यस महिनाको ७ देखि १२ तारिखसम्म जापान प्रवेश गरेका १५ जना पुरुष र महिलालाई नयाँ कोरोना भाइरस “ओमिक्रोन स्ट्रेन” को संक्रमण पुष्टि भएसंगै अब ओमिक्रोन स्ट्रेनबाट संक्रमितको संख्या जापानमा ३२ पुगेको छ।
स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार डिसेम्बर महिनाको ७ देखि १२ गतेसम्म हानेदा, नारिता र कन्साई विमानस्थलमा आएका २० देखि ७० वर्षसम्मका १५ महिला र पुरुष आगन्तुकमा ओमिक्रोन स्ट्रेनको संक्रमण पुष्टि भएको एनएचकेको समाचारमा जनाएको छ ।
जर्मनी, युनाइटेड किंगडम (बेलायत), संयुक्त राज्य अमेरिका देशबाट आएर विमानस्थलमा क्वारेन्टाइन र पर्खाइएको ठाउँमा बसेकाहरूमा गरिएको परीक्षणका क्रममा ओमिक्रोन स्ट्रेनको भाईरस सकारात्मक देखिएको थियो । उनीहरू मध्य तीन जनामा खोकी र घाँटी दुखेको र पाँच जनामा अन्य लक्षण देखिएको तथा अन्य सात जनामा लक्षण नदेख़िएपनि संक्रमण पुष्टि भएको पाईएको हो ।
संक्रमित एघार जनाले दुई पटक नै खोप लगाइएको एकजनाले खोप नलगाइएको र अन्य तीन जनाको बारेमा अनुसन्धान भैरहेको छ ।
स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले संक्रमित आएका विमानमा रहेका लगभग ११ सय यात्रुहरूलाई क्लोज़ कंट्रयाकको लागि उनीहरूलाई जापान प्रवेश गरेपछि १४ दिनसम्म आवासमा क्वारेनटीनमा बस्नुपर्ने वाध्यात्मक नियम जारी गरेको छ।
हालसम्म जापानमा ३२ जनामा ओमिक्रोन स्ट्रेनबाट संक्रमित भएको पुष्टि भैसकेको छ। क्याबिनेट उप-मुख्य सचिव इसोजाकीले नयाँ संक्रमित व्यक्तिहरूको निरीक्षण गर्दै र चाँडै पत्ता लगाउन सबै प्रयासलाई तदारूपताका साथ लाग्ने बताएका छन ।
उनले घरेलु क्षेत्रमा संक्रमण फैलिन नदिन सबै उपायको अवलम्बन गर्दै जापानमा सबै नयाँ संक्रमित व्यक्तिहरूको परीक्षण गरेर “ओमिक्रोन स्ट्रेन” पत्ता लगाउन सक्दो प्रयास गरिने र जापान आउने आगन्तुक प्रत्येक देश र क्षेत्रको संक्रमण अवस्थाको आधारमा स्थिति र संक्रमणको गति बुझेर आवश्यक उपायहरू अपनाईने र प्रयासहरूलाई कार्यान्वयनमा ल्याइने बताए ।
वर्षको अन्त्यका वार्षिक कार्यक्रमहरूका पार्टीहरू, क्रिसमस र नयाँ वर्षको बिदाहरूका कारण सामाजिक-आर्थिक गतिविधिहरू अझ बढी सक्रिय हुदा संक्रमणलाई झन फैलाउन सक्ने भएकोले मास्क राम्रोसँग लगाउने, हात र औंलाहरूलाई कीटाणुरहित गर्न र भेन्टिलेसनलाई थप सतर्कताका साथ उपयोग गर्न आग्रह गर्दै क्याबिनेट उप-मुख्य सचिव इसोजाकीले भने यदि तपाईंलाई ज्वरो लगायतका लक्षणहरू छन् भने ‘’आफू रहेको प्रान्तहरूबाट टाढा नजानुहोस र संक्रमणको जोखिम कम गर्ने उपायहरू अपनाउनुहोस्। म तपाईंको सहयोगको लागि अनुरोध गर्न चाहन्छु।”