‘जि एण्ड के कम्पनी’ले मासिक ३०० ‘जिबि हाईस्पिड ईन्टरनेट’ सहितको वाईफाइ ‘डिभाइस’ मासिक ३५०० येनमा दिने

-


     जनहित न्युज    
     मंसिर २९ गते २०७८


मोबाईलमा युट्युव, टिकटक वा फेसबुकमै पनि भिडियो धेरै हेर्ने व्यक्तिलाई मोबाईलमा उपलब्ध औषत २० ‘जिबि डाटा’ अपर्याप्त हुन्छ । तोकिएको ‘डाटा’ सकिएपछि थप चलाउँदा चर्को शुल्क पर्न जाँदा जापानमा मासिक १ ‘मान’ वा त्यो भन्दा बढि रकम तिर्ने धेरै नेपाली हुनुहुन्छ ।

यदि तपाईंपनि यस्तै समस्यामा हुनुहुन्छ भने एकसाथ ७ जनासम्मले चलाउन मिल्ने ‘पकेट वाईफाई’ कर बाहेक मासिक ३,५०० येनमा उपलब्ध भएको छ । मध्य टोकियोको शिनओकुबोमा रहेको ‘जि एण्ड के कम्पनी’ले मासिक ३०० ‘जिबि हाईस्पिड ईन्टरनेट’ सहितको ‘डिभाइस’ उपलब्ध गराउन थालेको हो ।

मासिक उपलब्ध हुने ‘डाटा’ प्रयोग नभएमा अर्को महिना थप हुने हुँदा कुनै एक महिना कम चलाएर अर्को महिना बढि चलाउनेहरुको लागि पनि समेत अत्यन्त उपयोगी रहेको कम्पनीका निर्देशक विवेक खड्काले जानकारी दिनुभयो । हरेक महिना ३ सय ‘जिबि’बाट चलाउन बाँकी रहेको ‘जिबि’ अर्को महिना बढिमा ३ सय ‘जिबि’सम्म थप हुन्छ ।

यस बाहेक जापान बाहिर लैजाँदा समेत ‘पकेट वाईफाई’बाट मासिक एक जिबिसम्म नि:शुल्क ईन्टरनेट चलाउन सकिने सुविधा रहेको छ । जसबाट बिदेश यात्रामा जाने व्यक्तिहरुले ‘स्याटलाईट सिस्टम’बाट चल्ने ‘पकेट वाईफाई’ हुँदा कुनैपनि अपर्झट काम पर्दा ईन्टरेनटको पहुँच भन्दा बाहिर बस्नु पर्दैन ।

यस बाहेक ‘मोबाईल फर्म्याट’को ‘पकेट वाईफाई’ भएकाले गुगल ‘ट्रान्सलेट एप्लिकेसन’, गुगल ‘म्याप’ समेत ‘पकेट वाईफाई’मै चलाउन सकिन्छ । यसको अर्थ मोबाईल नबोकिकन, छुटेर वा ब्याट्रि सकिएको र चार्ज गर्न नमिल्ने अवस्थामा कतै जानु भएको छ भनेपनि ‘गुगल म्याप’ चलाएर तपाईं गन्तव्यसम्म पुग्न सक्नुहुन्छ ।

डोकोमो कम्पनीको ‘टावर’ भएकाले जापानभर सहज पहुँच र ‘अण्डरग्राउण्ड एरिया’मा समेत राम्रो ईन्टरनेट टिप्ने कम्पनीका निर्देशक खड्काले बताउनुभयो ।

‘क्रेडिट कार्ड’ प्रयोगकर्ताहरुको लागि ‘वाईफाई बक्स’ लिन कुनैपनि शुल्क लाग्दैन भने ‘डिपोजिट’ रकम समेत तिर्नुपर्दैन ।

कम्पनी शुभारम्भ अन्तर्गत ‘० येन क्याम्पेन’मा मात्र ३५ सय येन र ट्याक्स गरेर कुल ३८ सय ५० येन पर्ने कम्पनीले जानकारी दिएको छ ।

‘क्रेडिट कार्ड’ नभएका व्यक्तिहरुले भने ‘वाईफाई डिभाईस’को लागि केही शूल्क तिर्नुपर्ने हुन्छ । ‘फुरिकोमि’ वा ‘क्यास पेमेन्ट’ गर्न चाहने व्यक्तिहरुले ‘डिभाईस’को लागि २२ हजार येन, कार्यालय खर्च ३३ सय येन एकपटक तिर्नुपर्ने हुन्छ ।

May be an image of ‎1 person and ‎text that says ‘‎C 070-6660-9608/090-6939-8806 فه VISA हाम्रो ३० बर्ष अनुभव, हजुरको जापानको जिवन सहज बनाउनमा समर्पृत: कानुनी परामर्श व्यवसाय वृद्धि सपोर्ट/व्यावसायिक भिसा सपोर्ट नेटवर्किड व्यवसाय भिसा व्यावसायिक/व्यक्तिगत समस्या कर लेखा सपोर्ट काउन्सेलिड भिसा फर्म, भिसा कम्पनी तयार गर्ने दकुमेन्टेसन काउन्सेलिड जब रिक्रुट्मेन्ट परामर्श डकुमेन्ट त्रान्स्लेसन इप्पान सादान होजिन दर्ता GK G&K株I式会社 株式会社 chöme yaku nchõ, Okubo, Tokyo‎’‎‎

त्यस बाहेक मासिक ३८ सय ५० येन तिरे ३०० जिबिको ‘हाईस्पिड ईन्टरनेट’ सहितको ‘पकेट वाईफाई’ चलाउन सकिन्छ ।

‘पकेट वाईफाई’ एकपटक चार्ज गरेर ‘ब्याट्रि फूल’ छ भने १० घण्टासम्म चल्छ । साथै यसरी ‘पकेट वाईफाई’ लिएमा दुई बर्षपछि ‘पकेट वाईफाई’ फिर्ता गर्नुपर्दैन । ‘पकेट वाईफाई’ चलाईरहन चाहेमा मासिक शुल्क मात्र तिरे पुग्छ ।

मोबाईल फोन सहित विशेष सिम समेत बजारमा ल्याएको ‘जि एण्ड के’ कम्पनीले कानुनी परामर्श, भिषा सम्वन्धी सेवा, कम्पनी दर्ता लगायत सेवा समेत उपलब्ध गराउँदै आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?