका प्रमुख अर्थशास्त्री तोशिहिरो नागाहामाले यस सहजीकरणले जापानमा धेरै मानिसहरू प्रवेश गर्ने र खर्च गर्नेले प्रतिवर्ष करिब ८३० बिलियन येन ($७.३ बिलियन) ले कुल गार्हस्थ उत्पादनमा वृद्धि गर्ने अनुमान गरेका छन्।
दाई-इची लाइफ रिसर्च इन्स्टिच्युटका प्रमुख अर्थशास्त्री तोशिहिरो नागाहामाले यो जापान प्रवेश अनुमतिले जापानमा धेरै मानिसहरू प्रवेश गर्ने र खर्च गर्नेले प्रतिवर्ष करिब ८३० बिलियन येन ($७.३ बिलियन) ले कुल गार्हस्थ उत्पादनमा वृद्धि गर्ने अनुमान गरेका छन्।