जापान विशेष

दुवै मृगौला फेल भएर अस्पतालको बेडमा छटपटाई रहेकी मुनालाई गलकोट समाज जापान कान्तो क्षेत्रीय समितिले ५ लाख ३५ हजार सहयोग गर्यो ।

दुवै मृगौला फेल भएर अस्पतालको बेडमा छटपटाई रहेकी छोरीको उपचारका लागि गलकोट समाज जापान कान्तो क्षेत्रीय समितिले संकलन गरेको रकम बुझ्दा उनका आखा आशुले भरिए । उपचारार्थ रकम हस्तान्तरणका लागि शनिबार बागलुङ ज़िल्लाको गलकोट नगरपालिका वार्ड नम्बर १० पाण्डवखानीमा आयोजित कार्यक्रममा मलिन अनुहार लिएर १९ वर्षीय छोरी मुना सुनारको जीवन रक्षाको याचना गरेकी लालमाया सुनारले ५ लाख ३५ हज़ार समात्दा भक्कानो छुटाउदै भनिंन मेरो छोरीको जीवन बचाउन भगवान बनेर आउनुभयो अब केहि आशा पलाएको छ ।लाऊँ लाऊँ खाऊँ खाऊँ भन्ने… पुरा पढौ

जापानमा कोरोनाभाइरसको ओमिक्रोनबाट संक्रमित हुनेको संख्या १२ पुग्यो, सचेत रहन डब्लुएचओको चेतावनी

जापानमा कोरोनाभाइरसको ओमिक्रोन संक्रमणबाट शुक्रवार थप आठ जना संक्रमित भएको पुष्टि भएसंगै जापानमा ओमिक्रोन संक्रमितको संख्या १२ पुगेको सरकारी अधिकारीले पुष्टि गरेका छन। संक्रमित आठ जना सबै विदेशबाट नोभेम्बरको अन्त्यदेखि यसै महिनाको सुरुमा जापान प्रवेश गरेको ती अधिकारीले बताए ।जापानमा नोभेम्बर ३० मा पहिलो पटक नामिबियाका ३० वर्षीय कूटनीतिज्ञलाई ओमिक्रोन भेरियन्टको देखापारेको पुष्टि भएको थियो भने दोस्रो केस पेरुबाट यात्रा गरेका २० वर्षीय मानिसमा संक्रमित भएको पुष्टि भएको थियो । नारिता एयरपोर्टमा आएका ती दुवै पुरुषमा पोजेटिभ देखिएको थियो ।… पुरा पढौ

जापानले १८ वर्षभन्दा कम उमेरको लागि दिन लागेको एक लाख येन रकम स्थानीय सरकारको राय अनुसार गर्ने

१८ वर्षभन्दा कम उमेर समूहका लाई एक लाख येन नगद वा कुपन भुक्तानी गर्ने सम्बन्धमा मन्त्रिपरिषद् उपमुख्य सचिव किहराले यस वर्षको पूरक बजेटको तर्जुमा भएपछि स्थानीय सरकारले पूरै रकम नगदमा भुक्तानी गर्न सक्ने विशिष्ट अवस्था देखाउन चाहेको बताएका छन् । उपमुख्य मन्त्रिपरिषद् सचिव किहाराले बिहिबार पत्रकार सम्मेलन गर्दै कस्ता अवस्थामा नगद सुविधा दिन सकिन्छ भन्ने कुरा स्थानीय सरकारको राय बुझेर रकम उपलब्धताका विशेष विधिमार्फ़त प्रदान गरिने विचार गरिरहेको र स्थानीय सरकारको समर्थनमा काम गरिने बताए ।त्यसैका आधारमा उनले यो वर्षको… पुरा पढौ

जापानी वैज्ञानिकहरूले कोरोनाभाइरस पत्ता लगाउन चम्किलो मास्क विकास

पश्चिमी जापानको एक विश्वविद्यालयका वैज्ञानिकहरूको टोलीले अस्ट्रिचहरूको अण्डाबाट निकालिएको एन्टिबडीहरू प्रयोग गरेर कोरोना भाईरस पराबैंगनी प्रकाशको सम्पर्कमा आउँदा चम्किने मास्कहरू विकास गरेको छन ।क्योटो प्रिफेक्चरल युनिभर्सिटीको वैज्ञानिकहरूको टोलीका अध्यक्ष ५२ वर्षीय यासुहिरो त्सुकामोतोको नेतृत्वमा तयार पारिएको सो मास्कले प्रयोगकर्ताहरूलाई भाइरस संकुचित गरेको छ कि छैन भनेर परीक्षण गर्न सजिलो बनाउने गरि विकास गरिएको र यसले कोरोना भाईरस रोकथाममा थप टेवा पुर्याउने समेत आशा राखिएको छ।वैज्ञानिकहरूको टोलीले कोरोना भाइरसबाट संक्रमित ३२ जनालाई १० दिनसम्मको अवधिमा प्रयोग गर्दा उनीहरूले लगाएका सबै मास्कहरू… पुरा पढौ

जापानका प्रधानमन्त्रीले सैन्य क्षमता बढाउँदै

जापानका प्रधानमन्त्री फुमिओ किशिदाले देशको प्रतिक्षाका लागि सैन्य क्षमता बढाउने प्रतिज्ञा गरेका छन्। चीन र उत्तर कोरियासँग अनपेक्षित खतरा रहेको भन्दै उनले देशको रक्षा क्षमता बढाउने प्रतिज्ञा गरेका हुन्। ‘जापानका जनताको जीवन र जीविकोपार्जनको रक्षाका निम्ति हामीले दुस्मनविरुद्ध आक्रमण गर्ने क्षमतासहितका हातहतियार र उपकरण, हाम्रो प्रतिरक्षा क्षमताको लागि सैनिकको क्षमता बढाउने छौं,’ स्थानीय मिडियासमक्ष उनले भनेका छन्। दोस्रो विश्व युद्धपछिको शान्तिवादी संविधानले रक्षा र सैन्य क्षमता वृद्धि गराउनमा रोक लगाएको थियो। जापानको रक्षा क्षमता बढाउन अमेरिकाले सघाउन सक्ने र प्रधानमन्त्रीको… पुरा पढौ

नेपाली जनप्रगतीशील मंच जापान ओकिनावा क्षेत्रीय समितिको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा गोबिन्द पौडेल (अनिष) निर्वाचित

नेपाली जनप्रगतीशील मंच जापान ओकिनावा क्षेत्रीय समितिको बुधवार सम्पन्न प्रथम अधिवेशनले गोबिन्द पौडेल (अनिष) को अध्यक्षतामा १५ सदस्यीय क्षेत्रीय कार्य समिति गठन गरिएको छ ।नेपाली जनप्रगतीशील मंच जापानको राष्ट्रिय कमिटीका अध्यक्ष हवलचन्द्र लामाको प्रमुख आतिथ्यतामा सम्पन्न सो अधिवेशनले ज्ञान कुमार श्रेष्ठ, ज्ञान थापा प्रकाश जंग तामाङलाई उपाध्यक्ष बिश्व नाथ यादबलाई सचिव, अमृत खडकालाई सह सचिव र संम्झना पोखरेललाई कोषाध्यक्षमा चयन गरिएको छ ।त्यसैगरि अधिवेशनले अप्सरा दाहाल, टिस्टा राइ, निरज उप्रेती, मोहन पाठक, निर्मल गिरी, प्रतिमा लामिछाने, निरज जोशी र खगेन्द्र… पुरा पढौ

ओसाका सिटीले प्रदान गर्न लागिएको १ लाख येन भुक्तानी अप्रत्याशित छ-हिरोकाजु मात्सुनो

जापानका मुख्य क्याबिनेट सेक्रेटरी हिरोकाजु मात्सुनोले ओसाका सिटीका लागि १८ वर्षभन्दा कम उमेरकाहरूलाई १० मान येन बराबरको नगद रकम एकमुष्ट भुक्तानी उपलब्ध गराउने कार्य अप्रत्याशित भएको स्वीकार गरेका छन।कोभिड-१९ को महामारीबाट प्रभावित परिवारका सो उमेर समूह अन्तर्गतका बालबालिकालाई ओसाका शहरका मेयर मात्सुईले देशबाट कुनै जरिवाना नभएको खण्डमा नगदमा एकमुष्ट भुक्तानी गर्ने नीति घोषणा गरेका थिए । तर सचिव मात्सुनोले देशको मुख्य नीति तथा उद्देश्यहरूलाई ध्यानमा राखेर नगद तथा कुपन प्रदानका लागि विचार गर्न अनुरोध गरे।मुख्य क्याबिनेट सचिव मात्सुनोले सहयोगका लागि… पुरा पढौ

जापानमा कोरोना-१९ को महामारीका कारण जुलाई-सेप्टेम्बरमा ३.६ प्रतिशतले आर्थिक संकुचन

जापानमा कोभिड-१९को असरका कारण जुलाई-सेप्टेम्बर अवधिमा अर्थतन्त्र अघिल्लो त्रैमासिकको तुलनामा वार्षिक ३.६ प्रतिशतले घटेको सरकारी तथ्याङ्कले देखाएको छ। टोकियो, ओसाका र केही अन्य प्रान्तहरूमा कोभिड-१९ को संक्रमण कम गर्न लगाइएको आपतकालीन अवस्थामा रेष्टुरेण्ट तथा भोजनालयहरूलाई छिटो बन्द गर्न र रक्सी बिक्री वितरण नगर्न गरेको आग्रहका साथै मानिसहरूलाई अनावश्यक रूपमा बाहिर ननिस्कन गरिएको अनुरोधले गर्दा चौमासिकको सुरुको ३.० प्रतिशतबाट ३.६ प्रतिशतमा अर्थतन्त्रमा संकुचन हुन पुगेको तथ्यांकहरूले देखाएको छ । वास्तविक कूल गार्हस्थ्य उत्पादनमा आएको कमी, मुद्रास्फीति समायोजन गरिएको मुलुकमा उत्पादित वस्तु… पुरा पढौ

नेपाली जनप्रगतिशील मंच जापानको सेन्दाइ क्षेत्रीय समिति गठन, अध्यक्षमा तेजप्रसाद दाहाल

नेपाली जनप्रगतिशील मंच जापानले आफ़्नो राष्ट्रिय अधिवेशन डिसेम्बर १२ मा सम्पन्न गर्नु अघि क्षेत्रीय समितिका अधिवेशन धमाधम गरिरहेको छ ।आक्रामक रूपमा संगठन विस्तारलाई जोड दिइरहेको मंचले मंगलबार जापानको सेन्दाइमा प्रथम अधिवेशन सम्पन्न गर्दै तेजप्रसाद दाहालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गर्दै सेन्दाइ क्षेत्रीय समितिको गठन गरिएको छ ।नेपाली जनप्रगतीशील मंच जापानका राष्ट्रिय समितिका अध्यक्ष हवलचन्द्र लामाको प्रमुख आतिथ्यतामा सम्पन्न सो अधिवेशनले उपाध्यक्षमा रमेश देवकोटा, सचिवमा छिरिङ तामाङ, सह सचिवमा सबित्रा नेपाली र कोषाध्यक्षमा युघिर भुजेललाई चयन गरिएको संयोजक दाहालले जानकारी… पुरा पढौ

पन्चेबाजाको तालसंगै सम्पन्न भयो नेपाली जनप्रगतिशील मंच,कान्साइ क्षेत्रीय समितिको अधिवेशन

मानिसहरू भित्र बाहिर गरिरहेका थिए, कोही पाहुनाहरूको स्वागतमा लागिरहेका थिए त, कोहि मंच व्यवस्थापनका लागि खटिरहेका त कतै पन्चेबाजाको धुनले ठूलो उत्सवको झल्को दिइ रहेको थियो । मंचमा झुण्डिरहेको ठुलो ब्यानर लेखिएको थियो “सम्पूर्ण प्रवासी नेपाली एक हौ”मंचमा लहरै अतिथिहरू बसेका छन, उद्घोषकले कार्यक्रमको सुरुवात गर्दै नेपालको सामाजिक,राजनैतिक परिवर्तन गर्न आफ़नो प्राण आहुति दिने शहिदप्रति मुठी उठाएर श्रद्धानजली अर्पण गर्दा विगतको नेपालका क्रान्तिकारी प्रगतिशील राजनैतिक दलले गरेको भव्य कार्यक्रम भन्दा कमि थिएन ।नेपाली जनप्रगतिशील मंच जापानले आफ़नो महाधिवेशन डिसेम्बर १२… पुरा पढौ