जापान विशेष

जापानी नागरिक पनि ओमिक्रोनबाट संक्रमित भएको पुष्टि, जापानमा ३ जना पुगे ओमिक्रोन संक्रमित

जापानमा विदेशी दुइ जना आगन्तुकमा कोरोनाभाइरसको ओमिक्रोन संक्रमणबाट संक्रमित भएसंगै सोमबार जापानी नागरिकमा पहिलो पटक ओमिक्रोन संक्रमित भएको पुष्टि सरकारले गरेको छ । जुन जापानमा तेस्रो यो केस हो । इटालीको यात्राबाट फ़र्किएका ३० वर्षीय ती व्यक्ति बुधबार टोकियोको हानेदा विमानस्थलबाट जापान प्रवेश गरेपछि म्युटेन्ट उत्परिवर्तित ओमिक्रोन भेरियन्टबाट संक्रमित भएको फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उनले जुलाई र अगस्टमा कोभिड-१९ विरूद्दको मोड्रेनाको दुवै डोजको खोप लगाएको स्रोतले जनाएको छ। स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार ती संक्रमित व्यक्ति आएको… पुरा पढौ

जापानले एयरलाइन्सलाई दैनिक उडान बुकिङको डाटा बुझाउन आग्रह

जापानलाई ओमिक्रोन कोरोनाभाइरस संक्रमणबाटलाई बाहिर राख्ने प्रयासलाई थप कडाइ गर्दै यातायात मन्त्रालयले सबै वायु सेवा निगमलाई हरेक दिन अन्तर्राष्ट्रिय उडानहरूको बुकिङ तथ्यांक अनिवार्य पेश गर्न भनेको छ ।सरकारले यस महिना विदेशबाट आउने यात्रुको संख्या दैनिक ५ हज़ारबाट घटाएर ३,५०० भित्र सिमित बनाएपछि जापान जाने प्रत्येक उडानको रिजर्भेसन संख्या सहित अद्यावधिक जानकारीको लागि अनुरोध गरिएको हो। केही समयअघिसम्म मन्त्रालयले अन्तर्रा्ष्ट्रिय उडान सञ्चालन गर्ने वायुसेवा कम्पनीलाई हप्तामा एकपटक यस्तो तथ्याङ्क बुझाउन भनेको थियो तर अब माघ ३१ गतेसम्म दैनिक रुपमा बुझाउन भनिएको… पुरा पढौ

जापान आउने आगन्तुकका लागि अन्तर्राष्ट्रिय उडानहरूमा नयाँ बुकिंग स्थगित

कोभिड-१९ को नयाँ कोरोना भाइरसको भेरियन्ट "ओमिक्रोन स्ट्रेन" को फैलावटलाई रोकथाम गर्नका लागि जापानको भूमि, पूर्वाधार, यातायात र पर्यटन मन्त्रालयले डिसेम्बरको अन्त्यमा आउने सबै अन्तर्राष्ट्रिय उडानहरूमा नयाँ रिजर्भेसनहरू स्थगित गर्न आग्रह गरेको छ ।कोरोना भाइरसको भेरियन्ट "ओमिक्रोन स्ट्रेन" लाई फैलिन नदिनका लागि "आकस्मिक निकासी सावधानी उपाय" अन्तर्गत डिसेम्बर अन्त्यमा जापान आउने अन्तर्राष्ट्रिय उडानका लागि सबै नयाँ रिजर्भेसन स्थगित गर्न एयरलाइन्सहरूलाई अनुरोध गरेको छ।नयाँ कोरोनाको नयाँ म्युटेन्ट भाइरस ‘ओमिक्रोन स्ट्रेन’ को सङ्क्रमण फैलिँदै गएपछि सरकारले विदेशीको नयाँ आगन्तुकलाई सैद्धान्तिक रूपमा रोक्दै… पुरा पढौ

जापानमा भेटियो ओमिक्रोन भेरियन्ट

जापानमा नयाँ कोरोना भेरियन्टका एक संक्रमित फेला परेका छन् । नामिबियाबाट आएका एक पुरुषमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो । मंगलबार ३०-४० उमेरका पुरुषमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जापान टाइम्सले जनाएको छ । जिन सिक्वेन्सिङपछि संक्रमण पुष्टि भएको समाचारमा उल्लेख छ । संक्रमित व्यक्ति नामिबियाका कूटनीति रहेको र उनी आइतबार नामिबियाबाट टोकियो आएको जापानका स्वास्थ्यमन्त्री शिगेयुकी गोतोले सञ्चारकर्मीलाई बताए । संक्रमित पुरुषको सम्पर्कमा आएको आशंकामा सँगै आएका ७१ जना यात्रुको परीक्षण भइरहेको र १० दिन क्वारेन्टाइनमा राखिने गोतोंको भनाइ थियो… पुरा पढौ

जापानमा मंगलबारदेखि नयाँ आगन्तुकहरूलाई एक महिना प्रतिबन्ध, पुन: प्रवेश (रि-इनट्री )लाई भने प्रवेश अनुमति दिइने

नामिबियाबाट आइतबार नारिता विमानस्थलमा आइपुगेको एक व्यक्तिमा कोरोनाभाइरसको परीक्षणका क्रममा नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणको पोज़ेटिभ देखाएपछि जापानले मंगलबारदेखि नयाँ आगन्तुकहरूलाई एक महिना प्रतिबन्ध लगाउने भएको छ । तर जापानमा पुन: प्रवेश (रि-इंट्री )गर्ने विदेशी बासिन्दाहरूलाई भने यो प्रतिबन्धले असर नगर्ने भएको छ । सरकारले ओमिक्रोन भेरियन्टलाई आन्तरिक रूपमा फैलिनबाट रोक्नको लागि मंगलबार रातीदेखि लागू हुने गरी सबै आगमन विदेशी यात्रुहरूलाई एक महिनाको लागि प्रतिबन्ध लगाउने सोमबार घोषणा गरेको छ। यो प्रतिबन्धले सबै नयाँ आगन्तुकहरू, व्यवसायीहरू, विद्यार्थीहरू र प्राविधिक इन्टर्नहरूको लागि… पुरा पढौ

जापानले सबै देशका आगन्तुकहरूलाई नोभेम्बर ३० को रातीदेखि आगमनमा प्रतिबन्ध

नयाँ कोरोनाको नयाँ म्युटेन्ट भाइरस ‘ओमिक्रोन स्ट्रेन’ को विश्वव्यापी विस्तारपछि प्रधानमन्त्री फुमियो किशिदाले सबै देशका लागि तत्काल जापानको नयाँ प्रवेशलाई सैद्धान्तिक रूपमा स्थगित गर्ने घोषणा गरेका छन् ।विश्वभरबाट विदेशीको नयाँ प्रवेशलाई मंगलबार राती १२ बजेदेखि सैद्धान्तिक रूपमा स्थगित गर्नका लागिएको प्रधानमन्त्री फुमीयो किशिदाले पत्रकारसँग बताएका हुन।प्रधानमन्त्री किशिदाले भने “आकस्मिक सावधानीका उपायको रूपमा सबैभन्दा पहिले नोभेम्बर ३० तारिकको मध्यरातबाट विश्वभर विदेशीहरूलाई जापान प्रवेश गर्न प्रतिबन्ध लगाइनेछ।"सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री किशिदाले दक्षिण अफ्रिकामा पुष्टि भएको नयाँ म्युटेन्ट भाइरसको सङ्क्रमण विश्वका सबै देश… पुरा पढौ

कोभिड-१९ कोरोना भाइरसको नया भेरियन्टको”ओमिक्रोन” देखा परेसंगै विश्वव्यापी उच्च सतर्कता, जापानले पनि संक्रमण फ़ैलिन नदिन उच्चतम स्तरको सतर्कता बढायो

कोभिड-१९ कोरोनाभाइरसको नया भेरियन्टको"ओमिक्रोन" देखा परेपछि डेल्टा भन्दा ठूलो जोखिम निम्त्याउन सक्ने भन्दै विश्वका धेरैजसो मुलुकहरूले फेरि हवाई यात्रा रोक्न सक्ने बताएका छन । विश्व स्वास्थ्य संगठनको प्यानलले "ओमिक्रोन" भेरियन्ट ट्रान्समिसिबल भेरियन्टहरूको तुलनामा अत्यधिक संक्रमणको जोखिम बढाउन सक्ने रहेको डब्ल्यूएचओले भनेको छ । यो भेरियन्टले कोभिड-१९ संक्रमित भएर निको भएका व्यक्तिलाई फेरि संक्रमित हुने जोखिम हुन सक्ने जानकारहरूले बताएका छन । यो भेरियन्टले विश्वव्यापी संक्रमणको अधिक तरंग बढाउनसक्ने पनि बताईएको छ । संयुक्त राज्य अमेरिका र क्यानाडाले दक्षिणी अफ्रिकाका आगन्तुकहरूमा… पुरा पढौ

जापानीहरू किन कम बच्चा जन्माउँछन्?

जोउ मात्सुवाराको एउटै सपना थियो, स्नातक गरेर राम्रो जागिर खाने। यो एक औसत जापानीले देख्नेभन्दा ठूलो सपना होइन। उनको सपना लगभग पूरा पनि भयो। सामान्य आर्थिक स्थिति भएको कामकाजी परिवारका मात्सुवाराले एक प्रतिष्ठित निजी कलेजबाट स्नातक गरे। राजधानी टोकियोको आवास निर्माण कम्पनीमा स्थायी जागिर पनि पाए। त्यो कम्पनी आफूलाई ‘स्तरीय रोजगारदाता’ का रूपमा प्रचार गर्थ्यो। त्यहाँ जागिर पाउनुलाई मात्सुवारा आफ्नो भाग्य ठान्थे। जागिर खाएपछि भने उनको अनुभव बेग्लै रह्यो। नियमअनुसार कम्पनीको कार्यअवधि बेलुकी ७ बजेसम्म थियो। आधिकारिक रूपमा त कर्मचारीको… पुरा पढौ

नेपाली जनप्रगतिशिल मञ्च जापान क्षेत्रीय समिति क्युस्यु, कान्तो र च्यूबु/मिए अधिवेशनहरू सम्पन्न कान्साइ र गुन्मा- तोचिगीको पनि हुदै

नेपाली जनप्रगतिशील मंच जापानलाई अहिले अधिवेशनको चटारो लागेको छ । नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रको प्रबास कमिटि अन्तर्गत रहेको प्रबासमा बसोबास गर्ने नेपालीहरुको साझा संगठन नेपाली जनप्रगतिशिल मञ्च जापानको आगामी डिसेम्बर १२ तारिकका दिन हुने केन्द्रीय अधिवेशनको पूर्वसन्ध्यामा मंच अन्तरगतका विभिन्न क्षेत्रीय समितिका अधिवेशनहरू सम्पन्न भै रहेका छन । प्रवास कमिटीको निर्देशन अनुरूप संगठनलाई सुदृढ़ र व्यवस्थित बनाउदै क्रान्तिकारी विचारधारालाई आत्मसात् गर्ने नेपालीलाई गोलबन्ध गरि श्रमजिवी नागरिकको पक्षमा आफ़नो आन्दोलनलाई केन्द्रित गर्न पार्टी केन्द्रलाई सहयोग पुर्याउनका लागि क्षेत्रीय अधिवेशनहरू सम्पन्न… पुरा पढौ

नेपाल जापान फ़्रेंडन्शिप लायन्स क्लव जापानले डिसेम्बर ६ मा चार्टर नाईट गर्दै

नेपाल जापान फ़्रेंडन्शिप लायन्स क्लव जापानले आफ्नो स्थापना दिवसको अवसरमा सामाजिक कार्य गर्ने गरि सप्ताहव्यापी विभिन्न कार्यक्रमको घोषणा गरेको छ । चार्टर नाईट डिसेम्बर ६ तारिकको लागि क्लबले नेपालमा रहेका विभिन्न सरकारी विद्यालयहरुमा अध्यनरत गरिब, जेहन्दार अनाथ तथा असहाय विधार्थीहरुलाई छात्रवृत्ति र स्टेशनरी सामाग्रीहरु हस्तान्तण गर्ने, वृद्धाआश्रमहरूमा रहेका वृद्धाहरूलाई न्यानो कपड़ा वितरण गरिने कार्यक्रम रहेको प्रवक्ता लायन नवराज गौतमले जानकारी गराए । सप्ताहव्यापी कार्यक्रम अन्तरगत नै जापानमा रक्तदान कार्यक्रम गर्ने लगायत अन्य सामाजिक सेवाका कार्य गर्दै क्लबको छैठौ चार्टर नाईट… पुरा पढौ